ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु
लमजुङमा सोमबार दिउँसो ३:४५ बजे विवाहको समान लिएर गएको ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
आगामी चुनावमा माओवादी एक्लै लड्छ : उपमहासचिव पुन
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी २०८४ को निर्वाचनमा माओवादी केन्द्र पाटी एक्लै चुनाव लड्ने बताउनुभएको छ ।
'गैँडा स्थानान्तरण गर्न पाइँदैन'
चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर (नवलपुर क्षेत्र) बाट थप चारवटा गैँडा स्थानान्तरण गरी पूर्वी सेक्टर (सौराहा) लैजाने तयारी गरिएको भन्दै यहाँका सरोकारवाला एक ठाउँमा उभिएर प्रतिवाद गर्ने भएका छन् ।
‘सरकारले सुशासनका पक्षमा काम गर्नुपर्छ, हाम्रो साथ रहन्छ’
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले सुशासनका पक्षमा काम गर्नुपर्ने बताउनुभएको छ ।
पुल निर्माण गर्न प्रशासनलाई गुहार
कालीगण्डकी कोरिडोरको गैँडाकोट–बुलिङटार जोड्ने तरङ्गाखोलामा पक्की पुल निर्माणको ठेक्का पाएको ठेकेदार चार वर्षदेखि पुल निर्माणको काम नगरी बेपत्ता भएको भन्दै स्थानीयले प्रशासन गुहारेका छन् ।
गाउँ फर्किए पहिरो विस्थापित
गोरखाको बारपाकमा २०७२ साल वैशाख १२ गते शनिबार गएको महाविनाशकारी भूकम्पले बारपाक सुलीकोट गाउँपालिका–४ स्थित खारुङ गाउँ नै तहसनहस बनाएको थियो ।
बाँदरले सुन्तला नष्ट गर्न थालेपछि कृषक चिन्तित
अन्नपूर्ण गाउँपालिका–६ घारका किसानलाई बाँदरबाट सुन्तला जोगाउन गाह्रो भएको छ । पहेँलपुर भई टिप्ने मिल्ने भएका सुन्ताला बाँदरले नष्ट गर्न थालेपछि आफूहरु समस्यामा परेको किसान ठाकुरप्रसाद बरुवालले बताउनुभयो ।
मायाको चिनो ‘रायो साग’
आइतबार गण्डकी प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापा र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठसहितका अतिथि बजारदेखि रायडाँडा गाउँलाई बालमैत्री वडा घोषणा गर्न पुगेका थिए ।
भेटियो दुर्लभ स्तनधारी रेडपाण्डा
हिमाली जिल्ला म्याग्दीको धवलागिरी गाउँपालिका–३, मुनाको बन्चरेडाँडा क्षेत्रमा विश्वमै दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे) भेटिएको छ । म्याग्दी जिल्लाको धार्मिक पर्यटकीय स्थल मालिका धुरीबाट फर्किने क्रममा धवलागिरी गाउँपालिकाका कर्मचारी तेजिन्द्र मगरले रेडपाण्डाको तस्बिर र भिडियो खिच्नु भएको हो ।
पर्यटक लोभ्याउँदै आकर्षक छोङ्या ताल
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ स्थित रहेको छोङ्या ताल । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको सो ताल कागबेनीबाट नजिक पर्दछ । स्थानीयका अनुसार छो भनेको ताल र ङ्या भनेको माथि हो ।
मर्यादाक्रम मिचिएको भन्दै नेताहरुविच जुहारी
गैँडा संरक्षण समन्वय समितिको आयोजना र जिल्ला समन्वय समितिको समन्वयमा भएको एक दिने कार्यशाला गोष्ठीमा नेताहरुविचको मर्यादाको विषयलाई लिएर जुहारी चलेको छ ।
‘ती दिनहरु’ कृति लोकार्पित
साहित्यिक इतिहासमा विशेष महत्वपूर्ण अर्थ राख्ने कृति लोकार्पण तथा अक्षयकोष घोषणा गरिएको छ । गल्याङ नगरपालिका –११ दिमीकमा आयोजित कृति लोकार्पण तथा अक्षयकोष घोषणा कार्यक्रममा स्वर्गीय नारायणप्रसाद ज्ञवालीद्वारा लेखिएको मिलन समिरद्वारा सम्पादन गरिएको ‘ती दिनहरु’ को लोकार्पण गरिएको हो ।
