पहाडी जिल्लामा चामल पठाउँदै खाद्य संस्थान
सुदूरपश्चिमका सात पहाडी जिल्लामा चाडपर्व नजिकिरहेका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीले खाद्यान्न (चामल) निर्यात गरिरहेको छ ।
आन्दोलनमा उत्रिएका शिक्षकको यातायात खर्च विद्यालयले दिने
विद्यालय शिक्षा विधेयक विरुद्धमा शिक्षकहरु आन्दोलनमा गएको आफ्ना शिक्षकको यातायात खर्च विद्यालय कोषबाट दिने भएको छ ।
रामारोशन जान दिन गृहको अनुमति
‘रेन्बो फेमिली’ ले अछामको रामारोशनमा गर्ने भनिएको भेलामा आएर सीमामा रोकिएका विदेशीलाई नरोक्न गृह मन्त्रालयले आदेश दिएको छ। प्रमुख जिल्ला अधिकारीलाई गृहले भिसा भएकालाई नरोकी यातायातमा सहजीकरण गर्न भनेको बताइएको छ। “हामीलाई यातायातमा सहजीकरण गरिदिनू, भिसा भएकालाई आगमनका लागि नरोक्नू भनेर निर्देशन आयो,” प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भन्नुभयो।
सुवासमा मिलाएर लैजान सक्ने अद्भुत क्षमता थियो : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सुवास नेम्वाङमा सबैलाई मिलाएर लैजान सक्ने अद्भुत क्षमता रहेको थियो भन्ने चर्चा गर्नुभएको छ ।
टीकापुर घटनाका संलग्न व्यक्ति बाल सुधार गृहबाट रिहा
टीकापुर घटनामा संलग्न रहेका व्यक्ति पोखरा बाल सुधार गृहबाट रिहा भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलालीका २३ वर्षीय श्रवण चौधरी बुधबार रिहा भएको पोखरा बाल सुधार गृहका प्रमुख अजय थापा क्षेत्रीले जानकारी दिनुभयो ।
टीकापुर घटनाका कैदीबन्दी रिहा
टीकापुर घटनाका सबै कैदी बन्दी रिहा भएका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको बाँकी कैद मिनाहा गरेपछि रिहा हुन बाँकी रहेका चार जना सबै रिहा भएका हुन ।
‘सुशासनको प्रत्याभूति दिलाउन प्रयासरत छौँ’
बझाङ जिल्लाको तत्कालीन सदरमुकाम चैनपुर अहिले जयपृथ्वी नगरपालिका भएको छ । मानवतावादी राजा तथा राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको जन्मस्थल रहेको यस पालिकाको नामकरण राजा जयपृथ्वीको नामबाट गरिएको हो । बझाङ राज्यको इतिहाससँग जोडिएको यो नगरपालिका ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ । नगरपालिकाको केन्द्र भाग हुँदै घुमाउरो फन्को मारेर सेती नदीसमेत बगेको छ । साबिकको सुबेडा, रिठापाटा, चैनपुर, लुयाटा, हेमन्तवाडा र
राजनीतिकर्मीको ड्र्यागन खेती मोह
कैलालीका राजनीतिकर्मी गणेश ढकालको कृषिप्रति मोह बढेको छ । लम्कीचुहा नगरपालिका–१ निवासी ढकालले राजनीतिसँगै कृषि पेसामा सक्रियता बढाउदै आउनुभएको छ । उहाँले लम्कीमै ड्र्यागन फ्रुट खेती गरिरहनुभएको छ । आफ्नै पाँच कट्ठा जमिनमा रोपेको ड्र्यागन अहिले लटरम्म फलेको छ । “अहिलेसम्म आठौँ लट ड्र्यागन टिपेर बिक्री गरिसकेँ,” उहाँले भन्नुभयो, “राजनीतिकर्मी भए पनि म भाषण गर्दैन, काम गर्छु ।” ढकाल नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) एवं सोही पार्टीको उत्पादन विभागका केन्द्रीय सदस्य हुनुहुन्छ । मुलुकमा समाजवाद ल्याउनका लागि अबको क्रान्ति उत्पादन हुनुपर्ने आफ्नो पार्टीको जोडले उहाँलाई ड्र्यागन फ्रुटको काँडा र हिलोमाटोसँग खेल्ने बनायो ।
बुढीगङ्गामा दुइटा पक्की पुल बन्दै
