केराको बजारीकरण गर्दै कालीगण्डकी गाउँपालिका
माटो सुहाउँदो खेती गर्दै पालिकालाई आर्थिक रुपमा सबल बनाउन विभिन्न क्रियाकलाप गर्दै आएको कालीगण्डकी गाउँपालिकाले उत्पादनलाई पालिकाभित्रै खपत गर्ने नीति अगाडि सारेको छ ।
पर्यटक आकर्षित गर्न नारायणीमा डुङ्गा सफारी
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को शिख्रौलीबाट नारायणीमा पर्यटकका लागि डुङ्गा सफारी सञ्चालन गरिने भएको छ ।
मौरी चरन क्षेत्र बन्दै तनहुँ
मौरीको चरनका लागि तनहुँमा उपयुक्त तापक्रम भएका कारण यहाँ चरनका लागि मौरी ल्याउने गरिएको छ । मौरीको चरनका लागि २० देखि ३५ डिग्री सेन्टिग्रेडसम्म उपयुक्त मानिन्छ ।
पहिराेले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध
पहिराेले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध भएको छ । आज बिहान लमजुङ र मनाङ जोड्ने यस सडकखण्डअन्तर्गत खरखरेभिर, हवाईडाँडा, बक्स कटिङ र च्याम्चेमा गएको पहिराले सडक पुनः अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ ।
बाढीले क्षति पुर्याएको कागबेनीको पुनःनिर्माण थालियो
गलेश्वर (म्याग्दी), भदौ ३ गते । गत आइतबार साँझ कागखोलामा आएको बाढीले क्षति पुर्याएको मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ मा पर्ने धार्मिकस्थल कागबेनीको पुनःनिर्माण थालिएको छ । समयमै सूचना पाएका कारण मानवीय क्षति हुनबाट जोगिएको भए पनि तिनै जोगिएका स्थानीयवासीलाई गाँस र बासको समस्या भएको छ । घरसहित बन्दोबस्तका सामान खोलाले बगाएपछि समस्यामा परेका कागबेनीवासीको सहयोगका लागि गण्डकी प्रदेश सरकार, विभिन्न दातृ निकाय र मनकारी व्यक्ति जुटिरहेका छन् भने मुस्ताङवासीले विपत्तिमा परेका कागबेनीवासीको व्यवस्थापन र पुनःनिर्माणमा श्रमदान गरिरहेका छन् ।गण्डकी प्रदेश सरकारले बाढीपीडित बनेका नागरिकलाई राहत सामग्रीसहित उद्धार, उपचार र पुनःस्थापनाको काम गर्न सुरु गरेको छ । घरबारविहीन भएका कागबेनीवासीको दैनिकी असहज बनेपछि भत्किएको संरचना व्यवस्थित गर्न मेसिन, उपकरण तथा सवारीसाधनका लागि प्रदेश सरकारले इन्धनलगायतका सामग्री पठाएर काम गरिरहेको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन नामगेल गुरुङले जानकारी दिनुभयो ।त्यसैगरी प्रदेश सरकारले टेन्ट, त्रिपाल, ब्ल्याङ्केट पठाउने, बाढीपहिरो क्षेत्रमा हुनसक्ने खानेपानी आपूर्ति, स्वास्थ्य सेवा, खाद्यान्न आपूर्ति, यातायात व्यवस्थापन, कृषि र पशुजन्य क्षति व्यवस्थापन, भू–संरक्षणलगायतका काम गरिरहेको उहाँले बताउनुभयो । कागबेनीको पुनःनिर्माणका लागि मुस्ताङका विभिन्न गाउँ, बस्ती, क्लब, स्थानीय समूह, फरक–फरक स्थानीय तह, जिल्ला समन्वय समितिलगायतले काम गरिरहेका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । स्थानीय नागरिकसँगै सुरक्षाकर्मी पनि कागबेनीवासीको पुनःस्थापनाका लागि दैनिकरूपमा खटिरहेका छन् । स्थानीय जनप्रतिनिधिसहित सांसद बसेर बाढीपीडितका लागि गर्न सकिने विकल्पको बारेमा योजना बनाउने र सोहीअनुरुप अघि बढ्ने काम भइरहेका उहाँले जानकारी दिनुभयो ।राहत तथा उद्धारमा आ–आफ्नो तह र तप्काबाट सक्दो आर्थिक तथा भौतिक सहयोगका लागि सङ्घ, प्रदेश र स्थानीय सरकार मातहतका निकायलगायत सबै सरकारी तथा गैरसरकारी सङ्घसंस्था, देश–विदेशमा रहेका नेपालीहरूमा अनुरोध गरिएको छ ।आर्थिक सहयोगका लागि वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको प्रभु बैंकमा रहेको ‘स्थानीय तह प्रकोप व्यवस्थापन कोष खाता’को खाता नं २०८०१५१४१२७००२२१ मा रकम जम्मा गर्न सकिने गाउँपालिकाले जनाएको छ ।