अमरराज नहर्की
तनहुँ, पुस ३ गते । पृथ्वी राजमार्गको पोखरा-मुग्लिन सडकखण्डको अन्तर्गत तनहुँको जामुने बजारदेखि पोखराको सेतीपुलसम्मको अवरोध हटेको छ ।
स्तरोन्नति कार्य अन्तर्गत मङ्सिर २८ गतेदेखि गरिएको अवरोध पाँच दिनबाट हटेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी अशोक थापाले जानकारी दिनुभयो ।
कोत्रेखोलाको पुलसम्म स्तरोन्नति हुने भएकोले सडक प्रयोगकर्तालाई हुनसक्ने जोखिम तथा यातायात आवागमनमा समेत बाधा पर्न जाने देखिएकोले पाँच दिन बन्द गरिएकोमा आजबाट सुचारु गरिएको उहाँले जानकारी दिनुभयो ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सवारी आवागमन बन्द गरिएको थियो । अवरोध हटेपछि यात्रुलाई आवतजावतका लागि सहज भएको छ ।