• ६ कात्तिक २०८१, मङ्गलबार

म्याग्दी कांग्रेसको सम्मेलन स्थगित

blog

म्याग्दी, कात्तिक १९ गते । नेपाली कांग्रेस म्याग्दीकोे जिल्ला सम्मेलन स्थगित भएको छ । जाजरकोट भूूकम्पका कारण सम्मेलन स्थगित गरेको नेपाली कांग्रेस म्याग्दीका सचिव भरत रकालले जानकारी दिनुभयो ।  विपद् र शोकको कारण सम्मेलन अर्को मिति तय नहुुँदासम्मका लागि स्थगित गरिएको उहाँले जानकारी दिनुुभयो । कांग्रेसको विधानअनुुसार यही कात्तिक १९ गते सम्मेलन आयोजना गरिएको थियो । 

सम्मेलनमा सात सय ५० जनाभन्दा बढी सहभागी हुुने तयारी थियो ।  यसैगरी समाजवादी मोर्चा म्याग्दीले भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पीडितको व्यवस्थापनमा परिचालन हुन आफ्ना नेता, कार्यकर्तालाई आहवान गरेको छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा र जनता समाजवादी पार्टी आबद्ध मोर्चाका जिल्ला संयोजक रेशमबहादुर जुुग्जालीले शनिबार एक विज्ञप्ति जारी गरेर राष्ट्रिय विपद्को व्यवस्थापनमा सबै जुट्न अपिल गर्नुभएको हो । 

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीसमेत रहनुभएका जुग्जालीले भूकम्प प्रभावित क्षेत्रका स्थानीय तह र कर्णाली प्रदेश सरकारलाई आवश्यक जनशक्ति, आर्थिक र जिन्सी सहयोग गर्नुपर्ने भएको हुँदा तयार रहन मोर्चामा आबद्ध नेता, कार्यकर्तालाई अनुरोध गर्नुभएको छ । विज्ञप्तिमार्फत मृतकलाई श्रद्धाञ्जलि, शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । रासस