२६ वर्षदेखि ह्वील चेयरमा बसेर भैँसीको स्याहार गर्दै चुडामणि
२०४८ सालमा रुखबाट लडेर ढाडको मेरुदण्ड भाँचियो । उपचारका लागि धेरै ठाउँमा भौँतारियो । धेरै रकम खर्च भयो । तर केही सिप नलागेपछि तीन वर्ष बेडमै बित्यो । अहिले पनि दिनहुँ नसाको औषधी खाइराख्नुपर्छ । ह्वील चेयरमा बसेर हिँडनुको विकल्प छैन । कावासोती नगरपालिका वडा नम्बर ७ को ऐलानी जग्गमा बसिरहेका ६० वर्षीय चुडामणि बोहरा २६ वर्षदेखि ह्वील चेयरमा हुनुहुन्छ । उहाँले गोठभरी दुहुना भैँसी पाल्नु भएको छ । एउटा पाडीबाट सुरु भएको भैँसी पालन केही वर्षअघिसम्म २२ वटा दुहुना भैँसीसहित पाडापाडी गरेर ३२ वटा पुगेका थिए । भैँसी स्याहार गर्ने सबै जिम्मा चुडामणिकै हो । भैँसीहरुलाई घाँस पराल गर्ने, पानी कुँडो दिने, दुहुने, गोबरसोत्तर गर्ने सबै काम चुडामणिको भरमा छ ।
कागबेनीमा बाढीले एक अर्ब बराबरको क्षति
मुस्ताङको धार्मिक स्थल कागबेनीमा अघिल्लो हप्ता आएको बाढीले एक अर्ब रुपियाँ बराबरको क्षति पुर्याएको विवरण सार्वजनिक गरिएको छ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनीमा गत साउन २८ गते कागखोलाको बाढीले ठूलो भौतिक क्षति पुर्याएको थियो । मंगलबार गाउँपालिकाले बाढीले पुर्याएको क्षतिको विवरण सार्वजनिक गरेको हो ।
सेती नदी किनारमा महिला मृत फेला
तनहुँको भिमाद नगरपालिका –६, सेती नदीको किनार घुमाउनेमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
उज्यालोको दिन पर्खिरहेको सुदूरको निसेलढोर गाउँ
बागलुङको सबैभन्दा दुर्गम र विकट गाउँ निसेलढोर गाउँका स्थानीय जुमबहादुर बुढा मगर अहिले ७२ वर्षको हुनुभयो। निसिखोला गाउँपालिका–५,मा अवस्थित निसेलढोरबासी टुकी र दियालोको भरमा दैनिकी गुजारा चलाउँदै आएका छन् ।
बेनी–जोमसोम सडक खण्डमा वैकल्पिक मार्गको माग
बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना खण्डमा पहिराले सडक क्षतविक्षत भएपछि यहाँका सरोकारवालाहरूले वैकल्पिक सडकको माग गरेका छन् ।
बाढीले श्री मुक्तिनाथ अन्नदान क्षेत्रको करिब ५ करोड क्षति
मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका –४ कागबेनीमा गत आइतबार साँझ कागखोलामा आएको बाढीले श्री मुक्तिनाथ अन्नदान क्षेत्रको करिब ५ करोड रुपियाँ बराबरको क्षति भएको छ ।
तनहुँ अदालतमा सम्बन्धविच्छेदका मुद्दा बढी
आर्थिक वर्ष २०७९/८० मा जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सम्बन्धविच्छेदका बढी रहेका छन् । अदालतमा कूल दुई हजार नौ सय २४ मुद्दा दर्ता भएकामा नौ सय २७ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् ।
लोमान्थाङमा यार्तुङ पर्व सुरु
सुन्दर ऐतिहासिक लोमान्थाङ मौलिक संस्कृतिको उद्गमस्थल पनि हो ।
योजना किनबेच रोकिने
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले आयोजना व्यवस्थित तवरले छनोट र कार्यान्वयन गर्न थालिएको बताउनुभएको छ। कार्यभार सम्हालेको एक सय दिन पुगेको सन्दर्भमा सोमबार आयोजित कार्यक्रममा मन्त्री जुग्जालीले यो वर्षदेखि आयोजना डुब्लिकेसन, किनबेच र ससाना योजनामा बजेट छर्ने प्रवृत्ति रोकिएको बताउनुभएको हो।
बेनी–जोमसोम सडकमा पचासभन्दा बढी पहिरो
कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको दानाखण्डमा मात्रै ५० भन्दा बढी पहिरो खस्दा यातायात तीन दिनदेखि अवरुद्ध भएको छ। पहिरो खसेका कारण बिच बिचमा सवारीसाधन र यात्रु अलपत्र परेका छन्। गत बिहीबार राति परेको वर्षाका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ र ३ को सिमानामा पर्ने नारच्याङ पुलदेखि वडा नम्बर ३ को काभ्रेभिरसम्म साना ठुला गरेर ५० भन्दा बढी पहिरो खस्दा चार दिनदेखि सडक अवरुद्ध बनेको हो। काभ्रेभिर, जल्थले, गुइठे, सुकेबगर र खामभित्तामा पहिरोले सडक पूरै बगाएको छ। सडक अवरुद्ध हुँदा मुस्ताङको मुक्तिनाथ दर्शन गर्न हिँडेका धार्मिक पर्यटन र मुस्ताङ भ्रमण गरेर फर्किएका पर्यटक पहिरोमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्।
