विद्यार्थीलाई दिवा खाजा कोदोको ‘पुवा’
२०७३ सालमा साबिकका सिउडी, सोकट, पायल, लुङ्ग्रा, मार्कु र दुनी गाविसलाई गाभेर चौरपाटी गाउँपालिका निर्माण गरिएको हो। सात वडा रहेको यो गाउँपालिका १८२.१६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ। डोटीबाट अछाम र बाजुरा प्रवेशको मुख्य नाका चौखुट्टे यही गाउँपालिका पर्दछ। २०७८ सालको जनगणना अनुसार यस पालिकामा २१ हजार ६२१ जनसङ्ख्या रहेको छ। साक्षरता प्रतिशत ७०.२५ प्रतिशत छ। नेपाली कांग्रेस समर्थक नेपाल विद्यार्थी सङ्घ अछामका पूर्वसभाप
कच्ची सडकमा जोखिमपूर्ण यात्रा
दार्चुलाका दर्जनबढी कच्ची सडक स्तरोन्नति नहुँदा यात्रु र चालकले दैनिक रूपमा जोखिमपूर्ण यात्रा गर्नु परेको छ। हिलाम्मे र खाल्टाखुल्टी भएको सडकमा यात्रा गर्दा ज्यान जोखिममा पर्ने गरेको गुनासो स्थानीयको छ। कच्ची सडकमा गाडी चलाउँदा जोखिम रहेको भन्दै यातायात व्यवसायीले बढी भाडा माग्ने गरेका छन्। सडकमा गाडी गुडाउन समेत खर्चिलो र जोखिमपूर्ण भएकाले जति भने पनि भाडा दिनुपर्ने अवस्था छ, यात्रु शम्भुराज जोशीले भन्नुभयो।
जवानीमा सिकेको सिप बुढेसकालको सहारा
सिपले मान्छेलाई स्वावलम्बी बनाउँछ भन्ने कुराको उदाहरण बन्नुभएको छ, कैलारी गाउँपालिका–२, उजलीसेमराका ७५ वर्षीय वृद्ध हरिराम चौधरी। यो उमेरमा उहाँलाई पैसाका लागि अरूको मुख ताक्नु परेको छैन। जवानी उमेरमा सिकेको सिपले उहाँलाई आत्मनिर्भर नै बनाएको छ। ज्येष्ठ नागरिक चौधरीले बाँसको छिटुवा (डालो) र डिलिया (माछा राख्ने) बनाएर बिक्री गर्दै आउनुभएको छ। “यो सिप नसिकेको भए, सायदै म यो अवस्थामा हुने थिएन,” चाउरी परेको अनुहार मुसुक्क पार्दै उहाँले भन्नुभयो, “जमानामा छिटुवा र डिलिया बनाउन सिकेकाले खाली हात बस्नु परेको छैन।
देउडामा तीन पुस्ता एकसाथ नाच्दै
कञ्चनपुरको भीमदत्त नगरपालिका–४ शिवधाममा केही दिनयता साँझ पख्ख अरु बेलाको भन्दा छुट्टै रौनक देख्न पाइन्छ । हरेक दिन यहाँ नब्बे वर्षीय वृद्धदेखि किशोरसम्म दिउँसोदेखि भेला हुन थाल्छन् ।
केरा खेतीमा देखियो पानामा रोग
कैलालीको टीकापुरमा केरामा देखिएको टिआर–४ ९पानामा० रोगको प्रारम्भिक अध्ययन थालिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०ले गरेको केराको नमूना परीक्षणमा पानामा रोगको सङ्क्रमण देखापरेको थियो । पानामा रोगको अध्ययनका लागि राष्ट्रिय बिरुवा संरक्षण सङ्गठन नेपालले गठन गरेको जोखिम विश्लेषण कार्यदलले स्थलगत अध्ययन सुरु गरेको हो ।
छ अर्ब लागतमा चाँदनी दोधारामा आइसिपी निर्माण
झन्डै छ अर्ब रुपियाँ लागतमा कञ्चनपुरको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माण हुने भएको छ । भारत सरकारको सहयोगमा सुदूरपश्चिमको व्यापारलाई सहजीकरण गर्न आइसिपी निर्माण हुन लागेको हो । कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुन लागेको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी निर्माण गर्न भारतले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को मस्यौदा नेपाललाई पठाएको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।
बडीमालिकाबाट उद्धार गरिएका युवकको सुर्खेतमा मृत्यु
जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको दर्शन गर्न गएका कालिकोट जिल्लाका पलाताँ गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपानेको उपचारको क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मंगलबार ३ः२५ बजे मृत्यु भएको उपचारमा संलग्न अस्पतालका मेडिसिएन डा. के. एन पौडेलले जानकारी दिनुभयो ।
प्रधानमन्त्री प्रचण्ड बुधबार धनगढी आउनुहुने
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित समाजवादी मोर्चाका नेताहरू भोलि धनगढी आउँदै हुनुहुन्छ ।
‘देउडा’मा मायाप्रीतिदेखि व्यङ्ग्य
हरेक उत्सवमा खेलिने देउडाले यतिबेला सुदूरपश्चिमको माहौल तताएको छ । सुदूरपश्चिमवासीको प्रमुख चाड गौरा पर्व सुरु भएसँगै यहाँ देउडामय बनेको छ ।
बैतडी विमानस्थल बन्द, नागरिक हवाई सेवाबाट वञ्चित
बैतडीको पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा यहाँका नागरिकलाई समस्या भएको छ । गएको डेढ वर्षदेखि विमानस्थल बन्द हुँदा उनीहरू हवाई सेवा उपभोगबाट वञ्चित हुँदै आएका हुन् ।
बिरामीको मृत्यु भएपछि परिवारका सदस्यलाई क्षतिपूर्ति
धनगढीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिले बिरामीको उपचारको क्रममा मृत्यु भएपछि मृतक परिवारका सदस्यलाई क्षतिपूर्ति उपलब्ध गराएको छ ।
ढुङ्गा लागेर महिला गम्भीर घाइते
दार्चुलाको नौगाड गाउँपालिकामा एक महिलालाई ढुङ्गा लागेर गम्भीर घाइते हुनुभएको छ । आज मंगलबार विहान पौने ९ बजेको समयमा घाँस काटेर घर फर्किनेबेला नौगाड गाउँपालिका –५ भीडकी ३५ वर्षीया पुतली धामीलाई ढुंगा लागेको हो ।
सेनाको हेलिकोप्टरमार्फत दुई जनाको उद्धार
धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकाको दर्शन गर्न गएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
डेङ्गु सङ्क्रमणबाट मृत्यु
बेलौरी नगरपालिका–८ पचुँइका २८ वर्षीय हिक्मत खत्रीको डेङ्गु रोगको सङ्क्रमणबाट गए राति मृत्यु भएको छ । बेलौरी–८ का वडाध्यक्ष विषमराम रानाका अनुसार उपचारका क्रममा खत्रीको कैलालीको धनगढीस्थित नोभा अस्पतालमा मृत्यु भएको हो ।
पन्ध्र घर पहिरोको जोखिममा
घरमाथिबाट पहिरो खस्न थालेपछि मङ्गलसेन नगरपालिका–८, सुतुडमा १५ घरपरिवार उच्च जोखिममा परेका छन् । मङ्गलसेन–जुपु–रामारोशन सडकमुनितिर रहेका घरपरिवार पहिरोको जोखिममा रहेका बताइएको छ । घरभन्दा माथिबाट पहिरो झर्न थालेपछि स्थानीय मीनबहादुर बोहरा, प्रेमबहादुर बोहरा र चेतमान बोहराका घरपरिवार भने आफन्तकहाँ सरेको स्थानीय नयनबहादुर बोहराले जानकारी दिनुभयो । घरभन्दा माथिबाट पहिरो आएर घर पुरिने समस्यासँगै अन्य घरपरिवार पनि त्रासमा छन् ।
पाँच सय हेक्टर वन क्षेत्र अतिक्रमण
बैतडीका स्थानीय तहले पर्यावरणीय अध्ययन नगरेर जथाभाबी सडक निर्माण गर्दा ५७७ हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ । सडकले ४६६ हेक्टर वन सखाप पारेको छ भने सडक किनारमा घरटहरा ११० हेक्टर गरी ५७७ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । अतिक्रमण भएका ठाउँमध्ये मेलौली नगरपालिकामा २७ वटा घरटहरा हटाएर ३० हेक्टर वन क्षेत्र खाली गरिएको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले बताउनुभयो । पुरचौडी नगरपालिकाको गिरिजाबगर र सिगास गाउँपालिका–१, जुकेपानी र गर्जेमा वन क्षेत्र अतिक्रमण हटाउने प्रयास भइरहेको छ ।
जवानीमा ढिकीजाँतो कुटेकाले सय वर्ष बाँचे
“डाई कहाँ गैलो ? (आमा कता जानू भो)”, जाईकी जानकी डङ्गौरा थारूको मुखबाट दिउँसो तथा राति पनि निस्किने आवाज हो यो । भनिन्छ, मान्छे आफ्नो जीवनमा दुई पटक बच्चा बन्छ । पहिले बाल्यकालमा, त्यसपछि बुढेस्कालमा ।
