रुखबाट लडेर एकको मृत्यु
बाजुरामा आज बिहान रुखबाट लडेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका –७ ढम्कनेका ४२ वर्षीय देवबहादुर धामी रहनुभएको छ ।
खप्तड स्विजरल्याण्डभन्दा पनि सुन्दर छ : आचार्य
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल भूस्वर्ग खप्तडमा आध्यात्मिक सम्मेलनको तयारी तीव्र बनेको छ । जेठ २३ देखि २५ गतेसम्म हुने सम्मेलनको तयारी तीव्र पारिएको हो ।
सुदूरपश्चिम स्पोर्ट्स अवार्डका लागि दुई विधाको मनोनयन सार्वजनिक
धनगढीमा हुने चौथो एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्डको दुई विधाको मनोनयन सार्वजनिक भएको छ । अवार्डको लागि सुदूरपश्चिम आईकन पुरुष र सुदूरपश्चिम आईकन महिला विधाको मनोनयन सार्वजनिक गरिएको हो ।
सही तथ्याङ्क नआएको रानाथारु समुदायको आरोप
आदिवासी जनजाति रानाथारु समुदायका अगुवाले जनगणनामा आफ्नो समुदायको यकिन तथ्याङ्क नसमेटिएको आरोप लगाएका छन् । दुई जिल्लामा दुई लाखभन्दा बढी जनसङ्ख्या रहेको दाबी गर्दैआएका यो समुदायका अगुवाहरु २०७८ को जनगणना तथ्याङ्क सार्वजनिक भएपछि झस्केको बताएका छन् ।
गेटा प्रतिष्ठान बनाउने विषयमा आपत्ति
सङ्घीय सरकारले कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई प्रतिष्ठानका रूपमा सञ्चालन गर्ने निर्णयप्रति सुदूरपश्चिम प्रदेशवासीले आपत्ति जनाएका छन्। अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटालाई प्रतिष्ठान बनाउने निर्णय सुनाउनुभएको थियो। त्यसअघिको सरकारले विश्वविद्यालय बनाउने निर्णय गरिएको थियो।
मष्टा गाउँपालिकालाई रैथाने बालीको हब बनाइने
आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहले बझाङको मष्टा गाउँपालिकाले उत्पादन गरिरहेको रैथाने अन्नको क्षेत्र विस्तार गर्ने कुरामा प्रदेश सरकार सकारात्मक रहेकोे बताउनुभएको छ । शुक्रबार धनगढीमा रैथाने बाली उत्पादनको व्यवसायीकरण प्रवद्र्धन विषयक उद्योगी व्यवसायी तथा अन्य सरोकारवालाबीच भएको अन्तरक्रियामा उहाँले उत्पादन बढाउन, सिँचाइ, उपकरण र खेतीपातीका लागि किसानलाई प्राविधिक सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो ।
सुदूरपश्चिमलाई सरकारबाट १४ अर्ब बजेट
सुदूरपश्चिम प्रदेशका लागि सङ्घीय सरकारले १४ अर्ब ४२ करोड १९ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०–८१ मा सङ्घीय सरकारले अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत सो बजेटको व्यवस्था गरेको हो ।
सुदूरपश्चिममा सार्वजनिक यातायातमा नयाँ भाडादर
सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक यातायातमा नयाँ भाडादर कायम गरेको छ ।
तीन वर्षमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण हुन्छ : प्रमुख सचेतक लेखक
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाल–भारत प्रधानमन्त्रीस्तरमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माणको सम्झौता (एमओयु) मा हस्ताक्षर भएसँगै अबको तीन वर्षभित्र निर्माण सम्पन्न हुनेमा आशावादी हुन आग्रह गर्नुभएको छ ।
झुलाघाटमा पुल बनाउने सहमति, बैतडीमा खुसियाली
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच झुलाघाटमा मोटरेबल पुल निर्माण गर्ने सहमतिपछि बैतडीमा खुसियाली छाएको छ । बिहीबार नयाँ दिल्लीमा भएको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले झुलाघाट नाकामा पक्की पुल निर्माण गर्ने घोषणा गर्नुभएको हो ।
जातीय छुवाछूतविरुद्धको कानुन छ, कार्यान्वयन छैन
जातीय छुवाछुतका लागि नेपालमा पर्याप्त र उपयुक्त कानुन भए पनि कार्यान्वयन पक्ष फितलो हुँदा छुवाछुत अन्त्यको १७ वर्ष पुग्दा पनि छुवाछूत कायमै रहेको भन्दै चिन्ता गरिएको छ ।
युवा केन्द्रित कार्यक्रम ल्याउँछौँ : मुख्यमन्त्री शाह
