• १२ साउन २०८१, शनिबार

भूकम्पपीडितका लागि गण्डकी सरकारको एक करोड दिने

blog

आइतबार बिहान बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी
कास्की, कात्तिक १९ गते ।
गण्डकी प्रदेशले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितहरुलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई एक करोड रुपियाँ उपलब्ध गराउने भएको छ ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पपीडितको खोज, उद्धार तथा राहत प्रयोजनका लागि गण्डकी प्रदेश सरकारको तर्फबाट कर्णाली प्रदेश सरकारलाई एक करोड सहयोग गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले भूकम्पका कारणले मृत्यु हुने कर्णालीवासी नागरिकप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदन र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

भूकम्पपीडितको उद्धार उपचारमा गण्डकी प्रदेश सरकारले औषधिसहित विषेशज्ञ चिकित्सकको टोली शनिबार नै कर्णाली प्रदेशको भूकम्प प्रभावित क्षेत्रमा पठाएको थियो ।