• ७ जेठ २०८१, सोमबार

बिप्लवद्वारा भूकम्प पीडितलाई राहत हस्तान्तरण

blog

सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीलाई नगद सहित राहत सामग्री हस्तान्तरण गर्नुहुँदै नेकपा (बिप्लव समूह) का महासचिव नेत्र बिक्रम चन्द । तस्बिर : शैलेन्द्र रोकाया

शैलेन्द्र रोकाया 

बझाङ, असोज २८ गते । नेकपा (बिप्लव समूह) का महासचिव नेत्र बिक्रम चन्द (बिप्लव) ले बझाङका भूकम्प पीडितहरु लागि जिल्ला बिपद ब्यवस्थापन समिति नगदसहित राहत सामग्री हस्तान्तरण गर्नुभएको छ । 

शनिबार राती बझाङ पुग्नु भएका चन्दले जिल्लाका भूकम्प पीडितहरुको अवस्थाको जानकारी पछि जिल्ला विपद व्यवस्थापन समितिलाई एक सय कम्बल र एक लाख रुपियाँ हस्तान्तरण गर्नुभएको हो । 

जिल्लामा असोज १६ गते पछि पटक पटक आएको भूकम्पका कारण जिल्लामा ठूलो क्षति भएपछि नेता चन्द भूकम्प पीडितहलाई राहत सामग्री ल्याएर बझाङ पुग्नु भएको हो । उहाँले इजरालको बम आक्रमणमा परी ज्यान गुमाउनु भएका जयपृथ्वी नगरपालिका–११ का गणेश नेपालीको परिवार र सोही वडाका भूकम्पबाट मृत्यु भएकी गुनमती देवी धामीको परिवारलाई सान्त्वनासहित आर्थिक सहयोगसमेत गर्नुभएको छ । उहाँले मृतक परिवारलाई यस्तो विपदको घटनाले आफूहरुलाई समेत दुःखी बनाएको बताउँदै पीडितलाई न्याय दिने सवालमा प्रधानमन्त्रीसँग समेत भेटेर छलफल गर्ने बताउनुभएको छ । इजरायल घटनामा परी ज्यान गुमाएका परिवारजनहरुले स्वर्गीय गणेशको शव बुझाउनसमेत नमानेकाले कूटनीतिक पहल गरिदिन समेत आग्रह गरेको छ । 

स्वर्गीय गणेश नेपालीका दाई विकास नेपालीले भन्नुभयो, “अहिले इजरायल सरकारले समेत शव बुझाउन लागि लासको पहिचान हुनसमेत समस्या भएको बताउँदै कूटनीतिक पहल गरिदिनु होला” ।