पाँच महिनामा सात करोडभन्दा बढी राजस्व सङ्कलन
यातायात व्यवस्था कार्यालय तनहुँले पाँच महिनाको अवधिमा रु. सात करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म रु सात करोड ७१ लाख ६२ हजार एक सय सङ्कलन गरेको हो ।
बुर्तिबाङ अस्पताल : झुपडीदेखि ५० शय्याको अस्पतालसम्म
निसी, भुजी र तमानखोलाको सङ्गममा छ बुर्तिबाङ बजार । जिल्ला सदरमुकामदेखि ९० किलोमिटर पश्चिममा रहेको यस बजारमा बिस्तारै विकासले गति लिन थालेको छ ।
जाडो छल्न सिङ्गो गाउँ झर्यो बेँसीमा
गोरखा सदरमुकामबाट ५५ कोष टाढा रहेको तिब्बती सीमानजिक रहेको गोरखाको अन्तिम गाउँ साम्दोमा अत्यधिक मात्रामा चिसो बढेसँगै सिङ्गो गाउँका बासिन्दा तलको बेँसीमा झरेका छन् ।
कैदीबन्दीको स्वास्थ्य जाँच
कारागार कार्यालय कास्कीमा रहेका बिरामी कैदीबन्दीको स्वास्थ्य जाँचसहित औषधी वितरण गरिएको छ ।
धौलागिरी हिमाल र आसपास क्षेत्र
मुस्ताङ, पुस १९ गते । मुस्ताङको चर्चित पर्यटकीयस्थल ढुम्बा तालबाट देखिएको मानापाथी हिमाल, धौलागिरी आइसफल जाने ुट्रेकिङ रुटु र पृष्ठभूमिमा धौलागिरी हिमाल । तस्बिरः रासस
गाउँभरि केराखेती, बजारको अभाव
एक सय ५० भन्दा बढी घरपरिवारको बसोबास रहेको बेनी नगरपालिका–२ खबरा गाउँभरि केराखेती भएको छ । तर उत्पादन भएको केराले बजार नपाउँदा किसान चिन्तित भएका छन् ।
विश्व बैंकका तीन सडक एकसाथ स्तरोन्नति
विश्व बैंकको सहयोगमा बागलुङ नगरपालिकाभित्र आधा अर्ब लागतमा तीनवटा सडक धमाधम स्तरोन्नति भएका छन् । स्तरोन्नति भइरहेको नगरपालिकाका तीन सडकको भौतिक प्रगति ६ महिनामा २५ प्रतिशत पुगेको छ । जिल्लाकै सबैभन्दा बढी लागतमा उक्त सडक कालोपत्र हुँदैछन् ।
मुस्ताङमा पर्यटक आगमन वृद्धि
मुस्ताङमा सन २०२४ मा विदेशी पर्यटक आगमन ५० प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ को तुलनामा सन् २०२४ मा मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या ५० दशमलब २० प्रतिशत अथवा ४५ हजार तीन सय ६३ ले बढी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को इलाका संरक्षण कार्यालय जोमसोमले जनाएको छ ।
बागलुङ बजार
बागलुङ नगरपालिका–९ तित्याङबाट देखिएको बागलुङ बजार र पृष्ठभूमिमा पर्वतको पाङगाउँ ।
बासखर्कमा सुन्तला महोत्सव हुने
बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका १, बासखर्कमा माघको पहिलो हप्ता सुन्तला महोत्सवको आयोजना गरिने भएको छ ।
सुन्तला र कागती खेतीबाट वार्षिक २० लाख आम्दानी
गैँडाकोट –११ का गुप्तप्रसाद रेग्मी व्यावसायिक किसानको रूपमा स्थापित हुनुभएको छ । २०७५ मा गैँडाकोट –१८ बसेनीमा केही जग्गा लिएर फलफूल खेती सुरु गर्नुभएका उहाँले टीकारत्न टुल्की कृषि फार्म दर्ता गरी फलफूल खेती गर्दै आउनुभएको छ ।
मध्यमर्स्याङ्दीको विद्युत् उत्पादन घट्दै
यहाँको बेँसीसहर नगरपालिका–१ दलालस्थित मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घट्न थालेको छ । मर्स्याङदी नदीमा पानीको मात्रा घटेपछि ७० मेगावाट क्षमताको उक्त आयोजनाको विद्युत् उत्पादन घट्न थालेको हो ।
