सुक्न थाले सिमसार क्षेत्रका ताल
गर्मी बढ्दै गएपछि कैलालीका विभिन्न सिमसार क्षेत्रमा रहेका प्राकृतिक ताल सुक्न थालेका छन् । गर्मीका कारण तापक्रम बढ्दै जाने र लामो समय वर्षा नहुने भएपछि यसको असर प्राकृतिक तालमा समेत देखिन थालेको छ । विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडीलगायत धेरै प्राकृतिक तालमा वर्षभरि पानी रहन्थ्यो । त्यस्ता पोखरीमा माछापालन सुरु गर्न थालेपछि गर्मी मौसममा ताल सुक्ने गरेको बताइन्छ ।
एमाले निकट अनेमसंघ सुदूरपश्चिम अध्यक्षमा झुमा चौधरी
नेकपा (एमाले) को जनवर्गीय संगठन अखिल नेपाल महिला संघको सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा झुमादेवी चौधरी (कैलाली) सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सम्पन्न प्रदेश सम्मेलनले उहाँको नेतृत्वमा ६६ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
तेल महङ्गीएसँगै गाउँमा ठडिन लागे कोल
केही वर्ष पहिलादेखि हराउँदै आएको परम्परागत कोल बजारमा तेल महँगो भएसँगै यतिबेला बाजुरेली गाउँमा फेरि ठडिन थालेको छ । पहिलेका पुस्ताले गाउँमा तोरी पेल्नका लागि बनाउने गरेका कोल नयाँ पुस्ताले चासो नदिएपछि गाउँबाटै लोप हुनेक्रममा थियो ।
बाइक बनाउने विद्यार्थी साउद सम्मानित
विद्युतीय बाइक बनाउनु भएका कैलालीको गोदावरी नगरपालिका–५ का पारस साउदलाई धनगढीको एसपीए कलेजले सम्मान गरेको छ । बाइक बनाएर लाखौं युवाका प्रेरणा बनेको भन्दै कदरस्वरुप कलेजले शुक्रबार एक कार्यक्रमबीच सम्मान गरेको हो ।
कालोपत्रे कमसल भएको आरोप
कैलालीको घोडाघोडी नगरपालिकामा निर्माण सम्पन्नको चरणमा रहेको सडकमा गरिएको कालोपत्रे कमसल भएको आरोप लगाउँदै स्थानीयले सडक अनुगमनको माग राखेका छन्। घोडाघोडी नगरपालिका–४ स्थित सिम्थरीदेखि गैँडाखेडा जाने एक हजार ७२५ मिटर लामो सडकको कालोपत्रे तथा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। दुई सय मिटर सडक कालोपत्रे हुन बाँकी रहँदा स्थानीय जनज्योति युवा क्लबले असार ४ गते वडा कार्यालयलाई सडक अनुगमनको माग राख्दै लिखित निवेदन दिएको छ।
जनतालाई प्रदेश सरकार भएको अनुभूति गराउँछौँ
कैलाली क्षेत्र नम्बर ५ (ख) बाट सुदूरपश्चिम प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएका नेपाली कांग्रेस पार्टीका युवानेता एवं प्रदेश सरकारका भौतिक, पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवालाई आसलाग्दो युवामन्त्रीका रूपमा हेरिएको छ । आर्थिक पारदर्शी, सुशासन र भ्रष्टाचार नियन्त्रण जस्ता कार्य कर्मचारी तहबाट होइन मन्त्री आफैँबाट सुरु गर्नु पर्छ भन्ने मान्यता राख्दै आउनुभएका मन्त्री देउवा कैलाली जिल्लाका युवामाझ लोकप्रिय नेताका रूपमा आफ्नो छवि बनाउँदै आउनुभएको छ । सक्रिय राजनीतिमा
संरक्षणकर्मी डङ्गौरालाई प्रतिभा सम्मान
कैलालीका संरक्षणकर्मी हिरुलालल डङ्गौरा राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मानित हुनुभएको छ । संरक्षणमा योगदान पुर्याएको कदर गर्दै युवा तथा खेलकुद मन्त्रालयले उहाँलाई राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गरेको हो ।
बझाङ दुर्घटनाको छानबिन गर्न समिति गठन
बझाङमा सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटना भएको विषयलाई छानबिन गर्न समिति गठन गरिएको छ ।
लम्पी स्कीनबाट आठ हजार पशुचौपाया सङ्क्रमित
बैतडीमा लम्पी स्कीन रोगबाट आठ हजार दुई सय पशुचौपाया सङ्क्रमित भएका छन् । हालसम्म लम्पी स्कीनबाट पाँच सय दुई पशुचौपाया मरेका छन् ।
विपत् प्रतिकार्य योजना निर्माण
कैलाली जिल्लाका लागि विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार भएको छ। विपत् आउनुपूर्व आवश्यक तयारी र विपत्को समयमा पीडितको खोज तथा उद्धार गरी स्थानीय स्रोतको अधिकतम उपयोग गरिने जनाइएको छ। विपत् प्रभावित समुदायलाई व्यवस्थित, प्रभावकारी र जवाफदेहीयुक्त मानवीय सहयोग उपलब्ध गराउने उद्देश्यले प्रतिकार्य योजना तयार पारिएका जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो।