समस्याग्रस्त आयोजनाको सङ्ख्या शून्यमा झारिँदै
गण्डकी प्रदेशको भौतिक पूर्वाधार र यातायात क्षेत्रमा सुधारको प्रयास थालिएको छ । समस्यामा रहेका आयोजनालाई गति दिनेदेखि सेवा प्रवाहलाई चुस्त पार्न प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय लागिपरेको हो ।
प्राविधिक शिक्षामा जोड दिँदै पुतलीबजार नगरपालिका
पुतलीबजार नगरपालिकाले एसईई उत्तीर्ण गरेका २८ जनालाई प्राविधिक शिक्षा(सिभील सव-इन्जिनियर) पढ्नका लागि ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।
नाग र कमलको फूलले चिनाएको धार्मिक पर्यटकीय गन्तव्य कमलपोखरी
तालै तालको सहर पोखराका तालमध्येको एक हो कमलपोखरी । क्षेत्रफलका दृष्टिले सानो भए पनि धार्मिक पर्यटकीयरुपमा यसको विशिष्ट महत्त्व रहेको छ ।
मनै लोभ्याउने महभिर झरना
कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ मा पर्ने सुन्दर महभिर झरनाले पर्यटक लोभ्याउने गरेको छ ।
बाढी पहिरोको जोखिममा तनहुँ, विपद् प्रतिकार्य योजना तयार
तनहुँ जिल्ला बाढी पहिरोको उच्च जोखिममा छ । जिल्लाका १० वटै पालिका बाढी पहिरो, आगलागी, चट्याङजस्ता विपद्को जोखिममा रहेका हुन् ।
शाश्वतधाममा प्रवचन सुन्न भक्तजनको घुइँचो
पूर्वी नवलपरासीको दुम्कौलीस्थित शाश्वतधाममा सुरु भएको ‘हनुमान कथा वाचन सुन्नका लागि भक्तजनको भिड लागेको छ ।
बाढीले जोमसोम–कोरला सडक अवरुद्ध
खहरे खोला उर्लिएर आएपछि जोमसोम–कोरला सडक अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत पर्ने सो सडक आइतबार रातिदेखि अवरुद्ध भएको हो ।
पहिरोले सुवा गाउँका १० परिवार विस्थापित
गत साउन ३२ गते रातिको अविरल वर्षाले गाउँको शिर र पुछारको कालीगण्डकी नदीतिरको खामभित्ता र सुकेबगर क्षेत्रबाट पहिरो गएपछि ती परिवार विस्थापित हुन पुगेका हुन् ।
राष्ट्रिय पुस्तकालय दिवस पाँच दिनसम्म मनाइने
यहाँका पुस्ताकालय पनि रचनात्मक र सन्देशमूलक कार्यक्रमसहित दिवस मनाउने तयारीमा छन् । विसं २००३ मा स्थापना भएको देशकै अग्रणीमध्येको विद्यामन्दिर पुस्तकालय, बागलुङले पाँच दिवसीय कार्यक्रमसहित उक्त दिवस मनाउने भएको छ ।
आफैँ शव बोक्छन् आश्रमका महिला
नेपाली समाजमा छोरीले शव बोक्न तथा काजकिरिया गर्नु हुँदैन भन्ने सोच अहिले पनि कायम छ। यो सोचलाई दमौलीका महिलाले तोडेका छन्। दमौलीस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आबद्ध महिलाले यस्तो हिम्मत गरेका हुन्। शव बोक्ने र दाहसंस्कारमा यहाँका महिला सहभागी हुने गरेका छन्।
नागपञ्चमी नेपाल सर्प महोत्सव : ‘सर्पले टोक्दैमा आत्तिनुहुँदैन’
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा नेपालमा नै पहिलो पटक ‘नेपाल सर्प महोत्सव’ आयोजना गरिएको छ । नागपञ्चमीको अवसर पारेर मानव र सर्पबीचको द्वन्द्व न्यूनीकरण गरी सर्प संरक्षण गर्ने उद्देश्यका साथ दुई दिने नेपाल सर्प महोत्सव सञ्चालन गरिएको हो ।
तनहुँमा राष्ट्रिय परिचयपत्र वितरण सुरु
विवरण भरेको लामो समयपछि तनहुँमा राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । २०७६ साल साउनदेखि विवरण सङ्कलन गरिएको भएपनि तयार भएर ढिलो आएकोले चार वर्षपछि मात्रै वितरण गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
नवलपुरमा सुरु भयो सर्प महोत्सव (फोटो फिचर)
नेपालमै पहिलो पटक नवलपुर सदरमुकाम कावासोतीमा ‘नेपाल सर्प महोत्सव’ सुरुभएको छ । नागपञ्चमी पर्वको अवसर पारेर सर्प महोत्सव आयोजना गरिएको हो ।
आमालाई कुखुरा, बच्चालाई न्यानो कपडा
भीरकोट नगरपालिका–८ ले सुत्केरी आमालाई लोकल कुखुराको भाले र बच्चालाई न्यानो कपडा दिन थालेको छ ।