विपत् प्रभावितको समस्या समाधान गर्न माग
सुदूरपश्चिम प्रदेश सभाका सदस्यले प्राकृतिक विपत् प्रभावितको समस्या समाधान गर्न माग गर्नुभएको छ। वर्षा याममा बाढी, पहिरोका कारण प्रदेशवासीको जनजीवन प्रभावित भएको भन्दै उहाँहरुले विपत् प्रभावितको समस्या समाधान गर्न प्रदेश सरकारसँग माग गर्नुभएको हो।
हर्षोल्लासका साथ मनाइयो थारु गुरही पर्व
थारु समुदायमा हर्षोल्लासका साथ गुरही पर्व मनाइएको छ । विभिन्न ठाउँमा नाचगानसहित गुरही पर्व मनाइएको थारु अगुवाहरूको भनाइ छ ।
बादी बस्तीका कुष्ठरोगीलाई उपचारमा समस्या
एकैनासका घरहरुले बनेको घना बस्ती । सोही बस्तीको सडक किनारमा चिटिक्क परेको सानो टिनले छाएको दुई कोठाको घर छ । घरभित्र केही थान पकाउने भाँडाकुडा यत्रतत्र छरिएका छन् । पुराना लत्ताकपडा, पुरानो खाट छ । छेउमा सानो बालक टोलाइरहेको अवस्थामा त्यही खाटमा पल्टिरहेका एक जोडी बिरामी छन् ।
गौरा पर्व सुरु
सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गौरा पर्व सोमबारबाट पाँच प्रकारको अन्न तथा गेडागुडी धोएर विधिवत् रूपमा सुरु भएको छ। गौरा पर्व भाद्र शुक्ल पञ्चमीका दिन मनाइन्छ। जुन दिनलाई ‘बिरुडा पञ्चमी’ पनि भनिन्छ। व्रतालु महिलाले ‘बिरुडा’ भिजाएर गौराको सुरुवात गरेका हुन्। तामा–पित्तलको भाँडोलाई गाईको गोबरले लिपेर गोबर, दुबो, अक्षताले सिँगारी त्यसभित्र पञ्च अन्न (गहुँ, मास, गहत, गोरस र कलउँ) बिरुडा बनाउने प्रचलन छ। बिरुडालाई ‘गौरीको प्रसाद’ का रूपमा लिइन्छ।
मासिँदै परम्परागत ‘न्वालो’
दशरथचन्द नगरपालिका–२, देहिमाडौँमा रहेको न्वालो ( परम्पपरागत कुवा) को पानी कुनै बेला हजारौँ घरपरिवारको तिर्खा मेट्ने मूल थियो। यही कुवाको पानी प्रसिद्ध निङ्लासैनी मन्दिरमा चढाउने परम्परा रहेको स्थानीय बुढापाका बताउँछन्। गाउँ–गाउँ तथा स्थानीय बजारमा धाराको पानी पुगेपछि अहिले कुवाहरू फोहोरले भरिएका छन्। कुवा फोहोर भएकाले मन्दिरमा यहाँको पानीसमेत चढाइँदैन। देहिमाडौँ बजारबाट करिब पाँच मिनेटको दूरीमा रहेको देही न्वालोमा बजारबाट निस्कने ढलको पानी मिसिने गरेको छ।
सुदूरपश्चिममा दुई गौरा : भदाै ७ र २१ गते मनाइने
सुदूरपश्चिम प्रदेशका देव–देवालयहरू (मन्दिर) मा विशेष हर्षोल्लासका साथ मनाइने गौरा पर्व भदौ ७ र २१ गते मनाइने भएको छ । भदौ ७ गते गौरा पर्व मनाउनेले पञ्चमीको अवसरमा सोमबार बिरुडा भिजाएका छन् । बिरुडा भिजाएसँगै सुदूरपश्चिममा गौरा पर्वको विधिवत सुरुवात भएको छ ।
चितुवाले आठ बाख्रा मार्यो
गएराति चितुवाले अछामको बान्नीगढी जयगढ गाउँपालिकामा एकै कृषकका आठ बाख्रा मारेको छ । बान्नीगढी जयगढ गाउँपालिका–१ गाज्राका तिलक खड्काले पालेका आठ बाख्रा चितुवाले मारेको स्थानीय लक्ष्मी खड्काले जानकारी दिनुभयो ।
सात वर्ष पछि बन्यो तमैलको पक्की पुल, स्थानीय खुसी
जिल्लाको जयपृथ्वी नगरपालिका र खप्तड छान्ना गाउँपालिका जोड्ने स्थानीय तमैल बजारमा सेती नदीमा करोडौँको लागतमा निर्माण भएको पक्की पुल सम्झौता भएको सात वर्ष पछि निर्माण भएको छ । पक्की पुल निर्माण भएसँगै स्थानीयवासीहरुमा खुसी छाएको छ ।
