• २५ वैशाख २०८१, मङ्गलबार

भूकम्पको धक्काले सुख्खा पहिरो, बाटो अवरुद्ध

blog

पहिरोले अबरुद्ध बाटो । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, कात्तिक १८ गते । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पको धक्काबाट स्याङ्जाको अर्जुनचौपारी १ मा गएको पहिरोले बाटो अवरुद्ध भएको छ । 

अर्जुन चौपारी हेलु सडकको माटेथरमा भूकम्पको कम्पनले पहिरो जाँदा माथिबाट पहिरो खस्दा बाटो अवरुद्ध भएको हो । बाटो कालोपत्र गर्नेक्रममा हल्लिएको भित्ता बर्खामा पहिरो गएकोमा गएराति एकैचोटी भूकम्पको कम्पनले ढुङ्गा बाटोमा खस्दा यातायात अवरुद्ध भएको हो । 

डाँडा चर्केका कारण फेरि ढुङ्गा खस्ने डरले बाटो सुचारु गर्न नसकेको पालिकाले जनाएको छ । बिहान पोखराको लागि यात्रु लिएर जान खोज्दा बाटो अवरुद्ध भएको चालक भक्त रोकाले बताउनुभयो । फेरि कम्पन हुने डरले अवरुद्ध बाटो नखोलिएको र आइतबार मात्र बाटो खोल्ने पालिकाले जनाएको छ ।