• १२ साउन २०८१, शनिबार

माओवादी नेता आचार्य अस्वस्थ, हेलिकोप्टरमार्फत उद्धार

blog

बिरामी भएपछि आचार्यको बयलपाटा अस्पतालबाट हेलिकोप्टरमार्फत उद्धार गरिँदै । तस्बिर : भवानी सिंह ऐर

भवानी सिंह ऐर
गोदावरी (कैलाली), असोज १७ गते ।
नेकपा (माओवादी केन्द्र)ले थालेको तीनमहिने विशेष रूपान्तरण अभियानका क्रममा अछाम पुग्नुभएका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज डिलाराम आचार्य एक्कासि बिरामी पर्नुभएको छ । अछामको बयलपाटा अस्पतालमा उपचार सम्भव नभएपछि उहाँलाई हेलिकोप्टरमार्फत नेपालगञ्ज पुर्‍याइएको प्रदेश पार्टी सचिव जनक बुढाले जानकारी दिनुभयो ।

प्रदेश पार्टी सचिव बुढाका अनुसार नेता आचार्यको स्वास्थ्यमा अचानक समस्या देखिएपछि मङ्गलबार साँझ अछामको बयलपाटा अस्पताल पुर्‍याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको हो ।

‘‘आचार्यलाई प्यारालाइसिस भएको छ, जसले गर्दा उहाँले बोल्न सक्नुभएको छैन । अरु अवस्था सामान्य रहेको बताइएको छ ।’’ पार्टी सचिव बुढाले जानकारी दिनुभयो । 

तीन महिने विशेष रूपान्तरण अभियानअन्तर्गत जनतासँग माओवादी भन्ने अभियानको नेकपा (माओवादी केन्द्र) अछामको आवधिक जिल्ला समीक्षाको लागि एक दिनअघि मात्रै डडेल्धुरा, बैतडी हुँदै उहाँ अछाम जिल्ला पुग्नुभएको थियो ।