पाल्पामा भारतीय स्कार्पिओ दुर्घटना : छजना घाइते
पोखराबाट पाल्पा हुँदै सुनौलीतर्फ गइरहेको भारतीय स्कार्पिओ दुर्घटनामा परेको छ ।
सरकार पूर्वाधार र पर्यटन विकासमा प्रतिवद्ध छ : मन्त्री दाहाल
सरकार भौतिक पूर्वाधार र पर्यटन प्रवर्द्धन विकासमा प्रतिवद्ध रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बताउनुभएको छ। बन्दीपुरमा बुधबारबाट सुरु बन्दीपुर भ्रमण वर्ष २०२५ को उद्घाटन गर्दैै मन्त्री दाहालले समृद्ध नेपाल सुखी नेपाली बनाउने प्रमुख आधार पर्यटन र पूर्वाधार भएकोले प्रतिबद्ध भएको बताउनुभयो।
हिउँदे विपद्का लागि तयारी अवस्थामा मुस्ताङ
हिउँदको समयमा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै कुनै पनि अवस्थामा चनाखो रहने जिल्ला विपद् व्यवस्थापन समिति मुस्ताङले निर्णय गरेको छ ।
जलवायु परिवर्तनको मारमा मनाङका किसान
जलवायु परिवर्तनले गर्दा मनाङका किसानहरू मारमा परेका छन् ।
मल्कबाङ गाउँ
छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको म्याग्दीको धवलागिरि गाउँपालिका–५ मा अवस्थित मल्कबाङ गाउँ ।
बन्दीपुर भम्रण वर्षको उद्घाटन
आजबाट बन्दीपुर भ्रमण वर्ष-२०२५ को सुरु भएको छ ।
विद्यार्थीद्वारा उत्पादित तरकारी दिवाखाजामा प्रयोग
पछिल्लो समय सामुदायिक विद्यालयले दिवाखाजामा विद्यालयकै करेसाबारीमा उत्पादित तरकारीको प्रयोग गर्ने गरेका छन् । पूर्वी नवलपरासीको कावासोती नगरभित्र रहेका अधिकांश विद्यालयमा आफ्नै करेसाबारीमा उत्पादन भएका अर्गानिक तरकारीको प्रयोग बढाएका छन् ।
विपन्न परिवारलाई न्यानो कपडा
छिमेकी प्रतिष्ठान, स्याङ्जाले भीरकोट नगरपालिकामा न्यानो कपडा वितरण गरेको छ । प्रतिष्ठानले वडा ६ का विपन्न परिवारलाई ४७ थान ब्लाङ्केट वितरण गरेको हो ।
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष ठाकुर भण्डारीले मुलुकमा सामुदायिक वन उद्योग दर्ता गर्ने व्यवस्थाको अभवाले वन डढेलो बढ्ने गरेको बताउनुभएको छ ।
अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै बढी पर्यटक
पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका छन् । ती मध्ये दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका छन् ।
बन्दीपुरमा पर्यटकको चहलपहल बढ्यो
पहाडकी रानी उपनामले प्रख्यात बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । अङ्ग्रेजी नयाँ वर्ष मनाउन स्वेदशी तथा विदेशी पर्यटकको भिड बढेको हो।
स्याङ्जाबाट एक अर्ब १२ करोडकाे सुन्तला बिक्री
यस वर्ष स्याङ्जाबाट रु. एक अर्ब १२ करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा रु एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय भित्रिएको हो ।
कालीगण्डकी कोरिडोरः माझीबस्ती–खनियाघाट खण्ड कालोपत्र
मालढुङ्गा–बेनी सडकअन्तर्गत माझीबस्ती–खनियाघाट खण्डमा कालोपत्र भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत यो खण्ड कालोपत्र भएको हो ।
पन्चैबाजा संरक्षणमा आमा समूह
परियार समुदायको पुख्र्यौली पेसाका रुपमा पन्चैबाजा हिजोआज अन्य समुदायले पनि बजाउन थालेका छन् । गाउँ तथा सहरमा बिस्तारै पन्चैबाजा बचाउने प्रचलन हराउन थालेपछि बागलुङमा महिला र मगर समुदायका युवाले संरक्षणमा चासो दिएका हुन् ।
खेर गएको पातपतिङ्गरबाट जैविक मल
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाले जैविक मल उत्पादन सुरु गरेको छ । वनमा खेर गएको पातपतिङ्गरबाट जैविक मल उत्पादन गरी बिक्री सुरु गरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो ।
अठार वर्षपछि सडक कालोपत्र गरिँदै
बरेङ गाउँपालिका–२ हुग्दीशिरबाट गुल्मीको शान्तिपुर जोड्ने सडक ‘ट्रयाक’ खुलेको १८ वर्षपछि कालोपत्र गर्न थालिएको छ ।
बन्दीपुर भ्रमण वर्ष–२०२५ का अवसरमा सार्वजनिक बिदा
तनहुँको बन्दीपुर गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ । बन्दीपुर भ्रमण वर्ष–२०२५ शुभारम्भको अवसरमा सार्वजनिक बिदा दिएको हो ।
मसाने लोकार्पण
वालिङ नगरपालिका भवनमा ‘आँधीखोले लोकगीतका अभिनायक चन्द्रबहादुर सेन मसाने’ लोकार्पण गरिएको छ ।
पर्यटन राजधानीमा उत्सवैउत्सव
दिन चिसिँदा छन्, जाडो बढ्दो छ । ठिही बढ्दै जाँदा मानिस घुमफिरभन्दा घरमै बस्न रुचाउँछन् तर पर्यटन राजधानी पोखरामा भने अहिले स्थानीयसहित पर्यटकको चहलपहल छ ।
बिपीको मेलमिलाप नीति वर्तमान अवस्थामा पनि सार्थक
राष्ट्रियता र सार्वभौमिकताको रक्षाका लागि जननायक बिपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापनको नीति लिएको पोखरामा आयोजित प्रवचन कार्यक्रममा विभिन्न दलका नेताले बताएका छन् ।
गैंडाको आक्रमणबाट एकको मृत्यु, पाँच जना घाइते
गैंडाको आक्रमणबाट मंगलबार चितवन रत्ननगरको जयमगलामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
‘चन्द्रबहादुर सेन मसाने’ लोकार्पण
आँधीखोले लोकगीतका अभिनायक ‘चन्द्रबहादुर सेन मसाने’ को लोकार्पण गरिएको छ ।
पूर्व गृहमन्त्री लामिछानेको थुनछेक बहस सुरु
सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री रवि लामिछानेसहितका अभियुक्तविरुद्ध थुनछेक बहस सुरु भएको छ।
बालगृहका बालबालिकालाई परम्परागत सीप
फेदिखोला गाउँपालिका–१ को अमोर सेवा बालगृहमा रहेका बालबालिकालाई ज्येष्ठ नागरिकले आफ्नो सीप सिकाएका छन् ।