रवि लामिछाने थप चार दिन हिरासतमा
जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित पाँच जनालाई थप चार दिन थुनामा राख्न अनुमति दिएको छ।
नेवाःसंस्कृतिको पुस्तान्तरण गर्न यःमरी उत्सव
लेखनाथ नेवा खलको आह्वान एवं लेखनाथ नेवा मिसा पुचको आयोजनामा आगामी पुस ६ गते पोखरा महानगरपालिका–३० मा यःमरी उत्सव गरिने भएको छ ।
माघे सङ्क्रान्तिमा म्याग्दी महोत्सव हुने
आगामी माघे सङ्क्रान्तिको अवसर पारेर म्याग्दी उद्योग वाणिज्य सङ्घले म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेला–२०८१ को आयोजना गर्ने भएको छ ।
काम छिटो सक्न माग गर्दै चक्काजाम
पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम छिटो सक्न माग गर्दै स्थानीयले नवलपुरको कावासोती–१६ डन्डामा आधा घण्टा चक्का जाम गरेर सडक अवरुद्ध गरेका छन् ।
लिदिखोलाको मोटरेबल पुल सञ्चालनमा
मोदी गाउँपालिका–६ तिलाहारमा रहेको लिदिखोलामा बनेको मोटरेबल पुल सञ्चालनमा आएको छ । गत भदौमा निर्माण सम्पन्न भएको पुल गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले शनिबार उद्घाटन गर्नुभयो ।
सामुदायिक वनमा पार्क निर्माण गरिँदै
पर्वतको सदरमुकाम कुश्माका स्थानीय युवाहरु सामुदायिक वनमा पार्क निर्माण गर्न गर्न थालेका छन् । कुश्मा नगरपालिका ५ र ६ का पर्वत मिलन क्लवमा आवद्ध युवाहरु वडागाउँ सामुदायिक वनभित्र पार्क निर्माण गर्न सक्रिय भएका हुन् ।
बेनी–पुलाचौर सडक कालोपत्र
बेनी–पुलाचौर पाँच किलोमिटर सडक रु ८२ लाखको लागतमा पक्की बनाइएको छ । बेनी– अर्थुङ्गे–बाँसबोटसम्म पाँच किलोमिटर खण्डमा कालोपत्र र ढलान भएको हो ।
गलकोटका दुई सडक कालोपत्र गरिँदै
सङ्घीय सरकारको एकीकृत सहरी पूर्वधार विकास कार्यक्रमअन्तर्गत गलकोट नगरपालिका–२ को नरेठाँटीबाट दुदिलाभाटीसम्मको दुई किलोमिटर र वडा नम्बर ३ को हटिया बजारबाट कोटघरसम्मको एक किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्र गर्न थालिएको हो ।
वामपन्थी एक भएमात्र देश विकास हुन्छः महासचिव गुरुङ
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले वामपन्थी शक्तिहरू एक भएमात्र देशको विकास सम्भव हुने बताउनुभएको छ । आज जिल्लाको दुधपोखरी गाउँपालिकामा स्थानीय पालिका कमिटीको तेस्रो सम्मेलन उद्घाटन गर्नुहुँदै उहाँले वामपन्थीहरू एकताबद्ध भएर राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।
जेसीजकप फुटबल प्रतियोगिताको बिजेता माउन्ट एभरेष्ट
म्याग्दी जेसीजको आयोजनामा आयोजित अन्तरमाध्यमिक विद्यालय (कक्षा १० सम्म) स्तरीय फुटबल प्रतियोगिताको उपाधि बेनी नगरपालिका–८ को माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले जितेको छ ।
उपप्रधानमन्त्री सिंहद्वारा महायज्ञको शुभारम्भ
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्याङ्जालाई कालीगण्डकीमा सञ्चालित महायज्ञको शुभारम्भ गर्नुभएको छ।
सडक विस्तार छिटो सक्न माग गर्दै चक्का जाम, ठेकेदारले तिर्यो आठ करोड
पूर्वपश्चिम राजमार्गको नारायणघाट-बुटवलसडक खण्ड विस्तारको काम छिटो सक्न माग गर्दै स्थानीयले नवलपुरको कावासोती १६ डण्डामा आधा घण्टा चक्का जाम गरेर सडक अवरुद्ध गरेका छन्।