• २६ वैशाख २०८१, बुधबार

उद्धार र राहतमा जुट्न माओवादी केन्द्र गण्डकीको आह्वान

blog

घाइतेहरुको उपचार हुँदै ।

अर्जुन काफ्ले 

स्याङ्जा, कात्तिक १८ गते । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितिले भूूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र विस्थापितहरुको व्यवस्थापनमा केन्द्रित हुुन नेता कार्यकर्ताहरुलाई आह्वान गरेको छ । 

माओवादी केन्द्र गण्डकी प्रदेश समितिका अध्यक्ष गायत्री गुुरुङले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै घाइतेहरुको खोज तथा उद्धार, अविलम्ब प्रभावकारी स्वास्थ्योपचार, विस्थापितहरुको पुुनस्र्थापनामा आट्न आग्रह गर्नुभएको हो । 

भूकम्प प्रभावितको खाद्यान्न, बसोबासलगायतका आवश्यक सामग्रीहरुको व्यवस्था यथाशीघ्र मिलाउन नेपाल सरकार सहित तिनै तहका सरकारसमक्ष माग गर्दै यसका लागि सहयोग पुुराउन र सक्रीयतापूूर्वक परिचालित हुुन पार्टी पंक्तिलाई गुुरुङले प्रेस विज्ञप्तिमार्फत आह्वान

गर्नुुभएको हो । 

जाजरकोट जिल्लाको रामिडाडा केन्द्रबिन्दुु भई शुुक्रबार राती ६.४ रेक्टर स्केलको भूूकम्प जाँदा जाजरकोट, पश्चिम रुकुुम लगायतका जिल्लाहरुमा भएको जनधनको क्षतिको पीडादायी घटनाबाट माओवादी केन्द्र गण्डकी प्रदेश समिति स्तब्ध भएको विज्ञप्तिमा उल्लेख छ । 

प्राकृतिक विपत्तिले निम्त्याएको दुुुःखद् घटनामा ज्यान गुुमाएकाप्रति श्रद्धाञ्जली, परिवारजनमा समवेदना प्रकट र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना अध्यक्ष गुुरुङले गर्नुुभएको छ ।