बढ्यो चिसो, बेँसी झरे भेडाबाख्रा
चरनका लागि लेक तथा हिमाली भेग पुगेका भेडाबाख्राका बथान लेकबाट बेँसी झर्न थालेका छन् ।
पशुमा पूर्ण खोप कार्यक्रम कार्यान्वयन
पशुमा लाग्ने महामारीजन्य रोगको नियन्त्रणका लागि पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि संशोधनसहित कार्यान्वयन गरिएको छ ।
पर्यटकको पर्खाइमा टिटिताल
मुस्ताङको थासाङ गाउँपालिका–५ मा रहेको टिटीताल पर्यटकका पर्खाइमा छ । सडक यातायातको असुविधा र प्रचारप्रसारको कमीले टिटीताल ओझेलमा परेको हो ।
दुई वर्षमा सम्पन्न गर्नुपर्ने काम पाँच वर्षमा पनि पूरा भएन
निर्माण व्यवसायीले समयमै काम गरेको भए अहिले काठेखोला गाउँपालिकाको केन्द्रबाट वडा नम्बर ७ को रेशसम्म पुग्ने सडक कालोपत्र भइसक्थ्यो । गाउँपालिकाले पहिलोपटक रेश जाने सडक कालोपत्रका लागि २०७६ सालमा काम थाले पनि उक्त सडक अझै अधुरै छ ।
म्याग्दीमा बगैचाबाटै सुन्तला बिक्री
मालिका गाउँपालिका–७ बिमका किसानलाई बगैचाबाट सुन्तला बिक्री हुन थालेपछि बजार खोज्नुपर्ने झन्झट हटेको छ । बिमका विभिन्न टोलबस्तीमा व्यावसायिक सुन्तलाखेती गरेका किसानलाई अहिले सुन्तला बिक्री गर्न भ्याइनभ्याई छ ।
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्ड कालोपत्रका लागि गरिएको सम्झौता अवधिसकिएपछि मात्रै कामले गति लिएको छ । राष्ट्रिय गौरवको आयोजनाका कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्डको सम्झौता सकिएसँगै कामले तीव्रता पाउन थालेको हो ।
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका
जिल्लाको बन्दीपुर गाउँपालिकाले बन्दीपुर भ्रमण वर्ष २०२५ सफल बनाउन प्रचारप्रसार र प्रवर्द्धन सुरु गरेको छ । बन्दीपुर भ्रमण वर्ष सफल पारी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पालिकाले अभियान सञ्चालन गरेको हो ।
सालझण्डी–ढोरपाटन खण्डः १४ वर्षमा ३० प्रतिशत काम
सालझण्डी–ढोरपाटन खण्ड आयोजनाको काम १४ वर्षमा ३० प्रतिशत मात्र सम्पन्न भएको छ । पहाडी जिल्लालाई तराईसँग जोड्नका लागि विसं २०६७ देखि सुरु भएको आयोजनाको कामले गति लिन नसकेको हो ।
रविसहित ५१ जनालाई प्रतिवादी बनाउन सिफारिस
कास्की प्रहरीले सूर्यदर्शन सहकारीको ठगीबारे तीन महिनाभन्दा बढी समयको अनुसन्धानपछि सोमबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा प्रतिवेदन बुझाएको छ ।
पोखरामा पुस १० गतेदेखि थाई-बक्सिङ प्रतियोगिता हुने
शक-यान मुवाथाई क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धनमा यही पुस १० गतेदेखि १२ गतेसम्म थाई-बक्सिङ प्रतियोगिता गरिने भएको छ ।
कोदो उत्पादनमा वृद्धि
पछिल्लो समय स्याङ्जाका कृषकहरु कोदो उत्पादनतर्फ आकर्षित हुँदै गएका छन् । माग बढेसँगै कृषकहरु कोदो खेतीतर्फ आकर्षित भएका हुन् । राम्रो मूल्य पाउने र उत्पादन गर्न पनि सजिलो भएकाले कोदो खेती तर्फ आकर्षण बढेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।
शिक्षण पेशा छोडेर कृषिमा रमाउँदै गौली
