बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
गत असार २७ गते रातिदेखि खस्न थालेको पहिरोका कारण बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध बनेको छ । उक्त खण्डको तातोपानीमा गएको पहिरोका कारण यातायात सञ्चालन नहुँदा पश्चिम म्याग्दीका सयौँ नागरिकले दैनिक यात्रामा सास्ती भोग्दै आएका छन् ।
ओझेलमा छाङ्गा बाराही झरना
पहाडको खोंच, जङ्गलै जङ्गले घेरिएको ठाउँ । हरियाली मनमोहक ठाउँ । अग्लो डाँडाबाट ढुङ्गामा ठोक्किँदै झरेको पानी । डाँडाबाट खस्दा आउने आवाजले तनहुँको व्यास नगरपालिका–१४ छाब्दी नजिक रहेको छाङ्गा बाराही झरनाले यहाँ पुग्ने सबैलाई लोभ्याउँछ तर यसको प्रचारप्रसार हुननसक्दा पर्यटकीय गतिविधि बढ्न सकेका छैनन् ।
ज्येष्ठ नागरिकका लागि सभाहल निर्माण
हिमाली जिल्ला म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधामस्थित रहेको ज्येष्ठ नागरिक आश्रममा रहेका ज्येष्ठ नागरिकलाई लक्षित गरी सभाहल निर्माण गरिएको छ ।
कालीगण्डकीमा गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
घरमा हुने सुत्केरीलाई शून्यमा झार्ने र अस्पतालमा सुरक्षितरूपमा सुत्केरी गराउन अभिप्रेरित गर्ने उद्देश्यले गत आर्थिक वर्ष २०८०/८१ को देखि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन थालिएको हो ।
सडक भासिएपछि सिङ्गो बस्ती जोखिममा
जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारमा सडकसँगैको जमिन भासिँदा सिङ्गो बस्ती जोखिममा परेको छ । तिलाहारको नवजागृत माध्यमिक विद्यालय नजिक रहेको डिमुवा–राम्जा–चित्रे सडक भासिँदा सडकभन्दा तल रहेको बस्ती जोखिममा परेको हो ।
कर्ममा रमाउँदै प्रसाईं
कृषि पेसाबाट केही गर्न सकिन्न भन्नेका लागि उदाहरणीय पात्र बन्नुभएको छ सूर्य प्रसाईं । लमजुङको राइनासमा कृषि व्यवसाय गरिरहेका प्रसार्इंको गृह जिल्ला लमजुङ होइन । झापाबाट ढुङ्गा काट्ने मेसिन लिएर लमजुङ आउनुभएका प्रसाईंले गरेको कृषि कर्मबाट स्थानीय युवाले अवश्यक पनि केही सिक्छन् ।
पोखराको राजस्व सङ्कलन लक्ष्य नजिक
सरकारले पुँजीगत खर्च गर्न नसक्दा त्यसको असर राजस्व सङ्कलनमा परेको छ । आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्ष २०८०/०८१ को प्रगति विवरणमा पनि सो प्रभाव देखिएको जनाएको छ ।
अनलाइनबाटै नयाँ नागरिकता
प्रविधिको विकाससँगै स्याङ्जामा अनलाइनबाट नयाँ नागरिकता दिने प्रक्रिया सुरु गरिएको छ । विगतबाट हातले लेखेको अनुसुचि सिफारिस लिएर जिल्ला प्रशासन कार्यालयमा सेवाग्राही पुग्ने गरेकोमा अब अनलाईबाट फर्म भरेर नागरिकता पाइने भएको छ ।
फापरखेतको पहिरोले यातायात अवरुद्ध
म्याग्दीको पश्चिम भेगलाई सडक सञ्जालसँग जोड्ने बेनी–दरबाङ सडक अन्तर्गत बेनी नगरपालिका –४, र मङ्गगला गाउँपालिका–२, को सिमानामा पर्ने फापरखेतमा पहिरो गएको छ ।
पोखरा विश्वविद्यालयको नयाँ भवन बन्दै
पोखरा विश्वविद्यालयको नयाँ भवन बन्ने भएको छ । विश्वविद्यालयमा नयाँ कार्यक्रम थपिएसँगै विश्वविद्यालय अनुदान आयोग, विभिन्न दातृ निकायको अनुदान सहयोग एवं आफ्नै स्रोेत परिचालन गरी नयाँ भवन निर्माण हुन लागेको हो ।
बेनी–दरबाङ सडकखण्डको पहिरो
म्याग्दीको बेनी–दरबाङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका(४ र मङ्गला गाउँपालिका(२ को सिमानामा पर्ने फापर खेतको पहिरो । यो पहिरोका कारण पश्चिम म्याग्दीको सिधा यातायात सेवा एक सातादेखि अवरुद्ध भएको छ ।
दमौलीमा रोपाइँ
तनहुँको म्याग्दे गाउँपालिका(२ जामुनेमा रोपाइँ गर्दै किसान । जिल्लाका १४ प्रतिशत भूभागमा रोपाइँ हुन बॉकी रहेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।
मादी नदीमाथि झोलुङ्गे पुल
तनहुँको व्यास नगरपालिका–७ र व्यास नगरपालिका–६ जोड्ने मादी नदीमाथिको झोलुङ्गे पुल । यो पुलले दुवै वडाका बासिन्दालाई आवतजावतमा सहयोग पुर्याएको छ ।
