• १३ मंसिर २०८१, बिहिबार

ढुङ्गा लागेर महिला गम्भीर घाइते

blog

ढुङ्गा लागेर गम्भीर घाइते पुतली धामी । तस्बिरः श्याम धामी

लोकेन्द्र जोशी

दार्चुला, भदौ १२ गते । दार्चुलाको नौगाड गाउँपालिकामा एक महिला ढुङ्गा लागेर गम्भीर घाइते हुनुभएको छ । आज मङ्गलबार बिहान पौने ९ बजेको समयमा घाँस काटेर घर फर्किने बेला नौगाड गाउँपालिका –५ भीडकी ३५ वर्षीया पुतली धामीलाई ढुङ्गा लागेको हो । 

गम्भीर घाइते हुनुभएकी धामीलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको स्थानीय श्याम धामीले जानकारी दिनुभयो । उहाँका श्रीमान मलेसियामा रहेको बताइएको छ ।