हिउँविहीन हिमाल
म्याग्दी, पुस ६ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीबाट देखिएको हिउँ विहीन बनेको निलगिरी हिमालको दृश्य । पुस महिनालाग्दा समेत हिउँ नहुँदा हिमाल उजाड देखिन थालेको छ । तस्बिरः रासस
दुलेगौंडा– लामा गाउँ सडक बन्द
दुलेगौंडा– लामा गाउँ सडक शनिवार देखि बन्द गरिएको छ । स्तरोन्नतिको कामको लागि शुक्ल गण्डकी नगरपालिकाले बन्द गरेको हो ।
पूर्वराष्ट्रपति भण्डारीद्वारा आलमदेवीमा पूजाआजा
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल आलमदेवी मन्दिरमा पूजाआजा गर्नुभएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका –३ लसर्घामा अवस्थित मन्दिरमा उहाँले आज वैद्धिक विधिपूर्वक पूजाआजा गर्नुभएको हो ।
गोरखा उद्योग बाणिज्य संघको अध्यक्षमा मास्के
गोरखा उद्योग वाणिज्य संघको अध्यक्षमा भगवानबावु मास्के निर्विरा्ेध चयन हुनुभएको छ । गोरखा उद्योग बाणिज्य संघको ४९ औ बार्षिक साधारणसभा तथा १७ औ अधिबेशनमा मास्केको नेतृत्वमा कार्यसमिति निर्विरोध चयन भएको हो ।
जिबीसहित १९ जनालाई थप अभियोग, रविविरुद्ध आइतबारमात्रै
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा यसअघि अदालतबाट मुद्दा चलेका जिबी राईसहित १९ जनाविरुद्ध पूरक अभियोग दर्ता भएको हो । जिल्ला अदालत कास्कीका निमित्त श्रेस्तेदार खेमनारायण लामिछानेले यसअघि सहकारी ठगीमा मात्र मुद्दा चलाइएको सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण थपिएको जानकारी दिनुभयो ।
रक्त सञ्चार केन्द्र सञ्चालनका लागि अक्षयकोष स्थापना
नेपाल रेडक्रस सोसाइटी तनहुँले रक्त सञ्चार केन्द्रको दिगो रुपमा सञ्चालनका लागि अक्षयकोष स्थापना गरेको छ ।
आगालागीबाट १५ लाख बराबरको क्षति
स्याङ्जाको भिरकोट नगरपालिका–१ मा भएको आगलागीबाट १५ लाख बराबरको क्षति भएको छ भने एक जना घाइते भएका छन् ।
अनलाइनबाटै नागरिकता सिफारिस
तनहुँका पालिकाका वडाहरुबाट नागरिकताको सिफारिस अनलाइनबाटै हुने भएको छ ।
बाढी प्रभावित विद्यालयमा शैक्षिक सामग्री वितरण
असोज १२ गते नारायणी नदीमा आएको बाढीले क्षति पुर्याएकाे मध्यविन्दु नगरपालिका–१५ को बालसिद्ध आधारभूत विद्यालयको मर्मत गरि अध्यापन सुरु गरिएको छ ।
धारिलो हतियार देखाई चोरी गर्ने तीन पक्राउ
पोखरामा हतियार देखाएर लुट्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
१० औं राष्ट्रिय खेलकुद : खेलाडी दर्ता पुस ९ गतेसम्म
गण्डकी प्रदेशका ११ वटै जिल्लामा पुस ९ गतेसम्म खेलाडी दर्ताका लागि आह्वान गरिएको छ । १० औं राष्ट्रिय खेलकुदको पूर्व तयारीका लागि परिषदले बोलाएको प्रारम्भिक छलफलमा प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले उक्त जानकारी दिनुहुँदै राष्ट्रिय खेलकुदको नयाँ निर्देशिका अनुसार दर्ता नभएका खेलाडीहरु सहभागि बन्न नपाउने बताउनुभयो ।
पृथ्वीराजमार्ग विस्तार : पश्चिम खण्डको एक वर्ष म्याद थप
विस्तारका क्रममा रहेको पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक योजना अन्तर्गत पश्चिम खण्डको दोस्रो पटक म्याद थप भएको छ।
