• २९ भदौ २०८१, शनिबार

भण्डारी प्रेस रजिस्ट्रार नियुक्त

blog

फडिन्द्र अधिकारी 

लेखनाथ, भदौ २९ गते । गण्डकी प्रदेशको प्रेस रजिस्ट्रारमा विमला भण्डारी नियुक्त हुनुभएको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई प्रेस रजिस्ट्रारमा नियुक्त गरेको हो ।

गण्डकीका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले भण्डारी रजिस्ट्रार नियुक्त भएको जानकारी दिनुभयो । 

प्रेस रजिस्ट्रारका लागि पाँच जनाको आवेदन परेको थियो । गण्डकी प्रदेश सरकारले आमसञ्चारसम्बन्धी व्यवस्था गर्ने बारेको कानुन निर्माण गरेपछि सोही कानुनको व्यवस्था अनुसार प्रेस रजिस्ट्रार नियुक्त गरिएको हो । 

प्रेस रजिस्ट्रारले प्रदेशमा आमसञ्चारको व्यवस्थापन र नियमनको काम गर्ने कानुनी व्यवस्था छ । ऐनले प्रदेशमा एघारौँ तहका कर्मचारी अर्थात् प्रदेश सचिवसरहका प्रेस रजिस्ट्रार हुने कानुनी व्यवस्था गरेको छ ।