नेपाली कांग्रेसद्वारा शोक व्यक्त
नेपाली कांग्रेस बझाङका पूर्व सभापति एवम् सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएकोप्रति शोक व्यक्त गरिएको छ।
मन्त्री सिंहको निधनले बझाङवासी शोकमा
मङ्गलबार दिउँसो दुर्घटनामा परी निधन हुनुभएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहको निधनले बझाङ जिल्ला शोकमा डुबेको छ ।
पन्छी अभय आरण्य क्षेत्रमा प्रदेश सरकारको बजेट न्यून
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ का लागि ल्याएको बजेटमा नेपालकै पहिलो पन्छी अभय आरण्य क्षेत्रका लागि बजेट नछुट्याएको भन्दै सरोकारवालाले गुनासो गरेका छन् ।
मन्त्री सिंहको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह र सभामुख भीमबहादुर भण्डारीले जिप दुर्घटनामा परेर निधन भएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिनुभएको छ ।
कञ्चनपुर लागूऔषधको अखडा : एघार महिनामा २५५ जना पक्राउ
कञ्चनपुरमा चालु आर्थिक वर्षको ११ महिनामा लागूऔषध कारोबार र दुर्व्यसनमा संलग्न १२ महिलासहित दुई सय ५५ जना पक्राउ परेका छन् ।
हल्का वर्षापछि चर्को गर्मीबाट राहत
सुदूरपश्चिम प्रदेशको तराईका जिल्लामा हल्का वर्षा भएपछि चर्को गर्मीबाट केही राहत मिलेको छ । सोमबार अपराह्न र मङ्गलबार बिहान हल्का वर्षा भएको छ । आकाशमा कालो बादल मडारिँदा तापक्रम केही घटेको छ । यहाँको कैलाली र कन्चनपुर जिल्लामा पानी नपर्दा अन्नपात तथा तरकारी बाली सुकेको छ । अघिल्लो दिन पहाडी क्षेत्रमा हल्का वर्षा भएकोमा मङ्गलबार बिहान धनगढीसहितका केही क्षेत्रमा सिमसिमे वर्षा भएको हो ।
पालिका पूर्ण खोप घोषित बालबालिका कुपोषित
बैतडी जिल्ला हरेक वर्ष पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिँदै आए पनि खोप पाएका बालबालिकाले पोसिलो खाना नपाउँदा कुपोषित बालबालिकाको समस्या बढ्दै गएको छ। २०७२ सालमै बैतडी पूर्ण खोपयुक्त जिल्ला घोषणा भइसके पनि हाल पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिँदै आएको छ।
मन्त्री सिंहको निधनको शोकमा सुदूरपश्चिममा आज सार्वजनिक बिदा
आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको असामयिक निधनको शोकमा प्रदेश सरकारले आज (बुधबार) सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मङ्गलबार विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिइएको हो ।
मन्त्री सिंहको निधनले पार्टीलाई अपूरणीय क्षति : कांग्रेस
नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा गहिरो दुःख व्यक्त गरेको छ ।
बझाङ दुर्घटनामा सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री सिंहको निधन
बझाङको केदास्यु गाउँपालिका-१ को धारछडामा सोमबार गाडी दुर्घटना हुँदा गम्भीर घाइते हुनुभएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको कोहलपुर मेडिकल कलेजमा निधन भएको छ।
बझाङ दुर्घटनामा मन्त्री सिंहका पत्नी र भाउजूको मृत्यु
बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
घाइते मन्त्रीलाई उपचारका लागि नेपालगञ्ज पठाइयो
बझाङ दुर्घटनामा घाइते हुनुभएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित घाइते तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ।
सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री सवार गाडी दुर्घटना
बझाङमा सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटना भएको छ।
कृषि एम्बुलेन्स सञ्चालनमा
बाजुराको बडिमालिका नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । बाजुरामा यसअघि यातायातको सुविधा नहुँदा अधिकांश कृषकले उत्पादन गरेको तरकारी उनीहरूकै बारीमै सड्ने गर्थ्यो ।