• १२ असार २०८१, बुधबार

डीसीएद्वारा तीन राष्ट्रिय क्रिकेटर सम्मानित

blog

धनगढी, असोज ४ गते । महिला टी–२० विश्वकपको एसिया छनोटमा नेपाललाई सेमिफाइनलसम्म लग्न महत्वपूर्ण योगदान दिएका तीन महिला क्रिकेटरलाई गृहनगर धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले सम्मान गरेको छ ।

नेपाली टोलीमा रहेका धनगढीका कविता कुँवर, श्वरी विष्ट र रुवि पौदारलाई डीसीएले बिहीबार सम्मान गरेको हो । सम्मान कार्यक्रमका प्रमुख अतिथि तथा ग्रेस इन्टरनेसनलका निर्देशक अन्ड्रु पौडेलले तीनैजनालाई सम्मान गर्नुभयो । 

सम्मान ग्रहण गरेपछि कविताले ग्रासरुट क्रिकेटको विकासमा डीसिएको महत्वपूर्ण योगदान रहेको र लामो समयदेखि यहाँको क्रिकेट विकासमा भूमिका खेलेको संस्थाबाट सम्मानित हुन पाउँदा खुशी लागेको बताउनुभयो । सम्मान गर्दै अन्ड्रुले राष्ट्रिय खेलाडीहरु देशको गहना भएको र सम्मानको अवसर दिएकोमा डीसिएलाई धन्यवाद दिनुभयो । 

गत साता भएको प्रतियोगितामा थाइल्यान्डसँग सेमिफाइनलमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो । डीसीएले अन्तर्राष्ट्रिय खेलाडीहरुलाईं शतप्रतिशत निशुल्क प्रशिक्षणको व्यवस्था मिलाउँदै आएको छ  । साथै सबै महिला खेलाडीहरु निशुल्क प्रशिक्षणको व्यवस्था छ ।डीसीएमा आधा दर्जन बढी अन्तर्राष्ट्रिय खेलाडीहरु प्रशिक्षणरत छन् । 

लगत्यै डीसिएले महिला खेलाडीको विकासका लागि प्रिसेस कप क्रिकेटको पनि आयोजना गर्दछ । सम्मान कार्यक्रममा डीसिएका प्रशिक्षक राजु रिजाल, प्रबन्धक समुयल न्यौपानेलगायतको उपस्थिति थियो  ।