सिटिइभिटी अन्तर्गत एचएको पढाइ रोकियो
कैलाली जोशीपुरकी पूजा महत्तोको प्रवीणता प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) पढ्ने चाहना यसपालि पूरा नहुने भएको छ । सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुरमा एचए पढ्न प्रवेश परीक्षाका लागि फाराम भरेका पूजालगायत विद्यार्थीले पढ्न नपाउने भएका हुन् । सो इन्स्टिच्युटले यस वर्ष भर्ना लिन नपाउने भएपछि विद्यार्थीहरूको एचए पढ्ने सपना पूरा नभएको हो । घर नजिकै पढ्न पाइने भएपछि जानकी गाउँपालिका दुगौलीका सुनील साउद पनि एचए पढ्ने तयारीमा हुनुहुन्थ्यो ।
अस्पतालबाट भाग्दाभाग्दै जन्मियो बच्चा
प्रजनन तथा प्रसूति स्वास्थ्य शिक्षा र उचित परामर्श नहुँदा एक महिलाले बाटैमा बच्चा जन्माउनुभएको छ। बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका–१, काँडा जमालगाउँकी ३२ वर्षीया उज्जली सुनारले बच्चा जन्माएको परिस्थिति र परिवेश कहालीलाग्दो छ। घर फर्किने क्रममा बाजुराको बुढीगङ्गा नगरपालिका–१० को सडकमा बच्चाको टाउको बाहिर निस्केर महिला छटपटिएको देखेपछि आफूले आवश्यक कुनै सामग्रीबिना नै जन्मन नसकेर अड्केको बच्चालाई सडकमै निकालेको अनमी सिर्जना सार्कीले बताउनुभयो।
उज्जली सुनारले बाटोमै जन्माउनुभयो बच्चा
जिल्लाको खप्तड छेडेदह गाउँपालिका–१ काँडाकी एक महिलाले अस्पतालबाट घर फर्किने क्रममा बाटोमै बच्चा जन्माउनु भएको छ ।
सुर्मादेवी विरिजात : धार्मिक सहिष्णुता र सामाजिक एकताको प्रतीक
यो श्लोक स्व. लालबहादुर बोहराको ‘सुर्मा सेरोफेरो’ नामक पुस्तकमा उल्लेख गरिएका मष्टा देवता र सोह्र बहिनीको उत्पत्तिमा आधारित बझाङी भाषाका फागको हो ।
पत्थरी अपरेसनमा मिर्गौला फाल्दा बिरामीको मृत्यु
कैलालीको धनगढीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिमा पत्थरीको अपरेशन (सल्यक्रिया) गरिएका बिरामीको मृत्यु भएको छ ।
मेडिकल कक्षा सञ्चालनको तयारी
डडेलधुरा मेडिकल कलेजमा आगामी माघदेखि कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ। कलेज सञ्चालनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, शिक्षा मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबिच त्रिपक्षीय सम्झौता भएको छ। चिकित्सा शिक्षा आयोगको टोलीले डडेलधुरा मेडिकल कलेजमा अध्यापन अनुमति प्रदान गर्नका लागि अनुगमनसमेत गरेको छ। पाँच वटा विषय अध्यापनको माग गरिएको सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान सङ्कायका डिन हेमनाथ जोशीले बताउनुभयो।
भूस्वर्ग ‘बडीमालिका’ तीर्थयात्रा सुरु
बाजुरा जिल्लामा रहेको महत्त्वपूर्ण धार्मिक स्थल बडीमालिकामा तीर्थ यात्रा सुरु भएको छ। अग्लो टाकुरामा रहेको शक्तिपीठ बडीमालिका दर्शनका लागि बाजुरा, डोटी, अछाम, कालीकोट, जुम्लासहित विभिन्न जिल्लाबाट तीर्थयात्री बडीमालिका जान थालेका छन्। भदौ शुक्ल पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीका दिन बडीमालिकासहित यहाँका अन्य शक्तिपीठहरूमा एकसाथ धार्मिक मेला तथा पूजा लाग्ने गर्दछ। बाजुराको बडीमालिका, बुढीनन्दा, बडालेख, दुनलेख र सुनन्दालगायत शक्तिपीठहरूमा एकैदिन पूजा लाग्ने गरेको बाजुरा जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाले बताउनुभयो।