• १३ मंसिर २०८१, बिहिबार

संशोधन गर्न बनेको विधेयक सभामा टेबुल

blog

सुदूरपश्चिम प्रदेश सभा बैठक ।

अविनाश चौधरी

धनगढी, असोज १७ गते । सुदूरपश्चिम प्रदेशको सार्वजनिक लिखत प्रमाणीकरण ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा टेबुल भएको छ । 

आज बसेको प्रदेश सभा बैठकमा भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले सो विधेयक सभासमक्ष टेबुल गर्नुभएको हो । यसैगरी, प्रदेश सभाको आजको बैठकमा समसामयिक विषयमा बोल्नका लागि शून्य समयसमेत निर्धारण गरिएको थियो । 

शून्य समयमा प्रदेश सभा सदस्यहरू खुसीराम डङ्गौरा थारु, गीता चौधरी, वीरबहादुर थापा, मानबहादुर रावल, लक्ष्मी विक, सन्तोषकुमारी शर्मा थापा, सरस्वती खड्का, जुनाकुमारी दानी, हीरा सार्की लगायतकाले बोल्नुभयो ।

उहाँहरूले भूकम्प प्रभावितको लागि उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गर्नुभएको छ । यसैगरी, घाइतेहरूको उद्धार र उपचारको व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।