• १३ साउन २०८१, आइतबार

भीमदत्त राजमार्गमा दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

blog

अटो रिक्सा दुर्घटनामा मृत्यु भएका बलायर र महरा । तस्बिर: गोरखापत्र

पुकारसिंह भण्डारी 

डडेलधुरा, भदौ २८ गते । सुदूरपश्चिमका पहाडी सात जिल्ला जोड्ने भीमदत्त राजमार्गमा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

भीमदत्त राजमार्ग अन्तरगत डडेलधुराको आलिताल गाउँपालिका–१ मेलखर्कमा बुधवार राती अटो दुर्घटना हुँदा डोटीको शिखर नगरपालिका पदम बलायर र केशव महराको मृत्यु भएको छ । 

घाइते वीर बहादुर कुँवरको उपचारका लागि डडेलधुरा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक कुसुम बहादुर नायकले जानकारी दिनुभयो । 

उहाँका अनुसार कैलालीको अत्तरिया बाट डोटी तर्फ गाई रहेको अटो रिक्सा बुधवार राती करिब ९ बजे तिर दुर्घटना भएको हो । अटोमा तीन जना मात्रै सवार रहेका थिए । दुर्घटनाको कारण भने खुलेको छैन ।