• ५ पुस २०८१, शुक्रबार

उत्पादनसँग प्रविधिलाई जोड्न शैक्षिक मेला

blog

कावासोती समाचारदाता

कावासोती, पुस ५ गते । लोप हुँदै गएको परम्परागत सिप र नयाँ प्रविधिको विकासको बारेमा पूर्वी नवलपरासीको देवचुलीका विद्यार्थीले प्रदर्शनी गरेका छन् । विद्यार्थी सिप मेलाका कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीले प्रदर्शनी स्थलमा नै खानाका विभिन्न परिकार बनाउने, हलो बनाउने, डोको बुन्ने, गुन्द्री बुन्ने, टपरी गाँस्ने, ढकिया बनाउने, भजन गाउने जस्ता सिपमूलक कामको प्रदर्शनी गरेका थिए । 

विद्यार्थीबाट आयोजना गरिएको मेलामा राखिएको नयाँ प्रविधिको स्मार्ट सिटी, दु्रत गतिको इन्टरनेट, फोहोर व्यवस्थापनको नयाँ प्रविधिको प्रदर्शनीमा अभिभावक तथा जनप्रतिनिधिको ध्यान खिचेको थियो । देवचुलीमा रहेको नवआधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत छात्रा रिसव भुसालले फोहोरबाट जैविक मल उत्पादन गरी बिरुवा उत्पादन गरेको बताउनुहुन्छ । आफूले खाने धेरै भएको खाजा र विद्यालयमा रहेको करेसाबारीबाट फालिएका झारपात कुहिने वस्तु जम्मा गरी जैविक मल उत्पादन गरी बिरुवा उत्पादन गरेर प्रदर्शनीमा ल्याएको बताउनुभयो । 

उहाँ र उहाँको समूहले खुर्सानीका बिरुवा उत्पादन गरेको बताउनुभयो । त्यस्तै विश्वज्योति माध्यमिक छात्रा नम्रता सिग्देल मकैबाट विभिन्न परिकार बनाएको बताउनुभयो । मैदाबाट बनेका चाउचाउ, चाउमिन र मम खाइरहेको भए पनि फरक स्वाद र स्वास्थ्यलाई पनि हानि नपु¥याउने भएकाले मकैबाट लड्डु, मम, बिस्कुट, पिज्जा, चटपटेलगायतका खानाका परिकार बनाएको बताउनुभयो । विद्यालयमा अतिरिक्त क्रियाकलापमा बनाउने गरेको भए पनि आफूले सिकेको सिपलाइ मेलामार्फत देखाउन पाउँदा खुसी लागेको मेलामा सहभागी विद्यार्थीले बताएका छन् ।

आफ्नै हातले पराम्परागत सिपलाई जगेर्ना गर्नुका साथै नयाँ प्रविधिको आविष्कार गर्ने अवसर विभिन्न विद्यालयबाट नै पाउने हुँदा नगरपालिकाले लिएको झोलाविहीन शुव्रmबारको प्रभावकारिताबारे बुझ्नका लागि पनि सिप मेलाको आयोजना गरिएको देवचुली शिक्षा शाखा प्रमुख रामप्रसाद शर्माले बताउनुभयो ।

नगरप्रमुख हरिप्रसाद न्यौपानेले विद्यार्थीको सिप, कला र अनुभवलाई सम्पूर्ण नागरिक माझ पु¥याउने उद्देश्यका साथ सिप मेलाको आयोजना गरिएको बताउनुभयो ।