बाजुराको बुढीगङ्गा नदीमा चालु आर्थिक वर्षमा दुई वटा पक्की पुल निर्माण हुने भएपछि त्रिवेणी नगरपालिकाका स्थानीय खुसी भएका छन् । बुढीगङ्गा नदीमा पक्की पुल नहुँदा स्थानीयले जोखिम मोलेर नदी वारपार गर्नुपर्ने बाध्यता रहेको थियो । बर्खाको समय दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै सास्ती खेप्दै आएका स्थानीय नगरवासीले पुल निर्माण भएमा धेरै कुराको सहज हुने बताएका छन् । त्रिवेणी नगरपालिका –८, रत्न माविका शिक्षक मानबहादुर ऐडीले भन्नुभयो, “हिउँदमा गाडी गुड्ने गाउँबस्ती बर्खाको समय सुनसान हुन्छन् ।” पुलको अभावमा यातायातका साधन बुढीगङ्गा नगरपालिका–६ को बाम्कामै रोकिने गरेका छन् । पुल निर्माण हुन लागेपछि बल्ल यहाँका स्थानीयको मुहारमा खुसी आएको त्रिवेणी नगरपालिका–८ का वडाध्यक्ष गगनजङ्ग बुढाले बताउनुभयो ।
‘रेन्बो फेमिली’ को शङ्कास्पद भेला
अछाम जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र रामारोशनमा आयोजना हुने भनिएको अन्तर्राष्ट्रिय सम्मेलन जमघट मात्र रहेको पाइएको छ । ‘रेन्बो फेमिली’ तथा ‘रेन्बो ग्यादरिङ युनिटी’ नामक नेटवर्कमार्फत विभिन्न देशका नागरिक अछाम पुगेका छन् । अझै कतिपयको आउने क्रम जारी छ भने केही रोकिएका छन् ।
‘अछाममा विदेशी पर्यटक आएको आधिकारिक जानकारी छैन’
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले विभिन्न देशका पर्यटक अछाम पुगेकोबारे प्रदेश मन्त्रालयलाई जानकारी नरहेको बताउनुभएको छ ।
चिसो बढेसँगै बेँसी झर्दै भेडीगोठ
बाजुराका अधिकांश भेडीगोठ यतिबेला बेँसी झर्न थालेका छन् ।
अपाङ्गता भएकाहरूका पक्षमा आवाज उठाउने प्रतिबद्धता
सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूले आफूहरू अपाङ्गता भएका व्यक्तिका हितका लागि आवाज उठाउने प्रतिबद्धता गरेका छन् ।
काँक्रो खेतीबाट मनग्य आम्दानी
शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले व्यावसायिकरूपमा काँक्रो खेती गरी मनग्य आम्दानी गर्दै आउनुभएको छ । मौसमी र बेमौसमी काँक्रो खेती गरी उहाँले वार्षिकरूपमा रु पाँच लाख बढी आम्दानी गर्दै आउनुभएको छ ।
रामारोशनमा पर्यटकलाई प्रवेश अनुमति दिन स्थानीयको माग
विदेशी नागरिकलाई पर्यटकीय स्थल रामारोशन प्रवेशको अनुमतिका लागि स्थानीयले आग्रह गरेका छन् । रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउदको अगुवाइमा भएको सर्वपक्षीय बैठकले विदेशीलाई एक महिनासम्मका लागि अनुमति दिन माग गरेका हुन् । अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने नाममा अछाम भित्रिएका विदेशी नागरिक स्थानीय प्रशासनको अनुमति नभएका कारण बिच बाटोमै रोकिएका छन् । ‘वल्र्ड रेन्वो फेमिली’ नामक संस्थाले सेप्टेम्बर १५ देखि अक्टोबर १५ सम्मका लागि रामारोशनमा कार्यक्रम सञ्चालन गर्न अनुमति मागेको थियो ।
थारू भाषामा चराको न्वारान
कैलालीस्थित घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा पाइने चरालाई स्थानीय नामबाट चिनाउने प्रयास गरिएको छ । यहाँ पाइने ३८० प्रजातिका रैथाने तथा आगन्तुक चरालाई थारू भाषाको नामबाट चिनाउने जमर्को गरिएको छ । ‘घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा पाइने चराहरू’ नामक पुस्तकमा यहाँ पाइने चराको अङ्ग्रेजी, वैज्ञानिक, नेपाली नामका साथसाथै स्थानीय थारू भाषाको नाम पनि उल्लेख गरिएको छ । घोडाघोडी चरा अभय आरण्य क्षेत्र आसपास बसोबास गर्दै आएका स्थानीय जनकलाल चौधरी, बुद्धिप्रकाश, तिलक राम, सीताराम चौधरी र टेङ्गना डङ्गौराको सहयोगमा चराको नाम थारू भाषामा समावेश गरिएको हो ।
