• २४ जेठ २०८२, शनिबार

बकर इदले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव मजबुत बनाउँछ : मुख्यमन्त्री सिंह

blog

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह

अजय शाह
गौशाला (महोत्तरी), जेठ २४ गते ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मुस्लिम धर्मावलम्बीको महान् चाड बकर इद (इद–उल–अज्हा) २०८२ को पावन अवसरमा मुस्लिम समुदायका दाजुभाई तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्नुभएको छ ।

शनिबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै मुख्यमन्त्री सिंहले धार्मिक, सांस्कृतिक तथा जातीय विविधताले भरिएको मधेश प्रदेशमा बकर इद पर्वले आपसी समझदारी, सहकार्य र सामाजिक सद्भाव अझै प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

‘‘धार्मिक र सांस्कृतिक पर्वहरूले सामाजिक एकता, शान्ति र समृद्धिमा थप योगदान पुर्‍याइरहेका छन्,’’ सन्देशमा उल्लेख छ, ‘‘बकर इदले हामी सबैमा दया, उदारता र सहअस्तित्वको भावना बलियो बनाओस् भन्ने कामना गर्दछु ।’’

मुख्यमन्त्री सिंहले बकर इदले समाजमा भाइचारा, सामाजिक न्याय र समावेशिताको सन्देश फैलाओस् भन्ने आशा व्यक्त गर्नुभएको छ ।

उहाँले बकर इदको अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिनुभएको छ ।