छेडेदह तालमा रमाउँदै आन्तरिक पर्यटक
बाजुराको छेडेदह गाउँपालिकाको छेडेदह तालमा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । जिल्लाका विभिन्न ठाउँका स्थानीयहरू यो समय छेडेदह तालमा रमाउन आउन थालेपछि पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको हो ।
डुबान रोक्न पानीको निकास जरुरी
कैलालीको भजनीसहित पूर्वी क्षेत्रमा बर्खाको समयमा डुबान हुनु कुनै नौलो समस्या होइन। वर्षौंदेखि बर्सेनि यहाँका स्थानीयवासीले डुबानको समस्या भोग्दै आएका छन्। पहिले सो समस्या प्रचारप्रसारमा आउँदैनथ्यो, अहिले सञ्चार माध्यममा छाउने गरेको छ। “यो समस्या नयाँ होइन, पुरानै हो,” भजनी नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ३ का अध्यक्ष विक्रम चौधरीले भन्नुभयो, “यो समस्या वर्षौं पुरानो हो, तर समाधान गर्नेतर्फको कसैको ध्यान जान सकेको छैन।” डुबान समस्याको समाधानका लागि दिगो उपाय अवलम्बन गर्न सकिएको छैन। बस्तीभन्दा अग्लो गरी हुलाकी राजमार्ग बनाइएपछि डुबानको समस्या झन् बढेको भनाइ उहाँको छ।
मुस्तोलामा खानेपानीकै समस्या
बाजुराको बुढीगङ्गा नगरपालिका–२, मुस्तोलाका बासिन्दाले वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका छन्। समुद्री सतहदेखि एक हजार दुई मिटर उचाइमा रहेको यस गाउँमा पानीको मुहान नै नभएको बताइएको छ। अन्य ठाउँबाट पानी ल्याउन पनि करोडौँ रुपियाँ लगानी गर्नुपर्ने अवस्था रहेको मुस्तोलावासी बताउँछन्। विसं २०७९ पुसमा प्रदेश सरकारको आर्थिक सहयोगमा सोलारबाट पानी तानेर खुवाउने योजना लागु भए पनि पर्याप्त पानी नआउँदा समस्या भएको भनाइ स्थानीयको छ।
चौपायाको कब्जामा धनगढीको सडक (फोटो फिचर)
यातायात आवतजावतमा सहजता छैन धनगढी आसपासका मुख्य सडकमा । छाडा चौपायाले छ लेनको सडक नै कब्जा गर्ने गर पछि सयौँ सवारीसाधनले सस्ती खेप्न परेको छ ।
प्रदेश सरकारद्वारा विपत् प्रतिकार्य योजना निर्माण
सुदूरपश्चिम प्रदेश सरकारले विपत् प्रतिकार्य योजना निर्माण गरेको छ । विपत्को विश्लेषण, पूर्वतयारी, विपत्को समयमा गरिने खोज तथा उद्धार एवं विपत्पश्चात् प्रभावितको व्यवस्थापन कार्य प्रभावकारी बनाउन विपत् प्रतिकार्य योजना निर्माण गरिएको हो । यसमा विपत्पश्चात् मानवीय सहयोग एवं पुनर्निर्माण र पुनस्र्थापना क्षेत्रमा गर्न सकिने विषयसमेत समावेश गरिएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २०७७ सालदेखि विपत् प्रतिकार्य योजना बनाई कार्यान्वयन गर्दै आएको छ ।
सुदूरपश्चिम पृतनापति प्रतियोगिता : बक्सिङमा देवीदल गण पहिलो
नेपाली सेनाको सुदूरपश्चिम पृतना स्तरीय प्रतियोगितामा बक्सिङतर्फ देवी दल गण तेघरी ब्यारेक पहिलो भएको छ । देवी दल गणले सात स्वर्ण, छ रजत र दुई कास्य पदक प्राप्त गर्यो ।
सुदूरपश्चिमका केही स्थानमा गौरा विसर्जन
सुदूरपश्चिमका केही स्थानमा आज गौराको विसर्जन गरिँदै छ । भदौ ४ गते विरुडा पञ्चमीदेखि सुरु भएको गौरा पर्व आज शुक्रबार बिधिवत रुपमा बिर्सजन गर्न लागिएको हो ।
कर्मचारीसँग पैसा उठाउने वन निर्देशकलाई संसदीय समितिले बोलायो
सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निमत्त वन निर्देशक कृष्णदत्त भट्टले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीलाई गाली गरेको र मातहतका कार्यालयबाट पैसा उठाएको विषयमा छानबिन गर्न प्रदेश सभाको उपसमितिले बयान लिने भएको छ।
वर्षाले पनि रोकिएन गौरा खेल (फोटो फिचर )
सुदूरपश्चिम प्रदेशको प्रसिद्ध गौरा पर्व वर्षा भइरहँदा पनि चम्किएको छ। धनगढी उपमहानगरपालिका परिसरमा महिलाका दुईवटा र पुरुषको एउटा देउडा खेल चलिरहेका छन्। घरी ठुलो घरी सानो पानी परिरहँदा पनि देउडा खेल्ने र हेर्न दर्शकको कमी भएको छैन।
कैलालीमा सारसको सङ्ख्यामा बढोत्तरी
कैलालीमा विश्वमै दुर्लभ चरा सारसको सङ्ख्यामा बढोत्तरी भएको छ । गतवर्ष तीनवटा सारस देखा परेकोमा यस वर्षको मनसुनमा पाँचवटा सारस देखा परेका छन् ।
