रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीकाे अदालतमा बयान सुरु हुँदै
सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ ।
पोखरामा मङ्गलवारबाट बेलुन महोत्सव
अनेक मेला, महोत्सव भइरहने पर्यटनको राजधानी पोखरामा मङ्गलवारबाट पृथक् महोत्सव सुरु हुँदै छ । फेवातालको सिरान पामेमा पुस ९ देखि १७ गतेसम्म अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभल हुन लागेको हो ।
बन्दीपुर बजार
तनहुँ, पुस ८ गते । तनहुँको पर्यटकीय नगरी पहाडकी रानी नामले परिचित बन्दीपुर बजार । बन्दीपुरको पर्यटन प्रवर्द्धका लागि ुबन्दीपुर भ्रमण वर्ष २०२५ु घोषणा गरी विविध कार्यक्रम सञ्चालनको तयारी गरिएको छ । तस्बिरः रासस
नवलपुरका २५ किसान समूह व्यावसायिक प्याजखेती गर्दै
नवलपुरमा २५ किसान समूहले व्यावसायिक प्याजखेती सुरु गरेको छन् । जिल्लामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरले व्यावसायिक प्याजखेतीका लागि बजेट विनियोजन गरी कृषकलाई अनुदान उपलब्ध गराएसँगै प्याजको व्यावसायिक खेती सुरु गरिएको हो ।
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा
गोरखा नगरपालिकाले नगरवासीलाई ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ का लागि विभिन्न सेवा निःशुल्करुपमा उपलब्ध गराएको छ ।
बेलढुङ्गा–पञ्चकोट साइकल लेन: बजेट अभावले काम रोकियो
समुद्री सहतदेखि दुई हजार पाँच सय मिटरको उचाइमा निर्माणाधीन साइक लेन बजेट अभावले अधुरै रहेको छ । जङ्गलको बीचबाट निर्माण थालिएको साइकल लेनले साहसिक पर्यटक भित्र्याउने उद्देश्य राखिएको थियो ।
दोस्रो ड्र्यागन बोट रेस हुने
पर्यटकीय राजधानी पोखरामा दोस्रो नेपाल–चीन मैत्रीपूर्ण ड्र्यागन बोट रेस आयोजना हुने भएको छ ।
कुलत र दुर्व्यसनबाट मुक्त गराउन खेलकुद्
बालबालिकालाई लागुपदार्थ र दुब्र्यसनको कुलतबाट मुक्त गराउने उद्देश्यले नवलपुरमा जिल्ला स्तरीय ब्याटमिन्टन प्रतियोगिता सञ्चालन गरिने भएको छ ।
रविलाई हिरासतै फर्काइयो, सोमबारबाट थुनछेक बहस
आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई हिरासतमै फर्काइएको छ।
पाटेबाघ मार्ने उद्योगमा नवलपुरबट एक जना पक्राउ
पाटेबाघ मार्ने उद्योगमा चितवन राष्ट्रिय निकुञ्जले एक जनालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ। निकुञ्ज कार्यालय कसरामा पत्रकार सम्मेलन गरी पाटेबाघ मार्ने उद्योगमा पक्राउ परेका २० वर्षीय युवकलाई सार्वजनिक गरिएको हो।
रविसहित ४४ जनाविरुद्ध मुद्दा दायर
जिल्ला अदालत कास्कीमा पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध आइतबार मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार दिउँसो अभियोगपत्र दर्ता गराएको हो ।
वैदेशिक रोजगार छात्रवृत्तिको लागि ४४ जनाको आवेदन
वैदेशिक रोजगार छात्रवृत्तिको लागि तनहुँमा ४४ जना विद्यार्थी आवदेन दिएका छन् ।
सुन्तलाको बजारीकरणले महिला कृषक उत्साहित
स्याङ्जाको वालिङ नगरपालिका–२ का सुन्तला कृषक बिष्णु घर्ती निक्कै उत्साहित हुनुहुन्छ । विगतका वर्षको तुलनामा यो वर्ष सुन्तलाले राम्रो मूल्य पाए पछि उहाँ उत्साहित हुनुभएको हो ।
‘अचम्मै पो भो ! हिउँ नै परेन’
हिउँदयाम लागेसँगै देशभर क्रमशः चिसो बढ्दै छ । हिमाली जिल्ला मनाङलगायत क्षेत्रमा त अत्यधिक चिसो बढिसकेको छ । यहाँका नदी, खोला, धाराका पानी जम्न थालेका छन् तर यसपटक हिउँ भने परेको छैन । मुख्य समयमै हिउँ नपरेपछि स्थानीय चकित छन् ।
अराजक अनलाइनहरु नियन्त्रण गर्न जरुरी छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अरु सञ्चार मध्यमले ऐन, कानुन पालना र पत्रकार आचारसंहिता पालना गरेको भएपनि धेरै अनलाइनहरु अराजक बनेको औंल्याउनुभएको छ ।
रविलाई अदालत लगियो, अभियोगपत्र दर्ता हुँदै
लामिछानेसहित पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा पक्राउ परी हिरासतमा रहेका पाँचै जनालाई आइतबार अदालतमा उपस्थित गराइएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो ।
पृथ्वीराजमार्ग सडक विस्तार : पूर्वी खण्डमा ६८ किलोमिटर कालोपत्र सम्पन्न
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पूर्वी खण्डको काम धमाधम भइरहेको छ ।
पर्वत अस्पतालमा फिजियोथेरापी सेवा सुरु
स्थापना भएको साढे तीन दशकपछि पर्वत अस्पतालमा ‘फिजियोथेरापी’ सेवा सुरु भएको छ । शनिबारदेखि औपचारिक रूपमा सुरु भएको फिजियोथेरापी सेवाको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले उद्घाटन गर्नुभयो ।
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
यहाँको बागलुङ नगरपालिका–१२ अमलाचौरका मुकुन्द ढकाल ४४ वर्षको हुनुभयो । मलेसियामा १२ वर्ष बिताउनुभएका ढकालले गाउँमै पशुपालन सुरु गर्नुभएको चार वर्ष भएको छ ।
डेढगाउँ–झ्यालबास सडक खण्डको प्रगति सन्तोषजनक
गण्डकी प्रदेश सरकारको भारतसँग सीमा जोडिने कोरला–त्रिवेणी सडकखण्ड अन्तर्गतको डेढगाउँ–झ्यालबास खण्डको भौतिक प्रगति ५१ प्रतिशत पुगेको छ ।
‘एक वर्षभित्रै राहदानी नेपालमै छापिन्छ’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी कागजात देशभित्रै छापिने उल्लेख गर्नुभएको छ ।
‘आर्थिक सुधारको योजना चाँडै’
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आर्थिक सुधारका लागि सरकारले विशेष योजना ल्याउने बताउनुभएको छ ।
बन्दीपुर गाउँपालिकामा श्रम रोजगार बैंक स्थापना
तनहुँको एक पालिकाले श्रम रोजगार बैंक स्थापना गरेको छ। श्रमलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन बन्दीपुर गाउँपालिकाले स्थापना गरेको हो।
महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर
महिलाको विभिन्न रोगको विशेषज्ञ चिकित्सकहरुबाट सेवा दिने उद्देश्यले व्यास नगरपालिका–१ भादगाउँ, दमौलीमा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।