पोखरामा राखियो ‘आँखा बा’को प्रतिमा
पोखराको हिमालय आँखा अस्पतालमा ‘आँखा बा’ उपनामले परिचित प्रा.डा. रामप्रसाद पोखरेलको प्रतिमा अनावरण गरिएको छ ।
क्यामिनकोट भैरव मन्दिर
तनहुँ, मङ्सिर २८ गते ।प्रचारप्रसारको अभावमा रहेको तनहुँको व्यास नगरपालिकाको टाकुरामा अवस्थित क्यामिनकोट भैरव मन्दिर । तस्बिरः रासस
स्याउको व्यापार
मुस्ताङ, मङ्सिर २८ गते । मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै बिक्रीका लागि सडक किनारामा राखिएका स्याउका पोकाहरु । तस्बिरः रासस
मुग्लिन–पोखरा सडक पाँच दिन अवरुद्ध हुने
मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिन सडक अवरुद्ध हुने भएको छ ।
चौध करोडमा कुश्मा नगरपालिकाको भवन बन्दै
कुश्मा नगरपालिकाले रु. १४ करोडको लागतमा पालिका भवन निर्माण सुरु गरेको छ । नगरप्रमुख रामचन्द्र जोशीले बिहीबार भवनको शिलान्यास गर्नुभयो । आगामी १५ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
जन्मदेखि मृत्युसम्मै स्थानीय सरकार
लमजुङको सुन्दरबजार प्राकृतिक सौन्दर्यले भरिपूर्ण नगरपालिका हो ।
जलवायु परिवर्तन चुनौतीपूर्ण
जलवायु परिवर्तनका कारण देशभरि असर परेको अनुभव गरिँदै आएकोमा अन्नपूर्ण क्षेत्रमा भने अनेक चुनौती देखिएको सरोकारवालाले औँल्याएका छन् ।
प्रविधिसँग जोडिन थाले दुग्ध उत्पादन किसान
परम्परागत रूपमा पशुपालन गरी दुग्ध उत्पादन गर्दै आएका बागलुङका किसान आधुनिक प्रविधिसँग जोडिन थालेका छन् । जिल्लाको काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका एक हजार छ सय जना किसान प्रविधिको प्रयोग गरी दुग्ध उत्पादनमा लागेका हुन् ।
लामिछानेविरुद्धको अनुसन्धान अन्तिम चरणमा
सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलगायत माथि जारी अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।
मुस्ताङको झोङ न घाङ ‘शान्ति पार्क’ मा स्याउको प्रतिमा
मुस्ताङको घरपझोङ गाउँपालिका–३, स्याङ गाउँमा अवस्थित झोङ न घाङ शान्ति पार्क’मा स्याउको प्रतिमा र आसपास क्षेत्र ।
कालीगण्डकी कोरिडोर : पहिरोग्रस्त क्षेत्रमा निर्माण रोकियो
गण्डकी प्रदेशलाई उत्तरबाट दक्षिण जोड्ने प्रमुख राजमार्गको रूपमा निर्माण भइरहेको कालीगण्डकी कोरिडोरको नवलपुर खण्ड (पहिरोग्रस्त क्षेत्रबाहेक) निर्माण सम्पन्न भएको छ ।
‘क्रप कटिङ’ विधिद्वारा धान उत्पादनको अध्ययन
म्याग्दीमा यस वर्ष धानको उत्पादन बढेको छ । गत वर्षको तुलनामा पाँच दशमलव शून्य दुई प्रतिशतले धानको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र, म्याग्दीले जनाएको छ ।
रवि लामिछाने थप पाँच दिन थुनामा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित पाँच जनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गरिने भएको छ ।
वृद्धाभत्ताको रकम आश्रमलाई
तनहुँको वृद्धा बुढेसकालमा पनि सामाजिक काममा सक्रिय हुनुहुन्छ । व्यास नगरपालिका–१२ कमलबारी निवासी ९० वर्षीय बालकुमारी पन्थले सामाजिक सुरक्षाभत्ता(वृद्धाभत्ता) रकम बुझेर सामाजिक काममा खर्च गर्दै आउनुभएको छ ।
म्याग्दीमा भेटियो दुर्लभ रेड पान्डा
हिमाली जिल्ला म्याग्दीको धवलागिरि गाउँपालिका–३, मुनाको बन्चरेडाँडा क्षेत्रमा विश्वमै दुर्लभ वन्यजन्तु रेड पान्डा (हाब्रे) भेटिएको छ ।
रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगिँदै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित पाँच जनालाई म्याद थपका लागि बिहीबार कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । यसअघि मङ्सिर २३ गते थपिएको चार दिनको म्याद बुधबार सकिएपछि लामिछानेलाई अदालत लैजान लागिएको हो ।
पहाडी सडकको दुर्दशा : सैँतिस वर्षमा पनि भएन स्तरोन्नति
पूर्वी नवलपरासीको पहाडी गाउँपालिका जोड्ने दलदले–धौवादी सडक निर्माण सुरु भएको ३७ वर्ष पुग्यो तर अहिलेसम्म सडक स्तरोन्नति हुने कुनै छाँटकाट देखिँदैन ।
किताब बोक्न नपर्दा विद्यार्थी खुसी
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा रहेको नमुना सरकारी विद्यालयले विद्यालय जाँदा किताब बोक्नै नपर्ने अवधारणा ल्याएपछि विद्यार्थी खुुसी भएका छन् ।
धौलागिरि हिमाल
म्याग्दी, मङ्सिर २७ गते । धौलागिरि आइसफल पदमार्ग अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मिजा गाउँबाट बुधबार देखिएको धौलागिरि हिमालको मनोरम दृश्य । तस्बिरः रासस
रायडाँडा पुग्न ४० करोडको लागतमा पक्की सडक बन्दै
बागलुङ नगरपालिकामा सबैभन्दा दुर्गम मानिएको रायडाँडा विस्तारै सुगम बन्दैछ । यसका लागि सडक पूर्वाधार विकास र विस्तारको काम भइरहेको छ । यहाँ विसं २०६० मा सडकको ट्रयाक पुगेको रायडाँडा बागलुङ बजारबाट १९ किलोमिटर टाढा रहेको छ ।
निर्माणाधीन पुल
तनहुँ, मङ्सिर २७ गते । तनहुँको बन्दीपुर गाउँपालिका–४ र भानु नगरपालिका–१ भन्सार जोड्ने चुँदी खोलामाथि निर्माण हुँदै गरेको पुल । गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रु. दश करोड दश लाख ९१ हजार एक सय ६६ को लागतमा पुल निर्माण सुरु गरिएको हो । तस्बिरः रासस
माम्ती गुफा
मुस्ताङ, मङ्सिर २७ गते । मुस्ताङको घरपझोङ गाउँपालिका २ मार्फास्थित माम्ती गुफा । प्राकृतिक सुन्दरताले अत्यन्तै रमणीय, आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल र सडकको नजिकै रहेको यो गुफालाई स्थानीय जनप्रतिनिधि र मार्फा गाउँका अग्रजहरुको पहलमा रङरोगन गरी थप आकर्षक बनाइएको छ । तस्बिरः रासस
अन्नपूर्ण फेरोका सत्ताइस गाउँमा घरबास
पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण फेरोका २७ गाउँमा घरबास (होमस्टे) व्यवसाय सञ्चालनमा छ ।
सुन्तलाखेतीबाट मनग्य आम्दानी
तनहुँको देवघाट गाउँपालिका–३ का कृषक सुन्तला बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् ।