• १ पुस २०८१, सोमबार

मनकामना केबलकार दुई दिन बन्द

blog

फाइल तस्बिर ।

गुणबहादुर रोका

सुलीकोट, पुस १ गते । मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै पुस १ र २  गते मनकामना केबुलकार मर्मत सम्भारका लागि सेबा बन्द गरिने भएको हो । 

मनकामनना केबुलकारको टाबरको मर्मत सम्भार गर्नुपर्नु भएकाले २ दिनको लागि बन्द गरिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जल सेरचानले जनाकारी दिनुभयो । उहाँका अनुसार वटम स्टेशन स्थित रेस्टुरेन्ट सेबा भने यथाबत रुपमा सञ्चालन हुने उहाँले बताउनुभयो ।

२०५५ सालदेखि गोरखाको मनकामनामा मन्दिरमा १० मिनेटको बाटोबाट दर्शनर्थीलाई सहजता होस् भन्ने उदेश्यले मनकामना केबुलकार सञ्चालनमा ल्याईएको हो । २६ वर्ष अघि जडित प्रविधिलाई प्रतिस्थापना गरेर अहिलेको बिश्वमा प्रचलित आधुनिक प्रविधि जडान गरेर स्तरन्नति गर्ने कार्य सम्पन्न भए पछि पुन एक पटक त्यसको मर्मत कार्य गर्नुपर्र्ने भएकाले २ दिन बन्द गरिएको मनकामना केबलकार प्रालिले जनाएको छ । 

दुई दिन केबलकार बन्दले दर्शनर्थीलाई परेको असुबिधा प्रति मनकामना केबुलकारले क्षमायाचन गर्दै पुस ३ गतेबाट पुन सञ्चालनमा ल्याईने मनकामना दर्शन प्रालिका प्रबन्धक सेरचनको भनाइ छ ।