प्रदेश राजधानी सार्ने कुरा स्वीकार्य हुँदैन: पूर्वमन्त्री भट्ट
नेकपा (एमाले) का केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको राजधानी सार्ने कुरा स्वीकार्य नहुने बताउनु भएको छ ।
कम उमेरमा आमा बन्दै
‘बिहेबारी, बिस वर्ष पारि’ भन्ने नारा र ऐन, कानुन भए पनि बैतडीमा २० वर्ष नपुग्दै आमा बन्नेको सङ्ख्या बढ्दो छ । बैतडीमा मात्र वार्षिक चार सय किशोरीले २० वर्ष नपुगी सन्तान जन्माएर आमा बनेका छन् । बालविवाह न्यूनीकरणका क्षेत्रमा सरकारी तथा गैरसरकारी क्षेत्रले काम गरेको दाबी गरे पनि बैतडीमा बालविवाह रोकिएको छैन । स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ मा ४१५, आर्थिक वर्ष २०७८/७९ मा ३८७ र २०७९/८० मा ३२३ जना किशोरी आमा बनेका छन् ।
धनगढी उपमहानगरपालिकाले दाहसंस्कार खर्च दिने
कैलालीको धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका विपन्नलाई दाहसंस्कार खर्च दिने भएको छ। आर्थिक समस्याका कारण अन्त्येष्टिमा कसैलाई पनि समस्या नहोस् भनेर सो पालिकाले पाँच हजार रुपियाँ दाहसंस्कार खर्च दिने भएको हो।
सुदूरपश्चिम श्री शारीरिक सुगठनको ट्रफी सार्वजनिक
सुदूरपश्चिम प्रदेशको धनगढीमा पहिलो पटक हुने सुदूरपश्चिम श्री शारीरिक सुगठन (बडी बिल्डिङ) प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ ।
सुदूरपश्चिममा बुढी पोल्ने पर्वको रौनक
आज बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बुढी पोल्ने पर्व मनाइँदैछ । हरेक वर्ष असोज १ गते यो पर्व यहाँ धूमधामसँग मनाउने प्रचलन छ ।
अट्वारीको अन्तिम दिन आज विवाहित छोरीलाई अग्रासन दिइँदै
कैलालीसहित विभिन्न जिल्लाका थारु समुदायले धुमधामसँग मनाउने अट्वारी पर्वको अन्तिम दिन आज विवाहित छोरीलाई अग्रासन दिइदैँ छ ।
सिँचाइको अभाव खेतीयोग्य जमिन बाँझो
सिँचाइको अभावले बाजुराको अधिकांश जमिन बर्सेनि बाँझो रहँदै आएको छ । बुढीगङ्गा नगरपालिका–१० का स्थानीय विनोदबहादुर सार्कीले खेतीयोग्य प्रशस्त जमिन भए पनि सिँचाइ सुविधा नहुँदा हिउँदमा बाँझो राख्नु परेको बताउनुभयो । उहाँले भन्नभुयो, “गाउँमा सिँचाइको अभावले जमिन सधैँ बाँझो राख्नु परेको छ तर अर्कोतिर स्थानीय सरकारले तिरो तिर्न भन्छ । अन्य आयस्रोत छैन । विकल्प केही नभएपछि अहिले भारतबाट कमाइ गरेर जमिनको तिरो तिर्ने गरेको छु । २०७८ सालमा यहाँका स्थानीयको पु
होल्डिङ सेन्टरमा अस्पताल चलाउन गृहकार्य
कैलालीको धनगढी उपमहानगरपालिका–३, बडहरामा रहेको होल्डिङ सेन्टरमा अस्पताल सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ। उपमहानगरपालिकाले स्त्री तथा बालरोग उपचारसम्बन्धी अस्पताल चलाउने गरी प्रक्रिया अगाडि बढाएको हो। त्यसका लागि रक्षा मन्त्रालयबाट होल्डिङ सेन्टर प्रयोगको अनुमति माग गरिएको उपमहानगरपालिकाको कार्यालयले जनाएको छ। नेपाली सेनाको भवानी दल गणको अनुगमन र व्यवस्थापनमा बनेको होल्डिङ सेन्टर रक्षा मन्त्रालय अन्तर्गत रहेको छ।