• ३० वैशाख २०८१, आइतबार

सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्दै

blog

अविनाश चौधरी
धनगढी, असोज १६ गते । 
सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्दैछ । एक महिनाभन्दा बढी समयपछि मङ्गलबार प्रदेश सभाको बैठक बस्न लागेको हो ।

प्रदेश सभाको बैठक दिउँसो १ बजे बोलाइएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा संविधान सभा अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्य सूची रहेको छ । यसअघि भदौ ४ गते प्रदेश सभाको बैठक बसेको थियो ।