बैतडीको पञ्चदेवलमा प्राचीन गौरा प्रदर्शन
बैतडीको पञ्चदेवलमा शरीरभरि रुखका पात लगाएर लाखे नृत्यसहित प्राचीन गौरा पर्व मनाइएको छ । बैतडी सदरमुकाम नजिकै रहेको पञ्चदेवल मन्दिरमा गौरामा मात्रै लख्या (लाखे) नाच नाचिन्छ । पुरातात्त्विक विभागले देवलको संरक्षण गर्दैआएकोछ । पञ्चदेवल हुलाक टिकमा समेत अङ्कित छ ।
गौरामा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाको नृत्य
गौरा पर्वको अवसरमा आयोजित टुँडिखेलको कार्यक्रममा नेकपा (एमाले) नेता भीम रावलले देउडा गीत गाउँदा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताले नृत्य गर्नुभएको छ।
पत्रकार तथा सञ्चार माध्यम पुरस्कृत
राष्ट्रिय विभूति तथा मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहको १४५ औँ जन्म जयन्तीको अवसरमा नेपाल पत्रकार महासङ्घ बझाङ शाखाले आयोजना गरेको कार्यक्रममा तीन जना पत्रकार र दुई सञ्चार माध्यम सम्मानित भएका छन् ।
बालक टेकबहादुरको सालिक अनावरण
भूमि सुधार, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले २०७२ साल भदौ ७ गते टीकापुरमा भएको घटनामा ज्यान गुमाएका बालक टेकबहादुर साउदको सालिक अनावरण गर्नुभएको छ ।
जन्मदिवसमा जयपृथ्वीबहादुर सिंहको चर्चा
गोरखापत्र सञ्चालनमा योगदान गरेको मानवतावादी राजा स्व. जयपृथ्वीबहादुर सिंहको १४७औँ जन्मजयन्ती बिहीबार धनगढीमा एक कार्यक्रमबीच मनाइएको छ ।
देउवा निवास धनगढीमा गौरा : रमे देउडा नृत्यमा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा निवास धनगढीमा देउडा, फाग र राना थारु महिलाहरूले नृत्य गरेर गौरापर्वको मनाएका छन् ।
मङ्गलसेनमा १५ घर पहिरोको जाेखिममा
घर माथिबाट पहिरो खस्न थालेपछि मङ्गलसेन नगरपालिका–८ सुतुडमा १५ घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन् ।
विपत्बाट विस्थापितको उचित व्यवस्थापन गर्न माग
सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले प्राकृतिक विपत्का कारण विस्थापित भएकाको उचित व्यवस्थापनको माग गर्नुभएको छ। प्रदेश सभा बैठकको शून्य समय बोल्ने अधिकांश सदस्यले बाढी, पहिरो र डुबानबाट विस्थापितको पुनस्र्थापना तथा राहत उपलब्ध गराउन प्रदेश सरकारसँग माग गर्नुभएको हो।
सुदूरपश्चिममा गौरा पर्वको दुई दिन बिदा
सुदूरपश्चिम प्रदेशमा भोलि र पर्सी (भदौ ७ र ८ गते) सार्वजनिक बिदा दिइएको छ । यो प्रदेशमा उल्लासपूर्वक मनाइने गौरा पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिइएको हो ।
डेङ्गु रोकथाम अभियानलाई प्रभावकारी बनाउन सुझाव
कैलालीमा डेङ्गुका बिरामी बढ्दै गएकाले रोकथामको अभियानलाई अझ प्रभावकारी बनाउन जरुरी रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
केरामा फेला पर्यो ‘पानामा टीआरफोर’ रोग
केरा ओइलाउने (पानामा) रोगको नयाँ प्रजाति ट्रोपिकल रेस ४ (टीआरफोर) पहिलो पटक नेपालमा फेला परेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायले गरेको अनुसन्धानले टीकापुरका केरा बगैँचामा पानामा टीआरफोर रोग लागेको फेला परेको हो ।
डिभिजन वन कार्यालयको कामकाज ठप्प
डिभिजन वन कार्यालय डडेलधुरामा एक साता यता कामकाज ठप्प भएको छ । योजना शाखामा ताला लगाई कर्मचारी घरबिदामा बस्दा कार्यालयको कामकाज ठप्प भएको हो ।
सुदूरपश्चिममा ‘ठूली गौरा’ पर्व मनाइँदै
सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा अन्तर्गत आज ‘ठूली गौरा’ मनाइँदैछ । व्रतालु महिलाले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अथवा ‘ठूली गौरा’ भनिने आजको दिनलाई व्रतालु महिलाले विशेष दिनको रुपमा लिने गरेका छन् ।
आहा डल्फिन उफ्रँदै गरेको हेर्न क्या मज्जा
कैलालीको लम्कीचुहाका हरि सुनार डल्फिन हेर्न कैलालीको टीकापुरस्थित वडा नं ७ बैदी ढुङ्गानाटोलमा पुग्नुभयो । साथीसहित बैदीस्थित मोहना, पथरैया र काँडा नदीको सङ्गममा पुग्नुभएका उहाँले डल्फिन उफ्रेको हेरेर आनन्द लिनुभयो ।