विपत् प्रभावितको समस्या समाधान गर्न माग
सुदूरपश्चिम प्रदेश सभाका सदस्यले प्राकृतिक विपत् प्रभावितको समस्या समाधान गर्न माग गर्नुभएको छ। वर्षा याममा बाढी, पहिरोका कारण प्रदेशवासीको जनजीवन प्रभावित भएको भन्दै उहाँहरुले विपत् प्रभावितको समस्या समाधान गर्न प्रदेश सरकारसँग माग गर्नुभएको हो।
हर्षोल्लासका साथ मनाइयो थारु गुरही पर्व
थारु समुदायमा हर्षोल्लासका साथ गुरही पर्व मनाइएको छ । विभिन्न ठाउँमा नाचगानसहित गुरही पर्व मनाइएको थारु अगुवाहरूको भनाइ छ ।
बादी बस्तीका कुष्ठरोगीलाई उपचारमा समस्या
एकैनासका घरहरुले बनेको घना बस्ती । सोही बस्तीको सडक किनारमा चिटिक्क परेको सानो टिनले छाएको दुई कोठाको घर छ । घरभित्र केही थान पकाउने भाँडाकुडा यत्रतत्र छरिएका छन् । पुराना लत्ताकपडा, पुरानो खाट छ । छेउमा सानो बालक टोलाइरहेको अवस्थामा त्यही खाटमा पल्टिरहेका एक जोडी बिरामी छन् ।
गौरा पर्व सुरु
सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गौरा पर्व सोमबारबाट पाँच प्रकारको अन्न तथा गेडागुडी धोएर विधिवत् रूपमा सुरु भएको छ। गौरा पर्व भाद्र शुक्ल पञ्चमीका दिन मनाइन्छ। जुन दिनलाई ‘बिरुडा पञ्चमी’ पनि भनिन्छ। व्रतालु महिलाले ‘बिरुडा’ भिजाएर गौराको सुरुवात गरेका हुन्। तामा–पित्तलको भाँडोलाई गाईको गोबरले लिपेर गोबर, दुबो, अक्षताले सिँगारी त्यसभित्र पञ्च अन्न (गहुँ, मास, गहत, गोरस र कलउँ) बिरुडा बनाउने प्रचलन छ। बिरुडालाई ‘गौरीको प्रसाद’ का रूपमा लिइन्छ।
मासिँदै परम्परागत ‘न्वालो’
दशरथचन्द नगरपालिका–२, देहिमाडौँमा रहेको न्वालो ( परम्पपरागत कुवा) को पानी कुनै बेला हजारौँ घरपरिवारको तिर्खा मेट्ने मूल थियो। यही कुवाको पानी प्रसिद्ध निङ्लासैनी मन्दिरमा चढाउने परम्परा रहेको स्थानीय बुढापाका बताउँछन्। गाउँ–गाउँ तथा स्थानीय बजारमा धाराको पानी पुगेपछि अहिले कुवाहरू फोहोरले भरिएका छन्। कुवा फोहोर भएकाले मन्दिरमा यहाँको पानीसमेत चढाइँदैन। देहिमाडौँ बजारबाट करिब पाँच मिनेटको दूरीमा रहेको देही न्वालोमा बजारबाट निस्कने ढलको पानी मिसिने गरेको छ।
सुदूरपश्चिममा दुई गौरा : भदाै ७ र २१ गते मनाइने
सुदूरपश्चिम प्रदेशका देव–देवालयहरू (मन्दिर) मा विशेष हर्षोल्लासका साथ मनाइने गौरा पर्व भदौ ७ र २१ गते मनाइने भएको छ । भदौ ७ गते गौरा पर्व मनाउनेले पञ्चमीको अवसरमा सोमबार बिरुडा भिजाएका छन् । बिरुडा भिजाएसँगै सुदूरपश्चिममा गौरा पर्वको विधिवत सुरुवात भएको छ ।
चितुवाले आठ बाख्रा मार्यो
गएराति चितुवाले अछामको बान्नीगढी जयगढ गाउँपालिकामा एकै कृषकका आठ बाख्रा मारेको छ । बान्नीगढी जयगढ गाउँपालिका–१ गाज्राका तिलक खड्काले पालेका आठ बाख्रा चितुवाले मारेको स्थानीय लक्ष्मी खड्काले जानकारी दिनुभयो ।
सात वर्ष पछि बन्यो तमैलको पक्की पुल, स्थानीय खुसी
जिल्लाको जयपृथ्वी नगरपालिका र खप्तड छान्ना गाउँपालिका जोड्ने स्थानीय तमैल बजारमा सेती नदीमा करोडौँको लागतमा निर्माण भएको पक्की पुल सम्झौता भएको सात वर्ष पछि निर्माण भएको छ । पक्की पुल निर्माण भएसँगै स्थानीयवासीहरुमा खुसी छाएको छ ।
गरिबको आश्रय बन्यो स्वास्थ्य बिमा
बाजुराको बडीमालिका नगरपालिका–६, कोर्धका धनी थापा उमेरले ६५ वर्ष पुग्नुभयो। उमेर ओराली लागेसँगै उहाँलाई नियमित स्वास्थ्य जाँच गराइराख्नुपर्छ। पिसाब पोल्ने रोगले ग्रसित थापालाई महिनाको दुई पटक उपचारका लागि अस्पताल पुग्नै पर्ने बाध्यता छ। नियमित चेकजाँच र औषधी किन्न मात्रै एक पटक कम्तीमा दुई हजार खर्च हुने गरेको छ। त्यो खर्च स्वास्थ्य बिमा र विपन्न परिवारको सुविधाबाटै व्यवस्थापन गर्ने गरेको उहाँले बताउनुभएको छ। बिमा कार्यक्रम लागु हुनुभन्दा अगाडि एक पटक उपचार गर्नका लागि १० हजार रुपियाँभन्दा बढी खर्च गर्न परेको उहाँले सुनाउनुभयो। तर, अहिले सो कार्यक्रम लागु भइसकेपछि निःशुल्क उपचार हुने गरेको थापाले बताउनुभयो।