शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षा क्षेत्रको सुधारमा सरकारले काम गरिरहेको बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल जिल्ला कार्यसमितिको बेँसीसहर नगरपालिका –८ मा आयोजित ३४ औँ प्याब्सन दिवस कार्यक्रमलाई आज उहाँले सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।
त्रिसहिदलाई राष्ट्रपति रनिङ शिल्ड उपाधि
आँधीखोला गाउँपालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रिसहिद नमूना माविले जितेको छ ।
कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
कास्कीको मादी गाउँपालिका–२ स्थित कप्रुडाँडाको पर्यटकीय सम्भावनालाई अध्ययन गरी पाँच वर्षअघि सडक सञ्जाल विस्तार भएसँगै पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
छात्रवृत्तिका लागि अक्षयकोष स्थापना
गोरखा जिल्लामा रहेको सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न, जेहेनदार र अशक्त विद्यार्थीहरुका लागि अक्षयकोष स्थापना गरिएको छ ।
सन् २०२४ मा मनास्लु क्षेत्रमा १० हजार विदेशी पर्यटक
उत्तरी गोरखाको मनास्लु क्षेत्रमा एक वर्षमा १० हजारभन्दा बढी विदेशी पर्यटक घुम्न पुगेका छन् । मनास्लु क्षेत्रमा सन् २०२४ मा १० हजार छ सय पाँच जना विदेशी पर्यटकले भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप)का संरक्षण अधिकृत एवं सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिनुभयो ।
नारायणीको पानी फर्काउन स्थानीयको अवरोध
जिल्लाको गैँडाकोट नगरपालिका–१० र ११ को सीमा भएर बग्ने नारायणी नदीको बहाव परिवर्तन गराउन स्थानीयले अवरोध गरेका छन् । नारायणीपीडितले अवरोध गरेपछि नदीको बहाव परिवर्तन गराउने का
कपडा बैंकले गरिब तथा विपन्नलाई सहज
बेनी नगरपालिका वडा नम्बर ६ को कार्यालयले कपडा बैंक सञ्चालन गरेपछि आर्थिक अवस्था कमजोर भएका गरिब तथा विपन्न वर्गलाई सहज भएको छ । अर्थुङ्गेस्थित वडा कार्यालयमा सञ्चालित कपडा बैंक महिनाको दुई पटक शनिबारका दिन खोल्ने व्यवस्था गरिएको छ ।
दुई वर्षमा मनाङ आउने पर्यटकको सङ्ख्या दोब्बर
सन् २०२२ को तुलनामा सन् २०२४ सम्ममा मनाङ आउने विदेशी पर्यटकको सङ्ख्या दुई गुणाले वृद्धि भएको छ भने सन् २०२३ को तुलनामा छ गुणाले वृद्धि भएको छ । २०२२ मा १५ हजार ८ सय ५५ पर्यटकले मनाङ भ्रमण गरेका थिए ।
हुस्सु र शितलहरले पूर्व–पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध
बाक्लो हुस्सु र शितलहका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–बुटबल सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।
सिम्जुङ–महाभीर–घ्याच्चोक सडक दैनिक १० घण्टा बन्द
गोरखाको अजिरकोट र बारपाक सुलीकोट गाउँपालिका जोड्ने सिम्जुङ – महाभीर–घ्याचोक सडक खण्ड आजदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । अजिरकोट गाउँपालिकाले एक सूचना जारी गर्दै बुधबार बिहान ७ देखि बेलुका ५ बजेसम्म दैनिक १० घण्टा सडक बन्द हुने जनाएको हो ।
सूर्यदर्शन सहकारी बचत अपचलन : प्रतिवादीहरूको थुनछेक बहस जारी
कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ । उक्त मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको हो ।
सुन्तला देखाएर हुने आम्दानी बन्द
स्याङ्जा जिल्लामा सुन्तला बेचेर धेरै कृषकले राम्रो आम्दानी गर्दै आएका छन् तर सुन्तला देखाएरै लाखौँ कमाउने कृषक भने चिन्तामा छन् । सुन्तलाको मौसममा भरिभरा
पर्यटकीयस्थल घोडेपानीमा हिमपात
समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाईमा रहेको घोडेपानी गण्डकी प्रदेशको म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ र कास्की जिल्लालाई समेटेको अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तब्य हो। घोडेपानीका होटल व्यवसायी बिसन रानाले यो वर्ष पहिलो पटक हिउँ परेको बताउनुभयो।
पर्यटकीयस्थल घोडेपानीमा हिमपात
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीमा आज दिउँसो हिमपात भएको छ ।
पुर्ख्याैली सिप संरक्षणमा विद्यार्थी
नवलपुर जिल्लाको देवचुली नगरपालिकाभित्र रहेका विद्यालयले शिक्षासँगै सिपको विकास गराउन जोड दिएका छन् ।
व्यास गुफा र तनहुँसुर जोड्न हाफ म्याराथन
खेलको माध्यमबाट पर्यटकीय स्थलको प्रवर्द्धन गर्न तनहुँको व्यास नगरपालिकाले खुला महिला हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ ।
बालबालिकालाई न्यानो कपडा वितरण
जाडो मौसम सुरु भएसँगै बालबालिकालाई न्यानो कपडा, ट्रयाक सुट, टोपी र जुत्ता वितरण गरिएको छ ।
लमजुङमा चारसय मेट्रिकटन सुन्तला उत्पादन
चालु आर्थिक वर्षमा जिल्लामा चार सय मेट्रिकटन सुन्तला उत्पादन भएको छ । एक सय ३० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाखेतीबाट चार सय मेट्रिकटन उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ ।
हराउँदै गयो गुन्द्री बुन्ने चलन
पछिल्लो समय यहाँ गुन्द्री बुन्ने चलन हराउँदै गएको छ । खेतमा धान काटेर दाइँ हाल्ने बेला लामो–लामो परालका छाँटेर राख्ने र फुर्सदका बेला गुन्द्री बुन्ने परम्परा रही आएको छ ।
तीव्रेकोट वन लाटोकोसेरो संरक्षण विशेष क्षेत्र
कास्कीको पोखरा महानगरपालिका वडा २५ मा रहेको तीव्रेकोट सामुदायिक वन लाटोकोसेरो संरक्षण विशेष क्षेत्र बनेको छ । एकसय दशमल ७४ हेक्टरमा रहेको वनलाई उपभोक्ताको भेलाले विशेष क्षेत्र बनाउने निर्णय गरेको हो ।
खेल आयोजना गरी पुरस्कार नदिने दुई पक्राउ
कास्की प्रहरीले खेल आयोजना गरी पुरस्कार नदिई सम्पर्कविहीन हुने दुई जनालाई पक्राउ गरेको छ ।
आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ
आफ्नै १५ वर्षीया नाबालिका छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ ।
महिलालाई आत्मनिर्भर बनाउँदै व्यास नगरपालिका
तनहुँको व्यास नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउन विभिन्न सीपमुलक तालिम प्रदान गर्दै आइरहेको छ ।
सञ्चार क्षेत्रको सुदृढीकरणले लोकतन्त्र बलियो : मन्त्री थापा
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले सूचनाको हक र सञ्चार क्षेत्रको सुदृढीकरणले लोकतन्त्रलाई बलियो बनाउने बताउनुभएको छ ।