गरिबको आश्रय बन्यो स्वास्थ्य बिमा
बाजुराको बडीमालिका नगरपालिका–६, कोर्धका धनी थापा उमेरले ६५ वर्ष पुग्नुभयो। उमेर ओराली लागेसँगै उहाँलाई नियमित स्वास्थ्य जाँच गराइराख्नुपर्छ। पिसाब पोल्ने रोगले ग्रसित थापालाई महिनाको दुई पटक उपचारका लागि अस्पताल पुग्नै पर्ने बाध्यता छ। नियमित चेकजाँच र औषधी किन्न मात्रै एक पटक कम्तीमा दुई हजार खर्च हुने गरेको छ। त्यो खर्च स्वास्थ्य बिमा र विपन्न परिवारको सुविधाबाटै व्यवस्थापन गर्ने गरेको उहाँले बताउनुभएको छ। बिमा कार्यक्रम लागु हुनुभन्दा अगाडि एक पटक उपचार गर्नका लागि १० हजार रुपियाँभन्दा बढी खर्च गर्न परेको उहाँले सुनाउनुभयो। तर, अहिले सो कार्यक्रम लागु भइसकेपछि निःशुल्क उपचार हुने गरेको थापाले बताउनुभयो।
दार्चुलाका प्रधानाध्यापक छ दिनदेखि बेपत्ता
दार्चुलाको एक विद्यालयका प्रधानाध्यापक छ दिनदेखि बेपत्ता भएका छन् । लेकम गाउँपालिका–२ स्थित श्री सरस्वती आधारभुत विद्यालय बिटोराका प्रधानाध्यापक अनिरुद्ध भट्ट छ दिनदेखि बेपत्ता भएको आफन्त अम्बादत्त भट्टले जानकारी दिनुभयो ।
तीन सय नब्बेले पाए मुआब्जा
जिल्ला सदरमुकाम क्षेत्रको सडक विस्तार गर्न बागबजार–उग्रतारा मन्दिरसम्म सडक क्षेत्राधिकारभित्र पर्ने भौतिक संरचना तथा मुआब्जा वितरण गरिएको छ। बागबजार–तुफानडाँडा–कीर्तिपुर–डकलेसम्म सडक विस्तारका लागि मुआब्जा वितरण गरिएको हो। यसअघि मुआब्जा नदिएरै सडक विस्तारको योजना अगाडि बढाइएको थियो। सर्वोच्च अदालतले रोकेपछि अहिले सडक क्षेत्रमै पर्ने जग्गा र घरको मुआब्जा बाँडेर सडक विस्तार गर्न थालिएको छ।
फोहोरबाट मोहर बनाइँदै
धनगढी उपमहानगरपालिकाले फोहोरबाट मोहर बनाउने कार्यको थालनी गरेको छ। उपमहानगरपालिकाले नकुहिने फोहोरबाट आयआर्जन तथा कुहिने फोहोरबाट मल बनाउने गर्ने कार्यको थालनी गरेको हो। सो कार्यका लागि सूक्ष्म वर्गीकरण केन्द्र सञ्चालनमा ल्याइएको छ। उक्त केन्द्रको उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले उद्घाटन गर्नुभयो। स्वच्छ धनगढी बनाउने अभियान अन्तर्गत घरबाट निस्किने फोहोर कुहिने र नकुहिने छुट्याई बिक्री गर्नका लागि केन्द्र सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो।
थारु समुदायले गुरही पर्व मनाउँदै
पश्चिमवासी थारु समुदायमा आज गुरही पर्व मनाइँदै छ । विभिन्न ठाउँमा नाचगानसहित गुरही पर्व मनाउन लागिएको हो ।
बालबालिकालाई समावेशी र गुणस्तरीय शिक्षा दिन माग
सात बुँदे धनगढी घोषणापत्र जारी गर्दै सुदूरपश्चिम प्रदेश स्तरीय समावेशी र गुणस्तरीय शिक्षा सम्मेलन आइतबार धनगढीमा सम्पन्न भएको छ । रुडुकको आयोजनामा समावेशी र गुणस्तरीय शिक्षा तथा बालबालिकाको क्षेत्रमा बजेटको अवस्थाबारे प्रदेशस्तरीय सम्मेलन भएको हो ।
तराईको भविष्यका लागि चुरे संरक्षण गर्न सुझाव
तराईको लाइफलाइनको रूपमा रहेको अति संवेदनशील चुरे क्षेत्रलाई जोगाउन नीतिगत रूपमा अगाडि बढ्नु पर्नेमा एक कार्यक्रमका सहभागीले माग गर्नुभएको छ ।
गुरही पर्वमा स्थानीय बिदा दिन माग
