महायज्ञबाट दुई करोड बढी सङ्कलन
स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मा रहेको मिर्मी बहुमुखी क्याम्पसले महायज्ञबाट दुई करोडभन्दा बढी रकम सङ्कलन गरेको छ ।
रविको तस्बिर सार्वजनिक गर्नेलाई प्रहरीले कारवाही गर्ने
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहनुभएका पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेको सुतिरहेको तस्बिर सार्वजनिक गर्नेलाई प्रहरीले कारवाही गर्ने भएको छ।
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जिल्लाको क्व्होंलासोथार गाउँपालिकाको भवन उद्घाटन गर्नुभएको छ । उक्त गाउँपालिकाको वडा नं २ मालिङमा निर्मित भवनको उहाँले बिहीबार उद्घाटन गर्नुभएको हो ।
नौ महिनामै ९० प्रतिशत पुल निर्माण सम्पन्न
गोरखाको पालुङटार नगरपालिका – ९ ढुङ्गेटारीमा नौ महिना अघि नै ९० प्रतिशत पुल निर्माण सम्पन्न भएको छ । पालुङटार नगरपालिका – ९ र गोरखा नगरपालिका जोड्ने मोटरबेल पुल डेढ वर्षमा सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भएता पनि नौ महिनामै ९० प्रतिशत पुल निर्माण सम्पन्न भएको पूर्वाधार कार्यालय गोरखाका साईड ईन्जिनियर मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
पत्रकारको १० लाख दुर्घटना बिमा
म्याग्दीका क्रियाशील पत्रकारहरुको दुर्घटना बिमा सुरु गरिएको छ । गत मङ्सिर २८ गते निर्वाचित नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखा नयाँ कार्यसमितिको पदस्थापनासँगै बुधबार बसेको पहिलो बैठकले जिल्लामा पछिल्लो तीन वर्षदेखि क्रियाशिल रहेका पत्रकारहरुको दश लाख रुपियाँको दुर्घटना बिमा गर्ने निर्णय गरेको हो ।
लक्ष्यभन्दा ८० करोड बढी राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय तनहुँले चालु आर्थिक वर्ष २०८१-०८२ मा लक्ष्यभन्दा ८० करोड बढी राजस्व सङ्कलन गरेको छ ।
जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन
निर्माणाधीन मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना समयमा निर्माण सम्पन्न गर्न १७ सदस्यीय सहजीकरण समिति गठन गरिएको छ ।
धौलागिरी कृषि तथा पशुपंक्षी फार्ममा फलेको किबी
म्याग्दी, पुस ४ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङको धौलागिरी कृषि तथा पशुपंक्षी फार्ममा फलेको किबी । बारीमा लटरम्म किबी फले पनि बिक्री राम्रो नहुँदा म्याग्दीका कृषक निराश भएका छन् । तस्बिरः रासस
‘माटो सुहाउँदो विकास र समृद्धिका आधार तय गरेका छौँ’
स्याङ्जाको दक्षिणपूर्वी भेगमा अवस्थित हरिनास गाउँपालिका २०७३ सालमा गठन भएको हो
कानुन बनाउन सहकार्यको प्रतिबद्धता
सङ्घीय व्यवस्थापिका र प्रदेश व्यवस्थापिकाका प्रमुख कानुन बनाउन आपसी सहकार्य गर्न सहमत भएका छन् ।
अलपत्र पर्दै रामायण भवन
राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका–४, चुँदीरम्घामा निर्माण गरिएको रामायण भवन प्रयोगमा नआउँदै अस्तित्व गुमाउने अवस्थामा पुगेको छ । यो भवन चार वर्षदेखि अलपत्र परेको छ ।
हरिचोक–याम्दी सडक स्तरोन्नतिको काम तीव्र गतिमा हुँदै
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ । हाल कालोपत्रका लागि पूर्वाधार तयारीको काम पूरा भएको छ । करिब दुई हजार दुई सय मिटर दूरीको उक्त सडक समयमा कालोपत्र नहुँदा जनगुनासो बढेको थियो ।
