सात करोड लागतमा कुश्मा बसपार्क निर्माण सम्पन्न
पर्वतको सदरमुकाम कुश्मा बजारमा सुविधासम्पन्न बसपार्क निर्माण सम्पन्न भएको छ । कुश्मा नगरपालिका वडा नं. ६ स्थित बान्द्रेविडी चौरमा बसपार्क निर्माण सम्पन्न भएको हो ।
भण्डारी प्रेस रजिस्ट्रार नियुक्त
गण्डकी प्रदेशको प्रेस रजिस्ट्रारमा विमला भण्डारी नियुक्त हुनुभएको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई प्रेस रजिस्ट्रारमा नियुक्त गरेको हो ।
नवलपुरमा एक वर्षमा ३७ किलोमिटर सडक कालोपत्र
नवलपुरमा एक वर्षको अवधिमा ३७ किलोमिटर सडक कालोपत्र भएको छ ।
बेगनासमा मोटरबोट रोक्न उच्चको परमादेश
कास्कीको पोखरा महानगरपालिकामा रहेको बेगनास तालमा मोटरबोट चलाउन रोक्न उच्च अदालत पोखराले परमादेश जारी गरेको छ ।
पर्वतमा ७० प्रतिशत बिरामीमा डेंगु सङ्क्रमण
गत साउन पहिलो सातादेखि पर्वतमा देखिएको डेंगु सङ्क्रमणबाट हालसम्म झण्डै छ सयभन्दा बढी संक्रमित भएका छन् ।
देउसीको रकमले सडक ढलान
गाउँ जोड्ने सडक कच्ची र जीर्ण हुँदा पनि मर्मत र स्तरोन्नतीका लागि कुनै निकायले चासो नदेखाएपछि यहाँको एक गाउँका बासिन्दाले देउसीभैलो खेलेरसडक ढलान गरेका छन् ।
गलेश्वर क्षेत्रमा नयाँ विद्युत् लाइन जडान
म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा अनियमित विद्युत् आपूर्तिको समस्या समाधान भएको छ ।
बागलुङ जिप दुर्घटना : गाउँपालिका उपाध्यक्षको मृत्यु
बागलुङबाट रुकुम पूर्व जाँदै गरेको जिप गलकोट नगरपालिका वडा नं. २ भुङखानीमा भएको दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष ३३ वर्षीया भुपेन्द्रा बुढामगरको शव फेला परेको छ ।
जोखिम मोलेर खोला तर्दै सर्वसाधारण
घोराही तुलसीपुर सडकखण्ड अन्तर्गत दाङको घोराही उपमहानगरपालिका १६ स्थित सर्रामा पूल नहुँदा जोखिम मोलेर सेवारखोला तर्दै सर्वसाधारण ।
बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो ।
निर्माणाधीन पशुपन्छी अस्पताल अलपत्र
पशुपन्छीको उपचारमा स्तरीय सेवा दिने उद्देश्यले तनहुँमा निर्माणाधीन नमुना पशुपन्छी अस्पताल अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको लगानीमा तनहुँको सदरमुकाम दमौलीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र तनहुँको परिसरमा बनिरहेको अस्पताल ठेकेदारले निर्माण ढिलो गर्दा अलपत्र परेको हो ।
कृषि कर्मबाट मासिक डेढ लाख आम्दानी
हरिनास गाउँपालिका–५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा बाख्रापालक किसानको परिचय स्थापित गर्नुभएको छ । विसं २०७४ मा वडासदस्य भएर जनताको सेवा गर्नुभएका क्षेत्रीले त्यसको तीन वर्ष पहिले विके पशुपक्षी तथा कृषि फार्म दर्ता गरेर बाख्रापालन सुरु गर्नुभएको हो ।
कोरियाको आम्दानी ‘ड्रागन फ्रुट’मा लगानी
कोरियाबाट फर्केका काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादनमा व्यस्त हुनुहुन्छ । विसं २०७७ मा ड्रागन फ्रुटका एक हजार पाँच सय बिरुवा लगाउनुभएका थापाले १५ महिनामा फल टिप्न थालेको बताउनुभयो ।
मुग्लिङ–पोखरा सडकमा ढिलाइ
सरकारले यस वर्षबाट भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ ।
लागू औषध कारोबारमा पूर्व सांसद ढाकाकुमार पक्राउ
कास्की प्रहरीले बिहीबार लागूऔषध कारोबार गरेको अभियोगमा पूर्व सांसदसमेत रहनुभएका मेडिकल व्यवसायी डा. ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।
सल्यानमा बोलेरो दुर्घटना पाँच घाइते
सल्यानमा बलेरो जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छ्न्। शारदा न.पा. २ स्थित मैसेपानीमा श्रीगगरबाट खलंगातर्फ आउदै गरेको पूर्वाधार विकाश कार्यालय सल्यानको क प्र. ०२००१ झ ००३५ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो।