पूर्वराष्ट्रपति भण्डारीलाई स्याङ्जामा स्वागत
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई आज स्याङ्जाका विभिन्न स्थानमा स्वागत गरिएको छ ।
सामुदायिक वनको सामूहिक धानखेती
तनहुँको म्याग्दे गाउँपालिकाअन्तर्गत साविक जामुने गाविसमा रहेका १३ वटा सामुदायिक वन उपभोक्ता समूहले सामूहिक धानखेती गरेका छन् । वडा नम्बर १ को गुणादी फाँटमा ती वन समूहले सामूहिक रूपमा धानखेती गरेका हुन् ।
पर्यटकीय गाउँ सिक्लेस
कास्की, पुस ५ गते । कास्की जिल्लाको मादी गाउँपालिकास्थित ऐतिहासिक तथा पर्यटकीय गाउँ सिक्लेस र मनोरम हिमशृङ्खलाको दृश्य । समुद्री सतहबाट दुई हजार मिटरको उचाइमा अवस्थित गुरुङ जातिको उद्गमस्थल सिक्लेसमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ । तस्बिरः रासस
बिहुँकाे सुन्तला बगान
गण्डकी, पुस ५ गते । बागलुङको काठेखोला गाउँपालिका ६ बिहुँमा रहेको सुन्तला बगान । बिहुँ सुन्तला उत्पादनका लागि राम्रो क्षेत्र मानिन्छ । तस्बिरः रासस
मुग्लिन –पोखरा सडक : पश्चिम खण्डको दोस्रो पटक म्याद थप
मुग्लिन –पोखरा सडक योजना (पश्चिम खण्ड) को म्याद दोस्रो पटक थप गरिएको छ । पृथ्वी राजमार्गलाई विस्तार गर्ने काम जारी भइरहेकामा जामुनेदेखि पोखरासम्मको उक्त खण्डमा दोस्रो पटक म्याद थप गरिएको हो ।
अवैध गतिविधि गर्नेलाई कारबाही
चितवन राष्ट्रिय निकुञ्जमा मङ्सिर महिनामा मात्रै दुई वटा गैँडा र एउटा बाघको मृत्यु भएको छ ।
उत्पादनसँग प्रविधिलाई जोड्न शैक्षिक मेला
लोप हुँदै गएको परम्परागत सिप र नयाँ प्रविधिको विकासको बारेमा पूर्वी नवलपरासीको देवचुलीका विद्यार्थीले प्रदर्शनी गरेका छन् ।
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
वैदेशिक रोजगारीमा चार वर्ष काम गरेर घर फर्कदा म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाका ५३ वर्षीय तिलक गुरुङलाई पाँच जना छोराछोरी पढाउने र घरव्यवहार कसरी चलाउने भन्ने चिन्ता थियो ।
बेनीमा माटोको गुणस्तरमा ह्रास
बेनी नगरपालिकाको खेतीयोग्य जमिनमा माटोको गुणस्तरमा ह्रास आएको छ । नगरपालिकाको कृषि शाखाले गरेको माटोको नमूना परीक्षणका क्रममा अम्लियपना बढेको र गुणस्तर घटेको पाइएको हो ।
म्याग्दीमा आलु प्रवर्द्धन कार्यक्रम : आठ सय रोपनीमा खेती विस्तार
म्याग्दीमा आठ सय रोपनी बढी जमिनमा हिउँदे आलुखेती विस्तार गरिएको छ । नगदे बालीका रुपमा जिल्लामा रहेका एक नगरपालिका र पाँचवटै गाउँपालिकामा व्यावसायिक रुपमा आलुखेती हुने गरेको छ ।
पाल्हीनन्दनको आयुर्वेद औषधालय भवन उपयोगविहीन
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–४ मा रु ४० लाख लागतमा निर्माण गरिएको पाल्ही आयुर्वेद औषधालय भवन उपयोगविहीन भएको छ ।
लमजुङ जिल्लाबाट डिजिटल फ्रेमवर्क सुरु गर्दैछु : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङ जिल्लालाई यो वर्ष पूरै सूचना प्रविधि मैत्री बनाउने बताउनु भएको छ । नेपाल सरकारको डिजिटल फ्रेमवर्कको उद्देश्य पूरा गर्ने सुरुवाती थलोको रुपमा आफ्नै गृह जिल्ला लमजुङबाट सुरु गर्न लागिएको जानकारी दिनुभयो ।