गैँडाकोटमा दुई बेवारिसे शव भेटिए, सिमलताल घटनाका हुन सक्ने आशङ्का
नवलपुरको गैँडाकोटस्थित नारायणी नदीमा दुईवटा बेवारिसे शव फेला परेका छन् ।
तनहुँ जलविद्युत आयोजना : प्रसारण लाइन निर्माण प्रभावित
एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना अन्तर्गत प्याकेज-३ को काम प्रभावित भएको छ । प्याकेज-३ अन्तर्गत प्रसारण लाइन निर्माणको काम वन क्षेत्रका कारण प्रभावित भएको हो ।
अबुँवा–बिर्दी–सेरा सडक अबरुद्ध
गोरखाको पालुङटार नगरपालिका र गोरखा नगरपालिका सीमामा शनिबार बिहान ११ बजे पहिरो जाँदा अबुँवा–बिर्दी–सेरा सडकखण्ड अवरुद्ध भएको छ ।
म्याग्दीका दुग्ध कृषक अनुदानबाट वञ्चित
दुध उत्पादन वृद्धि र कृषकलाई प्रोत्साहन गर्न गण्डकी प्रदेश सरकारले पठाएको अनुदानबाट जिल्लाका कृषक वञ्चित भएका छन् । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कृषकलाई अनुदान वितरण गर्न विनियोजन भएको रकम कार्यविधि प्रक्रिया नमिल्दा बजेट फिर्ता पठाउनु परेको जनाएको छ ।
नहर मर्मत नहुँदा खनियाघाटमा सिँचाइको समस्या
जिल्लाको जलजला गाउँपालिका-८ नाग्लीवाङमा सडक फराकिलो बनाउन भत्काइएको नहर पुनः निर्माण नहुँदा उपल्लो खनियाघाटमा सिँचाइको समस्या भएको छ ।
अनलाइन ठगी गर्ने महिला पक्राउ
जिल्ला प्रहरी कार्यालयले अनलाइन मार्फत ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका-५ पिप्ले बस्ने २२ वर्षीया आस्था थापा रहनुभएको छ ।
माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु
पोखरा महानगरपालिका वडा नम्बर ३० को खुदीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर शुक्रबार साँझ एक जनाको मृत्यु भएको छ ।
भू–क्षय रोक्न गण्डकीमा १६६ योजना निर्माण
म्याग्दीसहित गण्डकी प्रदेशका पाँच जिल्ला कार्यक्षेत्र भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतमार्फत आर्थिक वर्ष २०८०/८१ मा एक सय ६६ योजना निर्माण गरिएका छन् ।
‘स्वास्थ्य उपचारको केन्द्र पोखरालाई बनाउनु पर्छ’
मणिपाल शिक्षण अस्पताल पोखराले उच्चस्तरीय सेवासहितको सघन उपचार कक्ष (आइसियु) सञ्चालनमा ल्याएको छ । झन्डै ३७ करोड रुपियाँको लागतमा निर्माण गरिएको सघन उपचार कक्षमा लेबल ३ को ७२ श-याको निर्माण भएको हो । अस्पतालले यसअगाडि पनि ९२ वटा श-याको सेवा प्रदान गरेको थियो । अब अस्पतालसँग १६६ श-याको सघन उपचार कक्ष भएकोे छ ।
भानुगृह पुनःनिर्माणको पर्खाइमा
नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घा शिखरकटेरीमा भानुगृह पुनःनिर्माण गर्ने भनेको आठ वर्ष पुगिसक्यो । भानु नगरपालिका–४ शिखरकटेरीमा भानुगृह पुनःनिर्माणका लागि विसं २०७३ चैत २२ गते शिलान्याससमेत भयो । तर आठ वर्ष बितिसक्दा उक्त काम शिलान्यासमै सीमित भयो ।
दुई सय ११औँ भानु जन्मजयन्ती मनाइँदै
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ ।
कास्की पहिरो अपटेड : मृतक पाँच जनाको सामूहिक दाहसंस्कार
कास्कीको पोखरा महानगरपालिका-१९ पुरुनचौर तल्लाकोटमा गए रातिको पहिरोमा परेर मृत्यु भएका सातमध्ये पाँच जनाको सामूहिक दाहसंस्कार गरिएको छ । पुरुनचौरका कुलबहादुर परियारको घर गए रातिको पहिरोमा पुरिँदा उहाँको परिवारका छसहित सात जनाको मृत्यु भएको थियो ।
