• ३ असार २०८१, सोमबार

प्रधानमन्त्री प्रचण्ड बुधबार धनगढी आउनुहुने

blog

सन्देश सभाबारे जानकारी गराइँदै । तस्बिर : पुस्कर पौडेल

अविनाश चौधरी

धनगढी, भदौ १२ गते । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित समाजवादी मोर्चाका नेताहरू भोलि धनगढी आउँदै हुनुहुन्छ । 

समाजवादी मोर्चाले यहाँ आयोजना गर्न लागेको सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्न उहाँहरू धनगढी आउन लाग्नुभएको हो । प्रधानमन्त्री दाहालसहित सभालाई नेकपा (एकीकृत समाजवादीका) का अध्यक्ष माधवकुमार नेपाल, जसपाका गोविन्द चौधरी र नेकपाका नेत्रविक्रम चन्द (विप्लव) ले सम्बोधन गर्नुहुने जानकारी दिइएको छ । 

सन्देश सभामा एक हजार जनाको सहभागिता रहने नेकपा (एकीकृत समाजवादी) का सुदूरपश्चिम इन्चार्ज गरिमा शाहले बताउनुभयो । सन्देश सभा सौँराइ पार्टी प्यालेसमा आयोजना हुने जनाइएको छ ।