थारु समुदायले मनाउने गुरही पर्वको अवसरमा स्थानीय बिदा माग गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्र बुझाएको छ ।
ओल्कोसँगै खेलिन छाड्यो धुमारी
सुदूरपश्चिमका पहाडी जिल्लामा मुख्य चाडबाडका रूपमा मनाइँदै आएको ओल्को सङ्क्रान्ति पछिल्ला वर्षमा घरभित्र मात्रै सीमित हुन पुगेको छ। समाज परम्परागत संस्कार, संस्कृति छोडेर आधुनिकतातर्फ मोडिन थालेपछि ओल्को सङ्क्रान्ति घरभित्रै सीमित हुन पुगेको हो। डडेलधुरामा केही वर्ष यता ओल्को दिने चलन हराउँदै गएको छ। ग्रामीण गाउँबस्तीमा ओल्को दिने चलन रहिरहे पनि बजार क्षेत्रमा ओल्को दिने चलन हराएको छ। पहिले ब्राह्मण, ठकुरी, क्षेत्रीलाई खास गरेर दलित समुदायले आफूसँग भएको कलाको प्रयोग गरेर आवश्यक ससाना सामग्री ओल्को (उपहार) का रूपमा दिने गर्दथे। ओल्कोबापत ब्राह्मण, ठकुरी, क्षेत्री समुदायले अन्नपात, लत्ताकपडा, रुपियाँ, पैसा लिने गर्दथे तर पछिल्ला वर्षमा ओल्को दिने चलन नै हराएको ७६ वर्षीय सरुदेवी भण्डारीले बताउनुभयो।
लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्नुपर्छ
नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवाले लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्नुपर्ने बताउनुभएको छ। पछिल्लो समयमा संविधानभित्र रहेका व्यवस्थासमेत खतरामा पर्ने गरेको गुनासो गर्दै त्यसको रक्षा नेपाली कांग्रेसले मात्र गर्न सक्ने बताउनुभयो। नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्यसमिति कैलालीले आयोजना गरेको रक्तदान तथा वनभोज कार्यक्रममा नेतृ देउवा पछिल्लो समयमा लोकतान्त्रिक मूल्य मान्यताको संस्थागत गर्न गठबन्धनको सरकार क्रियाशील रहेको बताउनुभयो।
नेपालको क्रिकेटमा सुदूरपश्चिमको योगदान महत्त्वपूर्ण : मन्त्री देउवा
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले नेपालको क्रिकेटमा सुदूरपश्चिमको ठुलो योगदान रहेको बताउनुभएको छ ।
सङ्घीय मन्त्री ज्वाला र मुख्यमन्त्री शाहबीच भेटवार्ता
सङ्घीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहबीच भेटवार्ता भएको छ ।
दुई सातादेखि अवरुद्ध हवाई उडान सञ्चालनमा
कोल्टी विमानस्थलमा शुक्रबारदेखि नियमित हवाई उडान हुन थालेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि उडान नगर्न हिमाली तथा पहाडी जिल्लामा निर्देशनपछि बन्द भएको उडान सेवा फेरि सञ्चालन भएको नागरिक उड्डयन कोल्टी शाखाका प्रमुख वीरबहादुर बुढाले राससलाई जानकारी दिनुभएको छ ।
अवरुद्ध विद्युत पुन सञ्चालनमा
जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने जगनाथ गाउँपालिकाको अवरुद्ध भएको भुवा खोला लघु जलविद्युत यतिबेला पुन सञ्चालनमा आएको छ ।
तिजमा रमाउँदै राना थारु समुदाय
सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरमा आज तिज पर्व मनाइँदै छ । दुवै जिल्लामा बसोबास गर्ने राना थारु समुदायले तिज पर्व मनाउन लागेको हो ।
रानाथारु समुदायमा सुरु भयो तीजको चहलपहल
सुदूरपश्चिम प्रदेशको तराईवासी रानाथारु समुदायमा तीज पर्वको चहलपहल सुरु भएको छ । कैलाली र कञ्चनपुरमा बसोबास रहेको यो समुदाय भदौ २ गते तीज पर्व मनाउँदैछन् ।