तनहुँमा ‘चैते–५’ को बीउ उत्पादन सुरु
बाहिरबाट चैते धानको बीउ ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्न जिल्लामा ‘चैते–५’ जातको मूल बीउ उत्पादन थालिएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रले चैते धान प्रवर्द्धन कार्यक्रमअन्तर्गत जिल्लामा नयाँ जात चैते–५ को बीउ उत्पादन सुरु गरेको हो ।
चारदेखि ११ दिनको यात्रा, १३ वटा गन्तव्यस्थल
गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्ग (गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल)मा चारदेखि ११ दिनको पदयात्रासहित १३ वटा गन्तव्यस्थल (आइटिनरी) सार्वजनिक गरेको छ ।
कास्की पहिरोः कुलबहादुरलाई राती घरमा नबस्न छिमेकीले सल्लाह दिएका थिए
कास्कीको पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटकी राधिका परियारले बिहीबार राती देवर कुलबहादुरलाई भन्नुभएको थियो, ‘‘आज हामी सुत्नु हुँदैन । झ्याल ढोका खुला राखेर बस्नुपर्दछ ,पहिरो आयो भने भागौँला ।’’
नाम्जुङ-तीनमाने सडकखण्डको चिसोपानी सडक अवरुद्ध
गोरखाको शहिद लखन गाउँपालिकाको नाम्जुङ तीनमाने सडक खण्डको चिसापानीमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।
भत्किएको पर्खालबाट तालगाउँमा छिर्याे मर्स्याङ्दी
मनाङ नासो गाउँपालिका–१ तालगाउँको बस्तिमा पसेको मर्स्याङ्दी नदीको पानी । विसं २०७८ असार १ गतेको बाढी पछि बस्ती जोगाउन लगाएको पर्खाल भत्किएको थियो ।
गोरखा–आँबुखैरनी सडक आठ घण्टापछि सुचारु
गोरखामा अबिरल बर्षाका कारण गोरखा आँबुखैरेनी सडकखण्ड आठ घण्टापछि सुचारु भएको छ ।
पहिरोमा ज्यान गुमाएकालाई राहत
पहिरोमा परी मृत्यु भएका मृतकको परिवारलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाले राहत रकम हस्तान्तरण गरेको छ ।
गण्डकी प्रदेशमा ५० प्रतिशत रोपाइँ
गण्डकी प्रदेशमा करिब ५० प्रतिशत रोपाइँ भएको छ ।
पृथ्वीराजमार्ग सात घण्टापछि खुल्यो
मुग्लिन–पोखरा सडक विस्तार आयोजनाका तीनवटा उपकरण प्रयोग गरी पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले राससलाई जानकारी दिनुभयो ।
बेनी-जोमसोम सडक अवरुद्ध
अविरल वर्षासँगै म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले सडक कटान गर्दा बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।
पोखराको रामघाट क्षेत्र जलमग्न
लगातार परेको पानीसँगै आएको सेती नदीको बाढीले पोखरा रामघाट क्षेत्र जलमग्न भएको छ । सेती नदीको रामघाट ,शान्ति घाट, तुलसी घाट र बौद्दअर्घौसदन लगायतका क्षेत्र जलमग्न भएको हो ।
पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध
गोरखा–आँबुखैरनी सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत पर्ने गोरखा नगरपालिका–१२ स्थित नौ किलोदेखि पाँच किलोसम्म तीन ठाउँमा ठूलो पहिरो खसेर पूर्ण रुपमा सडक अवरुद्ध भएको गोरखा नगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख ध्रुवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।