बाढीले कागबेनीका २९ घर पूर्ण क्षति भएका छन् भने १३ घर र जनशान्ति माविको भवनमा आंशिक क्षति भएको छ । दुईपाङ्ग्रे १६ र चारपाङ्ग्रे दुईवटा गरी १८ सवारीसाधन, एउटा एक्स्काभेटर, कागबेनी–माथिल्लो मुस्ताङ जोड्ने एउटा मोटरेबल पक्की पुल, कागबेनी–तिरी जोड्ने एउटा झोलुङ्गे पुल, तीनवटा काठेपुल, एउटा सानो पक्की पुल, नौवटा गोठसहित करिब ३२ वटा चौपाया बाढीमा बगेका जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । यसैगरी गाउँपालिकाको ४ नं वडाको वडा कार्यालय, इलाका प्रहरी चौकी, कागबेनी श्राद्धस्थलको मन्दिर तथा आवास क्षेत्र बगाएको छ । रासस
स्याङ्जा अस्पतालले बल्ल पायाे डाक्टर
पुतलीबजार नगरपालिका ३ कुमाल गाउँमा रहेको स्याङ्जा जिल्ला अस्पतालले साढे नौ महिनामा मेडिकल सुपरिटेन्डेन्ट पाएको छ ।
ट्याक्सी अनुगमन गर्न मन्त्री सडकमा
पोखरा महानगरमा ट्याक्सी शुक्रबारदेखि मिटरमा गुड्न थालेका छन्। गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि अनिवार्य मिटरमा सञ्चालन गर्नुपर्ने नियम बनाएपछि अधिकांश ट्याक्सी मिटरमा चलेका हुन्। ट्याक्सीले मिटर चलाएर यात्रु बोके/नबोकेको अनुगमन गर्न भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशमबहादुर जुग्जाली आफैँ शुक्रबार अनुगमनमा निस्किनुभएको छ। मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालय सवारीले ट्याक्सीलाई मिटर अनिवार्य गरेको हो।
डाक्टर नहुँदा अस्पतालको सेवा प्रभावित
म्याग्दीको बेनी अस्पतालमा डाक्टरलगायत अन्य स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाह प्रभावित भएको छ। दैनिक तीन सयभन्दा बढी बिरामी आउने र भर्ना भएर उपचार गर्ने बिरामीको सङ्ख्या पनि त्यस्तै हुँदा न्यून सङ्ख्याका डाक्टर आफैँ बिरामी पर्ने अवस्थामा पुगेका छन्। दैनिक रूपमा इमर्जेन्सी तथा ओपिडीमा तीन सयको हाराहारीमा बिरामी आउने बेनी अस्पतालमा स्थायी दरबन्दीका दुई जना मात्रै डाक्टरले सेवा दिइरहेका छन्। बेनी अस्पतालकी निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर अञ्जु थापा भन्नुहुन्छ, “बिरामीको चाप उच्च छ, त्यसमाथि कर्मचारी नहुँदा निकै गाह्रो भएको छ।” ५० शय्याको अस्पतालमा दरबन्दी दुई जना मात्रै डाक्टरले सेवा दिन निकै सकस भएको उहाँको भनाइ छ।
धारापानीमा ‘एक घर, एक धारा’
जिल्लाको धवलागिरि गाउँपालिका–७ धारापानीमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले धारापानीमा निजी धारा जडित खानेपानी आयोजना निर्माण भएको हो ।
कास्कीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
मोटरसाइकल रुपा गाउँपालिका–६ निगालझाँप्रास्थित भित्रीसडकबाट अन्दाजी ८०–९० मिटर तल सोही सडकको घुम्तीको तल्लो बाटोमा खस्न पुगेको बताइन्छ । दुर्घटनालगत्तै घाइतेलाई इलाका प्रहरी कार्यालय शिशुवाबाट गएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्याइएको थियो ।
बाढीग्रस्त कागबेनीका विद्यार्थीको पठनपाठन अन्यौल
साउन २८ गते राति आएको बाढीले क्षति पुगेको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीको जनशान्ति माध्यमिक विद्यालयको पठनपाठन कहिले सुरु हुने भन्ने अन्यौल भएको छ।
सरकार, सदन र सडकको मोर्चा समाजवादको आधार : गृहमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार, सदन र सडक तीनवटै मोर्चाको संयोजनबाट समाजवाद निर्माणको आधार तयार गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ।
तेह्रौँ शताब्दीको शिव मन्दिर पुनर्निर्माण
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१३ सिख्रौलीघाटमा भग्नावशेष भेटिएको १३औँ शताब्दीको शिव मन्दिरको पुनर्निर्माण गरिएको छ ।
