• १३ मंसिर २०८१, बिहिबार

जन्मदिवसमा जयपृथ्वीबहादुर सिंहको चर्चा

blog

जयपृथ्वीबहादुर सिंहको १४७ औँ जन्मजयन्तीका अवसरमा बिहीबार धनगढीमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीलगायत । तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

धनगढी, भदौ ७ गते । गोरखापत्र सञ्चालनमा योगदान गरेको मानवतावादी राजा स्व. जयपृथ्वीबहादुर सिंहको १४७औँ जन्मजयन्ती बिहीबार धनगढीमा एक कार्यक्रमबीच मनाइएको छ ।

सो अवसरमा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले स्व. सिंहले कलियुगमा उहाँजस्ता राजा, शासकहरू मुस्किलले पाइने बताउनुभयो । स्व. सिंहले बझाङको केन्द्र तोक्ने काम पनि वैज्ञानिक तरिकाले गरेको चर्चा गर्दै उहाँले समाज सुधारका धेरै काम गरेको प्रदेश प्रमुख जोशीले बताउनुभयो । 

म उहाँको सोच, कीर्ति, क्षमता, व्यक्तित्वबारे चर्चा गर्ने सामर्थ्य नै राख्न सक्दैन उहाँले भन्नुभयो । प्रदेश प्रमुख जोशीले भन्नुभयो, ‘स्व. सिंहले राजपाठ छाडेर भारत गएर बस्नु, जनताको आँखा खोल्न गोरखापत्र स्थापनामा योगदान गर्नु, मानवतावादको लागि सङ्घर्ष गर्नु र राणाको भान्जा तथा ज्वाइँ भएर पनि सोही शासनविरुद्ध लाग्नु महान् सोच हो ।’

सुदूरपश्चिम साहित्य समाज र सुर्मादेवी समाजको संयुक्त आयोजनामा भएको कार्यक्रममा धनगढीका साहित्यकार र समाजसेवीले मन्तव्य र साहित्यिक सिर्जनाबाट स्व. सिंहका योगदान बारे चर्चा गर्नुभयो । कार्यक्रम सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा भएको थियो ।