सुन्तला किन्न व्यापारी बगैँचामा
स्याङ्जाको वालिङ नगरपालिका–५ पाँडेथोकका अगुवा कृषक हुमनाथ लामिछाने यस वर्ष बगैँचाबाटै सुन्तला बिक्री गर्नुभयो । आफ्नो फार्ममा उत्पादित सुन्तला काठमाडौँस्थित अकिष्टा नेपाल प्रालिले खरिद गर्ने सम्झौता गरेसँगै बजारीकरणमा सहज भएको हो ।
म्याग्दीमा फलेको किबीले बजार पाएन
धौलागिरि गाउँपालिका–७ शिवाङको धौलागिरि कृषि तथा पशुुपन्छी फार्मका सञ्चालक ओमराज मगर बगैँचामा लटरम्म किबी फलेको देखेर जति खुसी हुनुहुन्छ त्योभन्दा बढी दुःखी किबीले बजार नपाएर बन्नुभएको छ ।
दोसल्ले गाउँबाट एक करोड ५० लाख बढीको सुन्तला बिक्री
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजाले यस वर्ष रु सात लाख ५० हजार बराबरको सुन्तला बिक्री गर्नुभएको छ । तीन सय ५० बोट सुन्तला लगाउनुभएका उहाँले गत वर्ष रु दुई लाख ५० हजारको मात्रै सुन्तला बिक्री गर्नुभएको थियो । सुन्तला उत्पादन वृद्धि भएसँगै सुन्तलाबाट आम्दानी बढेको उहाँले बताउनुभयो ।
शैक्षिक प्रणाली प्रविधिअनुकुल बनाउँछौं : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रविधिमैत्री सामुदायिक विद्यालय बनाउन जोड दिनुभएकोछ । लमजुङस्थित राइनास नगरपालिका —८ तार्कुघाटस्थित श्री वीरभक्ति माध्यमिक विद्यालयको ५७ औँ वार्षिकोत्सव तथा ५१ औं अभिभावक दिवस समारोहको उदघाटनका क्रममा मन्त्री गुरुङले सो कुरा बताउनुभएको हो ।
पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सवको तयारी
नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्याउन, बिवाइडी इन्टरनेशनल हट बेलुन महोत्सव हुने भएको छ ।
पुर्खाको पेसाबाट राम्रो आम्दानी
तनहुँका एक युवक पुर्खाको पेशाबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदारण बन्नुभएको छ। व्यास नगरपालिका–३ देउराली नगर निवासी भीमबहादुर बिकले आरन व्यवसायबाट मनग्य आम्दानी गर्दै आउनुभएको हो।
तनहुँ जलविद्युत आयोजना : प्रभावितको जीविकोपार्जनलाई मद्धत
तनहुँ जल विद्युत आयोजनाले प्रभावित तीन सयभन्दा बढीलाई जीविकोपार्जनकाे लागि मद्धत गरेको छ ।
पृथ्वी राजमार्गको जामुनेदेखि सेतीपुलसम्मको अवरोध हट्यो
पृथ्वी राजमार्गको पोखरा-मुग्लिन सडकखण्डको अन्तर्गत तनहुँको जामुने बजारदेखि पोखराको सेतीपुलसम्मको अवरोध हटेको छ ।
च्याङलिङको डोटीचौतारादेखि बिरुवाटार सडक कालोपत्रे हुँदै
गोरखाको पालुङटार नगरपालिका अन्र्तगत पर्ने डोटीचौतारा देखि बिरुवाटार सडक कालोपत्रे हुने भएको छ ।
प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भवतीलाई सहज
निसीखोला गाउँपालिका–३ को बोहोरा गाउँमा गर्भवती र सुसारेलाई लक्षित गरी प्रतीक्षा घर सञ्चालनमा आएको छ । बोहोरागाउँ स्वास्थ्यचौकी भवनसँगै सञ्चालनमा ल्याइएको प्रतीक्षा घरमा टाढाबाट आउने गर्भवती र सुसारे लाभान्वित भइरहेका छन् ।
स्याङ्जामा एक अर्ब १२ करोडको सुन्तला उत्पादन
सुन्तला उत्पादनमा अग्रणी जिल्ला स्याङ्जामा यस वर्ष एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय रुपियाँको सुन्तला उत्पादन गरेको छ ।
नार्पाभूमिको सेवा प्रवाह कोतोबाट
मनाङको उत्तरमा रहेको नार्पाभूमि गाउँपालिकाले सर्वसाधारणलाई प्रवाह गर्ने सेवा सदरमुकाम चामेको कोतोबाट सञ्चालन गर्ने भएको छ ।