पर्यटन राजधानीमा उत्सवैउत्सव
दिन चिसिँदा छन्, जाडो बढ्दो छ । ठिही बढ्दै जाँदा मानिस घुमफिरभन्दा घरमै बस्न रुचाउँछन् तर पर्यटन राजधानी पोखरामा भने अहिले स्थानीयसहित पर्यटकको चहलपहल छ ।
बिपीको मेलमिलाप नीति वर्तमान अवस्थामा पनि सार्थक
राष्ट्रियता र सार्वभौमिकताको रक्षाका लागि जननायक बिपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापनको नीति लिएको पोखरामा आयोजित प्रवचन कार्यक्रममा विभिन्न दलका नेताले बताएका छन् ।
गैंडाको आक्रमणबाट एकको मृत्यु, पाँच जना घाइते
गैंडाको आक्रमणबाट मंगलबार चितवन रत्ननगरको जयमगलामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
‘चन्द्रबहादुर सेन मसाने’ लोकार्पण
आँधीखोले लोकगीतका अभिनायक ‘चन्द्रबहादुर सेन मसाने’ को लोकार्पण गरिएको छ ।
पूर्व गृहमन्त्री लामिछानेको थुनछेक बहस सुरु
सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री रवि लामिछानेसहितका अभियुक्तविरुद्ध थुनछेक बहस सुरु भएको छ।
बालगृहका बालबालिकालाई परम्परागत सीप
फेदिखोला गाउँपालिका–१ को अमोर सेवा बालगृहमा रहेका बालबालिकालाई ज्येष्ठ नागरिकले आफ्नो सीप सिकाएका छन् ।
चालु आर्थिक वर्षमा धानको उत्पादन पाँच प्रतिशत बढ्यो
अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष म्याग्दीमा मुख्य खाद्यान्नबालीको रूपमा लिइने धानको उत्पादनमा पाँच प्रतिशतले वृद्धि भएको छ । छ वटा स्थानीयतह रहेको म्याग्दीमा रोपिएको धान आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष ०८१/०८२ मा बढेको हो ।
फलफूलको बगैँचा व्यवस्थापनमा किसान व्यस्त
नवलपुरका सुन्तला किसान यतिखेर बगैँचा व्यवस्थापन अभियानमा व्यस्त छन् ।
नसर्ने रोगको स्क्रिनिङ शिविरमा ३४५ जना लाभान्वित
म्याग्दीको बेनी नगरपालिका ९ घतानमा गरिएको नसर्ने रोगको स्क्रिनिङ शिविरमा ३४५ जना लाभान्वित भएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराको आयोजना, बेनी नगरपालिका र बेनी अस्पताल म्याग्दीको समन्वयमा नसर्ने रोगहरुको दुईदिने बृहत स्क्रिनिङ शिविर सञ्चालन गरिएको हो ।
मुस्ताङको विद्यालय र हिमाल
मुस्ताङ, पुस १६ गते । मुस्ताङ जिल्ला थासाङ गाउँपालिका २ कोबाङमा रहेको मुस्ताङको एकमात्र कृषि प्राविधिक विषय पढाइ हुने श्री जनआदर्श अमरसिंह माध्यमिक विद्यालय र पृष्ठभूमिमा सेताम्मे हिउँसहितको धौलागिरी हिमाल । तस्बिरः रासस
धौलागिरी हिमाल
बागलुङ, पुस १६ गते । बागलुङको काठेखोला गाउँपालिका–५ भ्यूटावरबाट देखिएको धौलागिरी हिमाल । मध्यपहाडी लोकमार्गमा पर्ने भ्यूटावरबाट देखिने उक्त हिमालले यात्रा गर्ने यात्रुलाई लोभ्याइरहेको छ । तस्बिरः रासस
आउने होइन त पोखरा!
साथीहरू, सबैलाई नमस्कार । चाडपर्वपछि तपाईंहरू अभिभावकसँग घुम्न निस्कने योजनामा हुनुहुन्छ ।
बसाइँसराइलाई रोक्दै सुन्तलाखेती
बेनी नगरपालिका–३ मरेकका पदमबहादुर खत्री २१ वर्षअघि भारतीय गोर्खा सैनिकबाट सेवा निवृत्त भएर घर फर्कँदा सुरक्षा, शिक्षा, स्वास्थ्य, रोजगारी र सुविधाको खोजीमा गाउँ छाडेर सहर पस्ने लहर थियो ।
सिँढी र बार्दलीमा बसेर पढ्छन् विद्यार्थी
देशमा सातौँ र जिल्लामा पहिलो पटक चार वर्षपहिला बालमैत्री घोषणा भएको नगरपालिका हो भिरकोट ।
गाँजा खेतीबारे विधेयकको मसौदा तयार
पछिल्लो समय बाँझो जग्गामा गाँजा लगाएर आयआर्जन गर्नुपर्ने आवाज उठिरहेको छ ।
बालबालिकालाई दुनाटपरी बनाउन सिकाउँदै ज्येष्ठ नागरिक
यहाँका ज्येष्ठ नागरिकले आफूमा भएको सीप तथा अनुभव अन्तरपुस्तामा हस्तान्तरण गरेका छन् । फेदीखोला गाउँपालिका–१ का ज्येष्ठ नागरिकले अमोर सेवा बालगृहमा रहेका बालबालिकालाई ज्ञान हस्तान्तरण गरेका हुन् ।
कवि शिरोमणि लेखनाथ जन्मजयन्तीमा विविध सम्मान
कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीका अवसरमा सोमबार विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ ।
औद्योगिक ग्राम सञ्चालन
सङ्घीय सरकारले निर्माण गरेको छ वर्षमा अर्जुनचौपारी गाउँपालिका–१ पुलको मुखमा औद्योगिक ग्राम सञ्चालनमा आएको छ ।
परेवाडाँडामा गोरु जुधाइ प्रतियोगिता
लमजुङको सुन्दरबजार नगरपालिका –२ परेवाडाँडामा गोरु जुधाइ प्रतियोगिता सम्पन्न भएको छ । पुस १५ को अवसरमा देवभूमि युवा क्लब सुन्दरबजार नगरपालिका –२ को आयोजनामा गोरु जुधाइ प्रतियोगिता आयोजना गरिएको हो ।
'सूचना पाउने अधिकार व्यवस्थित गर्न सरकार प्रयासरत छ'
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना पाउने जनताको अधिकार व्यवस्थित गर्न सरकार प्रयासरत रहेको बताउनुभएको छ । सामाजिक सञ्जालको जथाभावी प्रयोगलाई नियन्त्रण गर्न सरकारले कानुन ल्याउन लागेको उहाँले जानकारी दिनुभयो ।
मनाङमा मनाइयो तमू ल्होसार
मनाङका गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमू ल्होसार मनाएका छन् ।
मालिकामा दुई करोड ७२ लाख थप बजेट विनियोजन
म्याग्दीको मालिका गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतमा राखेर थप बजेट विनियोजन गरेको छ ।
चिसो मौसममा पनि अन्नपूर्ण चढ्न आरोही आए
चिसो मौसममा पनि अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि आरोहीहरू आएका छन् ।
अर्जुनचौपारीमा औद्योगिक ग्राम सञ्चालन
संघीय सरकारले निर्णण गरेको छ वर्षपछि अर्जुनचौपारी गाउँपालिका–१ पुलको मुखमा औद्योगिक ग्राम सञ्चालन गरिएको छ ।