राज्यका जिम्मेवार संयन्त्रले काम गरिरहेकाले उच्चस्तरीय समिति आवश्यक छैन : गृहमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन काण्डको अनुसन्धानलाई अन्तिम निष्कर्षमा पुर्याएर यसको नेटवर्कको पहिचान गरी दोषीमाथि कारबाही गरिने बताउनुभएको छ ।
गैँडाकोट ९ पहिलो पूर्ण सहकारी वडा घोषणा
पूर्वी नवलपरासीको गैँडाकोट–९ देशमै पहिलो पूर्ण सहकारी वडा घोषणा भएको छ । गैँडाकोटको सो वडाका करिब ९४ प्रतिशत घर परिवारका सदस्य विकू सहकारीमा सदस्य बनेकाले पूर्ण सहकारी वडा घोषणा गरिएको हो ।
प्रकृतिको अनुपम उपहार ढोरपाटन (फोटो फिचर)
वरिपरि अग्ला हरियाली पहाड तथा सेता पुथा र चुरेन हिमाल । वनफूलले ढकमक्क ढाकिएको ढोरपाटन (उपत्यका) फाँट । प्राकृतिक सौन्दर्यताले भरिपुर्ण ढोरपाटनको बयान गरिसाध्य छैन् ।
स्रोत खोज्दै सहरी विकास मन्त्रालय
नवलपुरको कावासोतीमा नमुना सदरमुकाम निर्माणका लागि स्रोत सुनिश्चित गर्ने काम अघि बढेको छ। रकम अभावले नमुना सदरमुकाम अलपत्र पर्ने आशङ्का भइरहेका बेला ८० करोड रुपियाँको स्रोत सुनिश्चितताका लागि सङ्घीय सहरी विकास मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ।
सिद्धार्थ राजमार्गमा सिसी क्यामरा
फेदीखोला गाउँपालिकाले प्रदेश सरकारको साझेदारीमा सिद्धार्थ राजमार्गको कुभिण्डेदेखि भालुपहाड खण्डमा सिसी क्यामरा जडान गरेको छ। प्रदेश सरकारको साझेदारी कोष अन्तर्गत फेदीखोला गाउँपालिकाले पेस गरेको प्रविधिमैत्री सेवा प्रवाह तथा डिजिटलाइज फेदीखोला प्रस्ताव स्वीकृत भएसँगै सोलारसहितको सिसी क्यामरा जडान भएको हो। प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको ७० प्रतिशत र पालिकाको ३० प्रतिशत लगानीमा सिद्धार्थ राजमार्गको फेदीखोला खण्डमा पर्ने १३ किमीमा २२ वटा सिसी क्यामरा जडान गरिएको हो।
बसाइँसराइले खण्डहर बन्दै ढुङ्गेघर
ढकमक्क फूल फुल्ने आँगन र लटरम्म तरकारी फल्ने करेसाबारीमा घाँस झाँगिएको छ। घरनजिकैका पानीका धारामा कमिला डुल्छन्। पिँढीमा हरियो ढुसी र लेउ देखिन्छ। रातो माटो र सेतो कमेरोमा टल्कने भित्ता उप्किएका छन्। छानो भत्किएको छ, घरको धुरीबलो र झ्यालढोका मक्किएका छन्। बेनी–दरबाङ सडकसँगै म्याग्दी नदीको माथिल्लोपट्टि रहेको रातोढुङ्गा गाउँको यो दृश्य देख्ने जोकोहीको मन कटक्क खान्छ।
दृढ इच्छाशक्तिले मुलुकलाई समृद्ध बनाउन सकिन्छ : मुख्यमन्त्री पाण्डे
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दृढ इच्छाशक्तिका साथ काम गरेमा मात्र मुलुकलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ । गण्डकी प्रदेश नीति आयोगद्वारा पोखरामा शुक्रबार आयोजित प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको अवधारणापत्रको तर्जुका सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
ट्याक्सी अनुगमन गर्न मन्त्री नै सडकमा
पोखरा महानगरमा ट्याक्सी शुक्रबारदेखि मिटरमा गुड्न थालेका छन्। गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि अनिवार्य मिटरमा सञ्चालन गर्नुपर्ने नियम बनाएपछि अधिकांश ट्याक्सी मिटरमा चलेका हुन्।
जिल्ला सभाहल अपाङ्गमैत्री नभएको भन्दै विरोध
तनहुँको सदरमुका दमौलीमा निर्माणाधिन सभागृह अपाङ्गमैत्री नभएको भन्दै सरोकारवालाहरुले विरोध गरेका छन् ।
'डे केयर सेन्टर' सञ्चालनमा कठिनाइ
नवलपुरमा रहेको अपाङ्गगता पुनः स्थापना केन्द्रमा डे केयर सेन्टर सञ्चालनमा आउन सकेको छैन ।
भ्रष्टाचारविरुद्धको अभियानमा निर्दोष फस्दैन, दोषी उम्कँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुरुआत गरेको भ्रष्टाचारविरुद्धको अभियानमा कोही निर्दोष नफस्ने र कोही पनि दोषी उम्कन नसक्ने बताउनुभएको छ ।