रुखले च्यापिएर एकको मृत्यु
तनहुँमा रुखले च्यापिएर बिहीबार एक जनाको मृत्यु भएको छ ।
सरकारी वकिलको कार्यालयमा मिटरब्याज पीडितको प्रदर्शन
नवलपुरका मिटरब्याज पीडितले सरकारी वकिलको कार्यालयमा नारावाजीसहित प्रदर्शन गरेका छन् ।
धार्चे पहिरोमा ज्यान गुमाउने परिवारलाई दुई लाख ५० हजार राहत
उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटको पहिरो परी ज्यान गुमाउने परिवारले राहत रकम पाउने भएका छन् । गोरखाको जिल्ला विपद् व्यवस्थापन कोषबाट जनही २ लाख ५० हजारका दरले राहत रकम उपलब्ध गराउने निर्णय भएको गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो ।
अपाङ्गताको क्षेत्र गण्डकी सरकारको प्राथमिकतामा : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अपाङ्गताको क्षेत्र गण्डकी सरकारको प्राथमिकतामा रहेको बताउँदै यस विषयमा सरकार संवेदनशील रहेको बताउनुभएको छ ।
नवलपुरमा डेङ्गुबाट ८३ जना सङ्क्रमित
नवलपुरमा डेङ्गुको सङ्क्रमण दिनानुदिन बढ्न थालेको छ । असारको दोस्रो हप्तादेखि हालसम्म प्राप्त तथ्याङ्क अनुसार ८३ जनामा यो रोगको पहिचान भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
आन्तरिक पर्यटकको गन्तव्य बन्दै लामडाँडा
ढुङ्गा र टिनले छाएको एकनासको मौलिक शैलीको घर । ढुङ्गाले छापेको बाटो दुवैतिर ढुङ्गाकै पर्खाल सामुन्ने देखिने हिमशृङ्खलाको मनोरम दृश्य अनि गुरुङ संस्कार र संस्कृतिको जीवन्त सङ्ग्रहालय । पर्यटकीय गाउँ लामडाँडाको मौलिक पहिचान बनेको छ ।
दमौली अस्पतालमा अपरेशन सुविधा थप
अमरराज नहर्कीतनहुँ, भदौ २७ गते । तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा पहिलो पटक बेहोस बनाएर अपरेशन गर्ने सुविधा थपिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई बेहोस पार्ने उपकरण र प्रविधि सहयोग गरेपछि सुविधा थप गरिएको दमौली अस्पतालले जनाएको हाे ।अस्पतालका अनुसार हालसम्म बेहोस बनाइने उपकरण र प्रविधि अभावमा सामान्य अपरेशन हुन नसकेकामा अब त्यसखालका अपरेशन गर्ने बाटो खुलेको छ । उपकरणको अभावमा मध्यमखालका अपरेशन हुन नसकेकोले एनेस्थेसिया वर्किङ स्टेशन आवश्यक रहेको अस्पतालले बताएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अस्पताललाई उपकरण पठाउने व्यवस्था मिलाउनुभएको हो । मन्त्री भएलगत्तै अस्पताल भ्रमणमा पुगेका बेला पौडेललाई जिल्ला समन्वय समितिका प्रमुखसमेत रहेका अस्पताल व्यवस्थापन समिति अध्यक्ष शान्तिरमण वाग्ले र अस्पताल प्रमुख डा.परिवर्तन बरालले उपकरण सहयोग गर्न माग राख्नुभएको थियो । लगत्तै मन्त्रालयबाट उपकरण पठाइएको हो ।अस्पताल प्रमुख बरालले एनेस्थेसिया वर्किङ स्टेशन निर्माणका लागि चाहिने उपकरण, बेहोस बनाउने मेसिन १ थान र मोनिटर १ थान मन्त्रालयबाट प्राप्त भएको जानकारी दिनुभयो । हाल दुई चिकित्सककाे व्यवस्था गरेको अस्पतालले अब मध्यमखालका अपरेशन गर्न सक्ने प्रमुख बरालले बताउनुभयो । उपकरण प्राप्त भएसँगै पित्तथैली तथा स्त्रीसम्बन्धी रोग र हड्डीको अपरेशन सेवा थाल्ने तयारी थालिएको अस्पतालले जनाएको छ । डा. बरालका अनुसार अस्पतालले हालै महिलाको पाठेघर फाल्ने अप्रेसनको सुविधा थपेको छ । सुविधा थपिएपछि तीन जनाले सुविधा लिइसकेका छन् ।
पर्वतका होम-स्टे पर्यटकको पर्खाइमा
वर्षा लागेसँगै आन्तरिक पर्यटकको आगमन नहुँदा सुनसान बनेका पर्वतका विभिन्न ठाउँमा सञ्चालित ‘होम–स्टे’ (घरवास) पर्यटकको पर्खाइमा छन् ।