• २० पुस २०८१, शनिबार

विपन्न परिवारलाई न्यानो कपडा

blog

विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिँदै । तस्बिरः अर्जुन काफ्ले

अर्जुन काफ्ले 

स्याङ्जा, पुस १७ गते । छिमेकी प्रतिष्ठान, स्याङ्जाले भीरकोट नगरपालिकामा न्यानो कपडा वितरण गरेको छ । प्रतिष्ठानले वडा ६ का विपन्न परिवारलाई ४७ थान ब्लाङ्केट वितरण गरेको हो । 

प्रतिष्ठानले वडा ६ कार्यालयको समन्वयमा ब्लाङ्केट वितरण गरेको वडा सदस्य अशोक खत्रीले जानकारी दिनुभयो । प्रतिष्ठानले वडा ८ र ६ का विपन्न र बिरामीहरूलाई आर्थिक सहयोग समते गरेको छ ।  

संस्थाले टुल्की माझीलाई नगद पाँच हजार, जितेन्द्र नेपालीलाई नगद १० हजार रुपियाँ र कुलबहादुर कामीलाई पाँच हजार रुपियाँ प्रदान गरेको हो । नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले समाजलाई आत्मनिर्भर बनाउन सबैले योगदान दिनुपर्ने धारणा राख्नुभयो । 

निवर्तमान नगरप्रमुख छायाराम खनालले जाडो याममा न्यानो कपडा वितरण गरेर प्रतिष्ठानले सह्रानीय काम गरेको धारणा राख्नुभयो । प्रतिष्ठानले वितरण गरेको न्यानो कपडा कपडा मात्र नभएर यो एक छिमेकीले अर्को छिमेकीलाई प्रदान गरेको सद्भाव र प्रेम भएको बताउनुभयो । 

यस्तै, तमु ल्होसारमा भीरकोट नगरपालिकामा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । वडा ३ र्‍यालेमा र्‍यालेबाबा समूह, चौतारी युवा क्लब, तीनधारा बाराही आमा समूहको संयुक्त आयोजनामा ज्येष्ठ नागरिक सम्मान एवं शुभकामना आदानप्रदान गरिएको छ । ८० वर्ष नाघेका १३ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको गौतम गुरूङले जानकारी दिनुभयो ।