भिमसेनथापा गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु
गोरखाको भिमसेनथापा गाउँपालिकामा चौथो राष्ट्रपटि रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
रास्वपा सभापति लामिछानेका कानुन व्यवसायीको बहस जारी
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा गत मङ्गलबारदेखि जारी छ ।
बजार सहज बनाउन माग
धनकुटाका व्यावसायी तथा उद्यमीले सेवा तथा उत्पादन भन्दा अनुदानका लागि फार्म सञ्चालन गर्ने क्रम बढेको गुनासो गरेका छन् ।
घरेलु मदिराकाे ब्रान्डिङ
गोरखाको गण्डकी गाउँपालिकाले घरेलु मदिरा लोकल रक्सी ब्रान्डिङ सुरु गरेको छ ।
अक्खा लिपि संरक्षणमा युवा पुस्ताको चासो
बढ्दो सहरीकरण र आधुनिकताका कारण आफ्नो भाषा नै लोप हुने अवस्थामा पुग्नसक्ने भन्दै गल्याङका मगर समुदाय युवा पुस्तालाई भाषा सिकाउन सक्रिय भएका हुन् ।
बेनीमा सडक स्तरोन्नति सुरु
जिल्लाको बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका ग्रामीण बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक अन्तर्गत बेनी नगर क्षेत्रमा पर्ने तीन स्थानमा बेनी नगरपालिकाले सडक स्तरोन्नति थालेको छ ।
सुन्तलाको बजारीकरणमा सघाउँदै नगरपालिका
सुन्तला गाउँको चिनिएको सिगानामा उत्पादित सुन्तला बागलुङ नगरपालिकाले बजारीकरणमा सघाउन थालेको छ ।
सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
यस वर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न कृषकहरूलाई भ्याइनभ्याइ छ । नेपालमै सबैभन्दा बढि लप्सी उत्पादन हुने पर्वत जिल्लाका अधिकांश कृषकहरूले लप्सीका दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास–४ मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै आएको छ ।
पोखरामा पहिलोपटक चलचित्र पर्यटन महोत्सव हुने
पर्यटकीय राजधानी पोखरामा चलचित्र पर्यटन महोत्सव हुने भएको छ । आगामी फागुन १७ देखि १९ गतेसम्म महोत्सव आयोजना हुने जनाइएको छ ।
आजबाट रविको तर्फबाट बहस सुरु
पोखरा–४, कास्कीमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेका तर्फबाट बहस सुरु हुँदै छ ।
मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको बाँधस्थल
लमजुङ, पुस २२ गते । बेँसीसहर नगरपालिका १ दलालमा रहेको मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको बाँधस्थल। यतिबेला यस आयोजनामा पर्याप्त पानी नहुँदा विद्युत उत्पादन घट्दै गएको छ। तस्बिरः रासस
बेनी नगरपालिकाको वडा भवन सात वर्षदेखि अलपत्र
बजेट अभाव हुँदा बेनी नगरपालिका वडा नम्बर ६ को निर्माणाधीन वडा कार्यालय भवनले पूर्णता पाउन सकेको छैन । भवन निर्माण थालेको सात वर्ष बितिसक्दा पनि पूर्णता पाउन नसक्दा सेवा प्रवाह प्रभावित भएको छ ।
शीतलहरले जनजीवन कष्टकर
केही दिनदेखि तराईमा शीतलहर चल्दा निकै जाडो बढेको छ । यसका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । शीतलहर तथा बाक्लो हुस्सुका कारण तराईका जिल्लाको जनजीवन प्रभावित हुँदा यातायात, व्यापारलगायतमा पनि असर परेको छ ।
बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा
बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिका ५१ सूचक पूरा गरेपछि बागलुङ नगरपालिकाका १४ वडालाई बालमैत्री वडा घोषणा गरिएको छ । यसका लागि नगरपालिकाले दुई वर्षयता सामाजिक विकास र बालमैत्री पूर्वाधारमा झण्डै तीन करोड लगानी गरिसकेको थियो ।
नाफाको नीतिले किसानलाई घाटा
पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना (नाफा) ले सञ्चालन गरेको कृषकलक्षित कार्यव्रmम मनाङको हकमा निल्नु न ओकल्नुभएको छ । नेपाल सरकार, एसियाली विकास बैङ्क तथा विश्व कृषि तथा खाद्य सुरक्षा कार्यव्रmमको लगानीमा नेपालका पहाडी क्षेत्रमा १० प्रजातिका फलफूल बालीको विकास तथा विस्तार गर्न नेपाल सरकारले पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना (नाफा) सञ्चालन गरेको थियो ।
निलगिरि हिमाल र आसपासका क्षेत्र
मुस्ताङ जिल्ला घरपझोङ गाउँपालिका–५ स्थित चर्चित पर्यटकीय ठिनी गाउँबाट देखिने निलगिरि र तिलिचो हिमालसँगै अन्य सुन्दर हिमशृङ्खला ।
‘मानव तस्करीविरुद्ध एकताबद्ध प्रयास आवश्यक’
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आधुनिक दासत्व र मानव तस्करी अन्त्यका लागि एकताबद्ध प्रयास आवश्यक हुने बताउनुभएको छ ।
जैविक मल उत्पादनमा जोड
रासायनिक मलको बढ्दो प्रयोगले उर्वराशक्तिमा कमी आएकाले माटोलाई स्वस्थकर राख्न जैविक मलको आवश्यकता बढी रहने विज्ञहरूले बताउनुभएको छ ।
साहित्यकार डा.नेपाल सम्मानित
साहित्यकार डाक्टर शैलेन्दुप्रकाश नेपाल जगत्रदेवी साहित्य सम्मान–२०८१ बाट सम्मानित हुनुभएको छ ।
ग्यास चुहिएर एक महिलाको मृत्यु
जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एक जना महिलाको घटनास्थलमा मृत्यु भएको छ ।
नेपाली सेनाको गोरखा–काठमाडौँ पदयात्रा
नेपाली सेनाले आज आइतबारदेखि गोरखा–काठमाडौँ एकीकरण पदयात्रा सुरु गरेको छ । पृथ्वीनारायण शाहले बाइसे–चौबिसे राज्यलाई एकीकरण गर्दा प्रयोग गरेको पैदलमार्ग हुँदै आइतबार बिहान ९ः५० बजे पदयात्रा सुरु गरेको नेपाली सेनाको रिपुमर्दन गणका गणपति अशोककुमार क्षेत्रीले जानकारी दिनुभयो ।
सिर्जनात्मक लेखन प्रशिक्षण कार्यशाला
लेखनलाई अब्बल बनाउने उद्देश्यले सिर्जनात्मक लेखन प्रशिक्षण कार्यशाला सञ्चालन गरिएको छ । व्यास नगरपालिकाको आर्थिक सहयोगमा गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले
सूर्योदय र सूर्यास्त हुँदाको आनन्द लिन सकिने कोरीडाँडा
कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी आँखै अगाडि लमजुङ माछापुच्छ्रे, अन्नपूर्ण दोस्रो र चौथो, थ्रि सिस्टर आदि हिमाललाई नजिकबाट नियाल्न सकिने गन्तव्य हो ।
सूर्यदर्शन सहकारी ठगीः प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस जारी
कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीको थुनछेक बहस जिल्ला अदालत कास्कीमा चलिरहेको छ ।