बन्दीपुर भम्रण वर्ष हुने
तनहुँको बन्दीपुर गाउँपालिकाले बन्दीपुर बजार घुम्न आउने पर्यटकलाई गाउँसम्म पुर्याउन पहलकदमी थालेको छ ।
कास्की अदालतमा रविको बयान सुरु
जिल्ला अदालत कास्कीमा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सुरु भएको छ । गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहनुभएका लामिछानेको बयान न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार दिउँसोबाट सुरु भएको हो ।
टिप्पर दुर्घटनामा दुई जनाको मृत्यु
जिल्लाको रघुगङ्गा गाउँपालिका ३ पिप्लेमा टिप्पर दुर्घटना हुँदा चालक र सहचालको मृत्यु भएको हो । राहुघाट हाइड्रोपावरमा अडिट ३ बाट अडिट २ तर्फ जाने क्रममा डीपी २ ए ७५६८ नम्बरको भारतीय ट्रिप्पर दुर्घटना भएको हो ।
चार्टड विमानबाट १२९ चिनियाँ खेलाडी पोखरामा
सिचुवान एयरलाइन्सको जहाज चार्टड गरी गरी एक सय २९ जना चिनियाँ खेलाडी पोखरा आइपुगेका छन् । चीनको छेन्दु विमानस्थलबाट बिहीबार बिहान आइपुगेको चिनियाँ टोलीलाई पोखरा महानगरका प्रमुख धनराज आचार्यलगायतले स्वागत गर्नुभएको छ ।
अन्नपूर्णको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन
करोडौं रुपियाँ खर्चिएर निर्माण गरिएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन भएको छ ।
विभिन्न आयोजनालाई थप चार करोड २१ लाख बजेट विनियोजन
म्याग्दीको धवलागिरी गाउँपालिकाले अधुरा आयोजनालाई प्राथमिकता दिएर थप चार करोड २१ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।
स्याउको रुख काँटछाँट गर्दै किसान
मुस्ताङ, पुस ११ गते । स्याउको राजधानीको रुपमा परिचित मुस्ताङमा हिउँदे याम सुरु भएसँगै स्याउको रुख काँटछाँट गर्न व्यस्त किसान। तस्बिरः रासस
दुनाटपरी
दाङ, पुस ११ गते । दाङको घोराही उपमहानगरपालिका ६ फचकपुरमा यही पुस २० गते हुन गइरहेको माघी महोत्सवमा खाजा खानका लागि तयार गरिएका मालुकाको पातका दुनाटपरी । थारु समुदायको महान् पर्व माघी आउनुभन्दा पहिले विभिन्न वडा र पालिकाले महोत्सव गर्ने र आफैँले तयार गरेका सामग्री प्रयोग गर्ने गर्दछन् ।तस्बिरः रासस
ओखर खेती लगाउने विधि सिक्दै
मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फामा मुलुकका १७ जिल्लाका कृषि प्राविधिकहरू ओखर खेती सम्बन्धी प्रशिक्षणमा सहभागी भएका छन् ।
नमुना सदरमुकाम निर्माण स्थलका ६ सय ४२ रुख काट्न बाटो खुल्यो
नवलपुरको कावासोतीमा बन्ने भनिएको नमुना सदरमुकाम निर्माण स्थलमा रहेका रुख काट्न बाटो खुलेको छ । बुधवार बसेको मन्त्री परिषद्को बैठकले सदरमुकाम निर्माण स्थलमा रहेका ६ सय ४२ वटा ठुला रुख काट्न स्वीकृत प्रदान गरेको छ ।
चुम उपत्यकामा हिमपात
उत्तरी गोरखाको चुम उपत्यकामा हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाको चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा मङ्गलबारदेखि बुधबार बिहानसम्म हिमपात भइरहेको चुमनुब्री गाउँपालिका–२, स्यालाका पेम्बा रेता लामाले जानकारी दिनुभयो ।
‘दुर्गम बस्तीमा स्थानीय सरकारको अनुभूति गराएका छौँ’
बागलुङका १० स्थानीय तहमध्ये निसीखोला गाउँपालिका दुर्गम र विकट पालिका हो ।
साइकल लेन बन्यो पार्किङ स्थल
तीन वर्षअघि पोखरामा निर्माण गरिएको साइकल लेनमा अन्य गाडी पार्किङ हुँदा हैरानी हुने गरेको छ ।
व्यापारीले बगानबाटै उठाउँछन् देउपुरका सुन्तला
सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरका कृषकलाई आजभोलि सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ ।
सहकारीको पैसाबाट रविलाई ‘मिडिया’ को सेयर
पूर्वगृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारी, पोखराकै रकमबाट गोरखा मिडिया नेटवर्क (ग्यालेक्सी फोरके टिभी) को १५ प्रतिशत सेयर लिएको देखिएको छ
तनहुँको नौ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु
तनहुँका नौ वटा पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ ।
राप्रपा सभापति गैह्रेको निधन
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सागर गैह्रेको निधन भएको छ । स्याङ्जा क्षेत्र नं. २ (क) का सभापति समेत रहनु भएका नेता गैह्रेको ६२ बर्षको उमेरमा मङ्गलबार राति निधन भएको उहाँका दाजु जगदिशप्रसाद गैह्रेले जानकारी दिनुभयो ।
सबै धर्मको सम्मान गर्ने नेपालीको सद्भावयुक्त परम्परा : प्रदेश प्रमुख भट्ट
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सबै धर्मलाई सम्मान गर्ने नेपालीको सदभावयुक्त परम्परा रहेको बताउनुभएको छ ।
भानु जन्मस्थललाई साहित्यिक र सांस्कृतिक गन्तव्य बनाउन महोत्सव
राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्तको आचार्यको जन्मथलोलाई साहित्यिक र सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्न महोत्सव सुरु भएको छ । भानु नगर उद्योग वाणिज्य सङ्घको आयोजनामा मङ्गलबारबाट प्रथम भानु नगर महोत्सव सुरु भएको हो ।
ओझेलमा धार्मिक पर्यटकीय स्थल
पूर्वी नवलपरासीको त्रिवेणीमा रहेको धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थल बोकेको गजेन्द्रमोक्ष दिव्यधामको उचित प्रचारप्रसार हुन नसक्दा ओझेलमा पर्दै गएको छ ।
वडास्तरबाट सेवा प्रदान
स्याङ्जाको गल्याङ नगरपालिकाले गाउँ गाउँमा पुगेर सेवा प्रदान गर्न थालेको छ ।
ज्यान जोखिममा राखेर पुल तर्नुपर्ने
गोरखाको गण्डकी गाउँपालिका–७ मा धौवादी र धादिङको बेनीघाट रोराङ जोड्ने झोलुङ्गे पुल मर्मत नहुँदा बालबालिका ज्यान जोखिममा राखेर पुल तर्न बाध्य छन् ।
पाल्पाको रामपुरमा धमाधम सडक स्तरोन्नति हुँदै
रामपुरलाई नमूना सहरका रूपमा विकास गर्ने उद्देश्यले नगरपालिका क्षेत्रमा सडक स्तरोन्नतिको काम धमाधम भइरहेको छ ।
ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, दुई गम्भीर घाइते
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ मा मङ्गलबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।