• ६ जेठ २०८१, आइतबार

अनुमति नलिई सञ्चालनमा रहेका अस्पताल बन्द

blog

बन्द गरिएका निजी अस्पताल ।

अविनाश चौधरी

धनगढी, भदौ २७ गते । कैलालीमा धनगढीमा अनुमति नलिई सञ्चालनमा रहेको दुई वटा निजी अस्पताल बन्द गरिएको छ । धनगढी उपमहानगरपालिका –३ मा रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालि र धनगढी उपमहानगरपालिका –५ मा रहेको सञ्जीवनी अस्पताल बन्द गरिएको हो । 

जिल्ला प्रशासन कार्यालयको परिपत्रअनुसार अनुमति नलिएसम्मका लागि दुवै अस्पताल आजदेखि बन्द गराइएको जिल्ला प्रहरी कार्यालयका सहायक हवल्दार गणेश नाथले जानकारी दिनुभयो । 

जिल्ला प्रशासन कार्यालयसहित सरोकारवाला निकायको संयुक्त अनुगमन टोलीले हिजो अस्पतालको अनुगमन गरेको थियो । अनुगमनको क्रममा दुवै अस्पताल अनुमति नलिई सञ्चालनमा रहेको पाइएपछि बन्द गर्नका लागि प्रशासनले परिपत्र गरेको थियो । 

अनुमतिबिनै सञ्चालनमा रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल प्रालिमा केही दिन अघि पत्थरीको शल्यक्रिया गर्दा अत्यधिक रक्तस्राव भएर एक व्यक्तिको मृत्यु भएको थियो । अस्पतालले मृतकका परिवारलाई २२ लाख रुपियाँ क्षतिपूर्ति दिएको थियो ।