शिक्षण पेशा छोडेर तनहुँकी एक महिला कृषिमा रमाउनुभएको छ । व्यास नगरपालिका–२ कालिका मार्ग निवासी कल्पना गौलीले कृषि पेशाबाट नाम र दाम दुबै कमाउनुभएको हो ।
माओवादीसँग एक्लै निर्वाचन लड्ने तागत छ : उपमहासचिव पुन
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले एक्लै निर्वाचन लड्ने तागत माओवादीसँग भएको बताउनुभएको छ । पछिल्लो स्थानीय तहको उपनिर्वाचनको मतपरिणाम हेर्दा गठबन्धन भन्दा एक्लै निर्वाचनमा जाँदा माओवादीलाई जनताको साथ मिलेको उहाँको भनाइ छ ।
बालबालिकालाई न्यानो कपडा वितरण
जाडो मौसम सुरु भएसँगै बालबालिकालाई न्यानो कपडा, झोला र शैक्षिक सामग्री वितरण गरिएको छ ।
एक हजार पाँच सय मिटर लामो सुरुङ छिचोलियाे
यहाँ निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको झण्डै एक हजार पाँच मिटर लामो सुरुङ छिचोलिएको छ ।
मनकामना केबलकार दुई दिन बन्द
मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ ।
नाका नखोले प्रदेश परिवर्तनको आन्दोलन गर्ने चेतावनी
सङ्घीय र प्रदेश सरकार परिवर्तन भएर नयाँ नेतृत्वमा आउने प्रायः मुख्यमन्त्री तथा मन्त्रीले गण्डकी प्रदेशको दैनिक जीवनसँग जोडिएको नवलपुरको दुम्कीबास–त्रिवेणी नाका अवलोकन गर्ने गरेका छन् ।
खानेपानी आउन थालेपछि स्थानीय दङ्ग
जन्मेदखि नै कुवाको पानी खान बाध्य बुलिङटार डाँडाझेरी धौवादीका ६७ वर्षीय नरवीर मस्राङ्गीमगर पहिलो पटक घरमै खानेपानीको धारा पुगेपछि दङ्ग पर्नुभएको छ ।
मुस्ताङमा स्याउ कुहिएर क्षति बेहोर्नुपर्ने समस्या हट्यो
मुस्ताङमा स्याउ भण्डारणका लागि चिस्यान गृह प्रभावकारी बनेको छ । चिस्यान गृह निर्माण भएपछि याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न लामो समय खुला ठाउँमा भण्डारण गरेर राख्दा स्याउ कुहिएर क्षति बेहोर्नुपर्ने समस्या हटेको छ ।
दूध बेचेरै मासिक एक लाख बढी आम्दानी
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका कृषकले दूध बिक्री गरेर मासिक रु एक लाख ५० हजार बचत गर्दै आएका छन् ।
गोलीकाण्डमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ
पश्चिम नवलपरासीको सुस्तामा गत बिहीबार साँझ भएको गोलीकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले तीनजना पक्राउ गरी आज सार्वजनिक गरेको छ।
मानव कल्याणका लागि ज्ञान महायज्ञ
नवलपुरको देवचुली –१५ प्रगतिनगरमा रहेको पशुपति साङ्गवेद आवासीय माध्यमिक विद्यालयमा धर्मप्रतिको जागरण तथा मानव कल्याणका लागि ज्ञान महायज्ञ गरिएको छ ।
पाखाबारीमा फुलेको तोरी
बागलुङको गलकोट नगरपालिका–६ नेपाने गाउँमा पाखाबारी फूलेको तोरी ।
तनहुँ जलविद्युत् आयोजनाको एक हजार चार सय ९३ मिटर लामो सुरूङ निर्माण
तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक)बाट सुरू भई पेनस्टक पाइप रहने स्थानसम्मको एक हजार चार सय ९३ मिटर लामो सुरूङ ‘ब्रेक थ्रो (छिचोलेको) छ । मुख्य सुरूङबाट गएको पानीलाई दुई सय १३ मिटर लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युतगृहमा खसाली विद्युत् उत्पादनका लागि कङ्क्रिट लाइननिङ कार्य भइरहेको छ ।