• ३ असार २०८१, सोमबार

भूकम्पबाट बच्न भन्दै हामफाल्दा विद्यार्थी घाइते

blog

घाइते भएका विद्यार्थी सन्तोष साउँद । तस्बिर : शिवराज ढुंगाना

शिवराज ढुंगाना
अछाम, असोज १६ गते ।
मङ्गलबार दिउँसो गएको भूकम्पबाट बच्न विद्यालयको दुई तलाबाट हामफालेका एक विद्यार्थी घाइते भएका छन् । बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नास्थित विन्देवासिनी माविमा कक्षा १० मा अध्ययनरत सन्तोष साउँद घाइते हुनुभएको हो ।

कक्षा चलिरहेको बेलामा भूकम्पको धक्का महसुस भएपछि आत्तिएर विद्यालयको विज्ञान भवनको दुई तलाबाट हामफाल्ने क्रममा साउँद घाइते भएको विद्यालयका प्रधानाध्यापक निर्प रावतले जानकारी दिनुभयो ।

‘‘आत्तिएर दुई तलाबाट हामफाल्ने क्रममा लट्पटिएर घाइते भएको छ, हामीले अस्पताल लैजाने क्रममा छौं ।,’’ प्रधानाध्यापक रावतले भन्नुभयो ।

सन्तोषको बाहिरी देखिने गरेर टाउको, अनुहारमा चोट लागेको बताइएको छ । केही समय श्वास समेत रोकिएर अहिले श्वास आएको प्रधानाध्पक रावतले जानकारी दिनुभयो ।

भूकम्पको ठूलो धक्का महसुुस गरेपपछि विद्यालय, कार्यालय र घरमा रहेका विद्यार्थी, कर्मचारी र सर्वसाधारण खुला ठाउँमा पुगेका छन् । आजै अछाममा दुई पटक भूकम्पको धक्का स्थानीयले महसुस गरेका छन् ।

बझाङको तल्कोट केन्द्र बिन्दु बनाएर दिउँसो ३ बजेर ५ मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको बताइएको छ । पुनः भूकम्प आएर क्षती हुनसक्ने भन्दै स्थानीय त्रसित भएका छन् ।

यो पनि पढ्नुहोस

बझाङमा ५.३ रेक्टरको भूकम्प

बझाङमा ६.३ रेक्टरको अर्को भूकम्प