• २४ पुस २०८१, बुधबार

सुशासन विकासको पहिलो आधार हो : पूर्व मुख्यमन्त्री गुरुङ

blog

नेकपा एमाले जिल्ला पार्टी गोरखाले बडा दसैं, तिहार र छठको पावन अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्नुहुँदै नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका
सुलीकोट, कात्तिक १७ गते ।
नेकपा (एमाले)का उपमहासचिव तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन विकासको पहिलो आधार भएको बताउनु भएको छ । शुक्रबार नेकपा एमाले जिल्ला पार्टी गोरखाले बडा दसैं, तिहार र छठको पावन अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्नुहुँदै उहाँले सुशासन नभएसम्म विकासको गति अगाडि जान नसक्ने दाबी गर्नु भयो ।

उहाँले भन्नुभयो, ‘‘सुशासन आजको मुख्य कार्यभार हो । नेपालमा क्रान्ति पनि शान्ति पूर्णमा रुपमा सम्पन्न भयो । तर राज्यका चार निकाय प्रहरी, अदालत सेना, गुप्तचार लगायतका संरचनामा परिवर्तन भएन । यि संरचनाहरुलाई लोकतान्त्रिककरण गर्दै देश विकासको अभियानमा संविधान बनाउने दलहरु एक जुट भएर अघि बढ्नु पर्ने अहिलेको आवश्यकता रहेको छ ।’’

उपमहासचिव गुरुङले सुशासनले लय समातेपछि मात्र नेपाली जनताले चाहे अनुसारको विकास हुने बताउनुभयो । ‘‘जब सुशासनले लय समात्छ त्यसपछि नेपाली जनताले चाहे अनुसार विकासको प्रक्रिया पनि अघि बढ्छ ।,’’ उहाँले भन्नुभयो ।

देशमा रहेको जातिय द्वन्दको अन्त्य गर्नसके राज्यको स्रोत र साधानमा सबैको पहुँच पुग्ने उहाँले बताउनु भयो । राज्यमा हामी सबैले अपनत्व लिँदै जाने हो भने देशको विकास हुन कुनै समय नलाग्ने उहाँको भनाइ छ । सबैको भावनालाई समट्दै जाने हो भने पनि सङ्घीयता कार्यान्वयनमा सहज हुने उपमहासचिव गुरुङको भनाइ छ ।

विश्वका कैयौ मुलुकहरु २४ घण्टामा १६ घण्टा घाम लाग्ने गरेको उदारण दिनुहुँदै उहाँले मुलुकलाई प्रकृतिले पनि ठग्यो त्यहि मुलुक अहिले विश्वको विकासित मुलुकको सूचीमा रहेको बताउनुभयो । उहाँले हाम्रो जस्तो प्राकृतिक सम्पदाले भरिपूर्ण देशको विकास गर्न कठिन नरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘नेपाल त्यस्तो देश हो सुन हिरा, ग्यास, तामा, फलाम पाइन्छ त्यो देश विकास नहुनुमा नेपालका राजनितिक दलका नेताहरुले समिक्षा गर्नु पर्ने बेला आएको छ ।’’

पूर्वमुख्यमन्त्री गुरुङले सङ्घीयतामाथि दिन प्रतिदिन आक्रमण भइरहेका पनि चिन्ता व्यक्त गर्नुहुँदै  नेपाली जनताले रगत र पसिना बगाएर ल्याएको सङ्घीयता जोगाउन संविधान बनाउन दिन रात नभनी खटेका नेपालका राजनीतिक दलहरु अब एक ठाउँमा आएर सङ्घीयता विरोधी खराब तत्वहरुलाई एकमुष्ट जवाफ दिनु पर्ने बेला आएको उहाँको भनाइ रहेको छ ।