रास्वपा सभापति लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरुको थुनचेक बहस जिल्ला अदालत कास्कीमा जारी रहेको छ ।
गाउँकै अस्पतालमा प्रसूति सेवा
गाउँ नजिकैको अस्पतालमा सेवा पाउँदा उहाँ खुसी हुनुहुन्छ ।
ग्लोबल आइएमई बैंक देशकै ठुलो बैंक बन्ने छः अध्यक्ष ढकाल
ग्लोबल आइएमई बैंक १९ वर्षमा प्रवेश गरेको छ । बिहीबारदेखि बैंक आफ्नो १८ औं वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको हो ।
मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै
घुम्न लायक स्थानका रूपमा विश्वसामु परिचित मनाङमा पछिल्लो समय विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ । स्वदेशी पर्यटकको तथ्याङ्क नराखिए पनि बाह्य पर्यटकको अभिलेखीकरण अनुसार वार्षिक रूपमा यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको हो ।
कुछप तेरङ्गा गुम्बा
मुस्ताङ, पुस १८ गते । मुस्ताङको घरपझोङ गाउँपालिका ५ स्थित कुछप तेरङ्गा गुम्बाको नवनिर्मित भवन । बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र याे ऐतिहासिक गुम्बा पुनर्निर्माण गरिएको हो । तस्बिरः रासस
म्याग्दीको केराखेती
म्याग्दी, पुस १८ गते । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा गरिएको केराखेती । खबराबाट वार्षिक रु. दुई करोडभन्दा बढीको केरा बिक्री हुने गरेको छ । तस्बिरः रासस
नाङ्लोको व्यापार
तनहुँ, पुस १८ गते । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका २ घुम्ती सडक किनारामा बेच्न राखिएको नाङ्लो (सुपो) । यहाँका अधिकांश भुजेल समुदायले नाङ्लो, डालो बुन्ने गर्दछन् । तस्बिरः रासस
ठेकेदारको बदमासीले स्वास्थ्य सेवा प्रभावित
जिल्ला अस्पताल पर्वतको निर्माणाधीन पक्की भवनको काम ठेकेदारले समयमा सम्पन्न नगरिदिँदा सर्वसाधारणले प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा लिनबाट वञ्चित भएका छन् । ठेकेदारले भवन निर्माणमा ढिलासुस्ती गरिदिए पछि अस्पताललाई ५० शय्या बेड क्षमतामा रूपान्तरण गर्ने लक्ष्य पुरा नहुने पर्वतवासीलाई चिन्ता छ ।
बुलिङटारमा राष्ट्रिय विद्युत् प्रसारण लाइन
नवलपरासीपूर्वको पहाडी भेग बुलिङटार गाउँपालिकामा राष्ट्रिय विद्युत् प्रसारण लाइनबाट विद्युत् सेवा पुर्याइएको छ ।
तोरी उत्पादन बढ्ने आशा
यतिबेला नवलपरासीपूर्वमा जताततै पहेँलपुर भएर लहरै तोरी फुलेको दृश्यले सबैलाई लोभ्याउँछ ।
नारच्याङ बेँसीमा खानेपानी आयोजना निर्माण सुरु
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ बेँसीमा रु एक करोडभन्दा बढीको लागतमा खानेपानी आयोजना निर्माण सुरु भएको छ ।
रत्नेचौरको तोरीबारी र धौलागिरी
म्याग्दी, पुस १८ गते । म्याग्दीको बेनी नगरपालिका १ मा पर्ने रत्नेचौर गाउँ, पहेँलपुर तोरीबारी र पृष्ठभूमिमा धौलागिरी हिमालको दृश्य । यो गाउँ कृषि उत्पादन र प्राकृतिक दृश्यावलोकनका लागि चर्चामा छ । तस्बिरः रासस