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले वास्तविकताका आधारमा युवा वर्गलाई समेट्दै सन्देश दिनेखालले रोजगारी सिर्जना गर्नेगरी नीति तथा कार्यक्रम र बजेट ल्याउने बताउनुभएको छ ।
बाजुराका दाजुभाइ भारतमा बेपत्ता
बाजुरामा एकै घरका दाजुभाइ भारतमा बेपत्ता भएका छन्। बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा वडा नम्बर ५ डोगडी बस्ने एकै घरका दाजुभाइ भारतबाट नेपाल फर्किने समयमा पौडी जिल्लाको पौवाबाट बेपत्ता भएका हुन्।
मिटरब्याजीविरुद्ध दुई सयभन्दा बढी उजुरी
कैलालीबाट दुई सय ४४ जना मिटरब्याज पीडितले उजुरी दिएका छन् । जिल्ला प्रशासन कार्यालयमार्फत उनीहरूले आयोगमा मिटरब्याजीविरुद्ध उजुरी दिएका हुन् ।
गर्मीका कारण कलैयाका विद्यालय बन्द
बढ्दो गर्मीका कारण विद्यार्थीलाई समस्या सिर्जना भएको भन्दै कलैया उपमहानगरपालिकाले सात दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।
सुदूरपश्चिमको आठ जिल्ला सङ्क्रमित मुक्त
सुदूरपश्चिम प्रदेशको आठ जिल्ला सक्रिय कोरोना सङ्क्रमित मुक्त भएको छ । कैलालीसहित पहाडी सबै जिल्ला सक्रिय सङ्क्रमितमुक्त भएको हो ।
भीरबाट खसेर महिलाको मृत्यु
घाँस काट्न गएको बेलामा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ । रामारोशन गाउँपालिका–५ की ६२ वर्षीया पारुदेवी बुढाको बिहीबार बिहान भीरबाट खसेर मृत्यु भएको हो ।
बजेट अभावमा ओझेलमा दार्चुला–टिङ्कर सडक
दार्चुला जिल्लाको लाइफलाइनका रूपमा हेरिएको महाकाली कोरिडोर अन्र्तगत निर्माणाधीन दार्चुला–टिङ्कर सडक बजेट अभावका कारण ओझेलमा परेको छ। पहिलो प्राथमिकतामा रहेको यो सडकका लागि बजेट थप्नुको सट्टा कटौतीमा परेपछि निर्माण कार्यमा चुनौती थपिएको हो।
स्वकीयलाई तलब तीन लाख , बिस लाखको औषधी खरिद
बैतडीको दोगडाकेदार गाउँपालिकाले नियमविपरीत गाउँपालिका अध्यक्ष र उपाध्यक्षको स्वकीय सचिव नियुक्त गरेर वार्षिक तीन लाख ४८ हजार रुपियाँ तलब खुवाई आर्थिक अनियमितता गरेको पाइएको छ। महालेखाको प्रतिवेदनले दोगडाकेदार गाउँपालिकाले अध्यक्ष र उपाध्यक्षले नियमविपरीत स्वकीय सचिव नियुक्त गरेर वार्षिक तीन लाख ४८ हजार रुपियाँ खर्च गर्दै आएको जनाएको छ।
मुक्त कमैया र हलियाको पुनःस्थापनामा केन्द्रित काम गर्छौं : मन्त्री साउद
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटमा मुक्त कमैया र हलियालाई प्राथमिकता दिएर काम गर्ने बताउनुभएको छ ।
खप्तड शैलेश्वरी म्याराथनमा त्रिभुवन आर्मीका खड्का प्रथम
हाई अल्टिच्युड खप्तड शैलेश्वरी म्याराथन प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका खडकबहादुर खड्का प्रथम हुनुभएको छ ।
रानाथारू समुदायबाट पहिलो विद्यावारिधि
नेपालका आदिवासी जनजाति रानाथारू समुदायबाट धनगढीकी डा जीवन रानाले पहिलो पटक विद्यावारिधि गर्नुभएको छ। आफ्नो समुदायबाट विद्यावारिधि गर्ने उहाँ पहिलो व्यक्ति बन्नुभएको हो। उहाँले नेपाल संस्कृत विश्वविद्यालय बेल्झुन्डी दाङबाट विद्यावारिधि (पिएचडी) उपाधि प्राप्त गर्नुभएको छ। रानाले ‘सोसियो कल्चरल लाइफ अफ रानाथारू’ विषयमा अङ्ग्रेजीमा शोधपत्र तयार पार्नुभएको थियो।
स्थानीय तहमा नियमविपरीत सात सय साठी कर्मचारी
बैतडी जिल्लाको १० वटा स्थानीय तहले नियमविपरीत ७६० जना करारका कर्मचारी भर्ना गरी वार्षिक १६ करोड ८७ लाख रुपियाँ खर्च गर्दै आएको पाइएको छ। स्थानीय तहको पुनर्संरचना हुनुअघि दुई नगरपालिका र ५८ गाउँ विकास समिति रहेको यस जिल्लामा ६२ जना गाविस सचिवले प्रशासनिक काम कारबाही सञ्चालन गर्दै आएका थिए।
खप्तडको महिमा उजागर गर्न आध्यात्मिक सम्मेलन
भूस्वर्गका नामले परिचित सुदूरपश्चिमको प्रमुख पर्यटकीय भूमि खप्तडमा आध्यात्मिक सम्मेलनको आयोजना हुने भएको छ । सम्मेलन जेठ २३ देखि २५ गतेसम्म आयोजना हुने छ ।