थोराङ्ला पासमा घोडाबाट पार गरिँदै
सामुद्री सतहदेखि पाँच हजार चार सय मिटर उचाइमा अवस्थित थोराङ्ला भञ्ज्याङ पार गरेर मनाङदेखि मुस्ताङ आउने हालै मर्मत गरिएको पदमार्ग । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०को सहयोगमा उपभोक्ता समितिले ७१९ मिटर पदमार्ग मर्मत गरेका छन् ।
चितुवाको आक्रमणबाट बालकको मृत्यु
चितुवाको आक्रमणबाट तनहुँमा एक बालकको मृत्यु भएको छ । बन्दीपुर–४ सालथान निवासी जीत बहादुर अछामीका ११ वर्षीय छोरा सुन्दर अछामीको मृत्यु भएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो ।
तीस हजार पर्यटकद्वारा म्याग्दी भ्रमण
एक वर्षको अवधिमा ३० हजार पर्यटकले म्याग्दी भ्रमण गरेका छन् । म्याग्दी जिल्ला प्रहरी कार्यालयका अनुसार गत आवमा २४ हजार एक सय ३० जनाले यो जिल्लाका र बाहिरिनेको पाँच हजार सात सय ८९ जना रहेको छ । घोडेपानी र दरवाङमा रहेको इलाका प्रहरी कार्यालयले जिल्ला भित्रने र बाहिरिने पर्यटकको विस्तृत विवरणसहितको तथ्याङ्क राख्ने गर्छन् ।
दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
गत असार २१ गतेदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ । भारी वर्षाका कारण बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको केही भाग बगाउँदा सडक अवरुद्ध भएको थियो ।
पहिरोको जोखिमले पालो गरेर सुत्छन् गाउँले
स्याङ्जाको गल्याङ नगरपालिका–३, लल्याङका स्थानीय हरेक वर्ष पानी नपरिदिए हुन्थ्यो भन्ने कामना गर्छन् । स्थानीय लिलदेव भट्टराई भन्नुहुन्छ, “पानी परेपछि हाम्रो दैनिकी नै अस्तव्यस्त हुन्छ । कति बेला के होला भन्ने त्रासमा नै हामी सबै गाउँले रातभर जाग्राम बस्छौैँ ।” यो वर्ष परेको ठुलो पानीका कारण लिलदेवको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । उहाँ छिमेकीको घरमा बस्दै आउनुभएको छ ।
जोखिमयुक्त भिरमा मह काढ्दै युवा
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१, दोबाको कहालीलाग्दो पहरामा ज्यानको बाजी लगाएर स्थानीय युवाले मह सिकार गरेका छन् । स्थानीय राम्जा टोलका विकास पुन, बेग राम्जाली, कोपिल पुन, देवेन्द्र पुर्जा र बेग पुनलगायत १७ जनाको टोलीले यो असारमा भिर मौरीको मह सिकार गरेका हुन् ।
भीरबाट लडेर एकको मृत्यु
घाँस काट्ने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बेनी नगरपालिका १,उपल्लाचौरका ५५ वर्षीय भीमबहादुर थापाको बिहीवार बिहान सोही वडाको ठुलोरानी सामुदायिक वनको चिलाउनेबोट भीरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
सिमलताल घटना : थप २ को शव फेला
चितवनको सिमलतालमा पहिरोमा परी वेपत्ता भएका यात्रुहरुमध्ये विहीबार थप २ जनाको शव फेला परेको छ । चितवनको भरतपुर महानगरपालिका २६ सिसुवारमा १ जना पुरुष र नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ त्रिवेणी व्यारेज पुलमा एक जना महिला गरी २ जनाको शव फेला परेको हो ।
म्याग्दीका एक लाख १३ हजार पशुलाई खोप
म्याग्दीका कृषकले पालेका एक लाख १३ हजार पशुलाई खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धि गर्न जिल्लाका छ वटै स्थानीय तहका कृषकले पालेका पशुलाई खोप अभियान सञ्चालन गरेको हो ।
आयोजना बैङ्कलाई लागू गर्न सबैको सहयोग आवश्यक छ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आयोजना बैङ्कका लागि सबै पक्षको साथ र सहयोग आवश्यक पर्ने बताउनुभएको छ ।
जापान पठाइदिन्छु भन्दै ८० लाख ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारका लागि जापानमा पठाइदिन्छु भनी ८० लाख ठगी गर्ने तनहुँकी एक महिला पक्राउ परेकी छन् । व्यास नगरपालिका–१२ गोल्ला निवासी ३८ वर्षीय मनुमाया थापा पक्राउ परेकी हुन् ।