नारायणगढ-बुटवल सडक खण्डः वर्षाका कारण विस्तारको काम रोकियो
निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरकाअनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रुपमा सञ्चालन गराउनका लागि पहल भइरहेको जानकारी दिनुभयो ।
अवरुद्ध पृथ्वीराजमार्ग १८ घण्टापछि एकतर्फी सञ्चालन
वर्षाले अवरुद्ध भएको पृथ्वीराजमार्गको दमौली–कोत्रेखण्ड एकतर्फी सञ्चालन भएको छ।
दुधखोला र मर्स्याङ्दीको कटानले थोँचे धरापमा
लगातारको वर्षाले गर्दा मनाङको नासो गाउँपालिका-५ थोँचे कटानको गर्दा धरापमा पर्दै गएको छ।
१४ घण्टादेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध, यात्रु अलपत्र
अविरल वर्षाका १४ घण्टादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझैसम्म खुल्न सकेको छैन । बागलुङको गलकोट नगरपालिका–११ रिघा फेदीमा आइतबार करिब १ बजे पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा ठुलो सङ्ख्यामा यात्रु अलपत्र परेका छन् ।
पोखरा विश्वविद्यालयमा तालाबन्दी
पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा आइतबार तालाबन्दी गरिएको छ ।
पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएपछि काउरेवासी शोकमा
तनहुँको शुक्लागण्डकी-७ काउरेमा पहिरोले घर पुरिएर तीन जनाको मृत्यु भएपछि पुरै गाउँ शोकमा डुबेको छ।
साढे २८ हजार बिरुवा वितरण
डिभिजन वन कार्यालय स्याङ्जाले २८ हजार ६१० फलफूलका बिरुवा वितरण गरेको छ ।
नाबालिका अपहरण गरी सामूहिक बलात्कार अभियोगमा दुई पक्राउ
नाबालिकालाई अपहरण गरी सामूहिक बलात्कार गरेको अभियोगमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
उत्कृष्ट कृषक सम्मानित
कृषि ज्ञान केन्द्र नवलपुरले जिल्लाका उत्कृष्ट चार जना कृषकलाई सम्मान गरेको छ । कृषि क्षेत्रका योगदान गरेका किसानलाई मूल्याङ्कनका आधारमा छनोट गरी सम्मानित गरिएको हो ।
चार महिनापछि तनहुँमा ट्रायल परीक्षा पुनः सुरु
तनहुँमा झण्डै चार महिनापछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित तथा प्रयोगात्मक परीक्षा पुनःसुरु भएको छ।
पहिरोमा बेपत्ताको शव फेला
अविरल वर्षासँगै आएको पहिरोमा परी बेपत्ता दुई जनाको शव फेला परेको छ । शनिबार दिउँसो ३ बजे पहिरोमा बेपत्ता भिरकाट ५ ज्यामिरेका ७३ वर्षीया खेम कुमारी मल्ल आइतबार दिउँसो मृत अवस्था मेटिनुभएको हो ।
सिद्धार्थ राजमार्ग भासियो
बुटवल पोखरा सिद्धार्थ राजमार्गको गल्याङ नगरपालिका–११ तुल्सिभन्ञ्याङमा राजमार्ग भासिएको छ ।
मुस्ताङ प्रवेश गर्ने हवाइ र सडकको सबै नाका बन्द
लगातारको वर्षापछि आएको पहिरोले सडक अवरुद्ध हुँदा हिमालपारीको जिल्ला मुस्ताङका सबै नाका बन्द भएको छ । मुस्ताङका लागि पोखरा–जोमसोम हवाइ र बेनी–जोमसोम सडक मार्ग मार्फत जोडीने भए पनि दुवै मार्ग बन्द हुँदा मुस्ताङ जिल्ला नाकाबन्द जस्तै भएको छ ।
कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेपछि सतर्क रहन आग्रह
तीन दिनदेखिको निरन्तर वर्षाका कारण कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेको छ । पानीको सतह बढेपछि नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
दोर्दीको दारबाट ठेकीदेखि करुवासम्म
लमजुङ जिल्लाको दोर्दीका राजेन्द्र विकलाई दारबाट निर्माण गरिने विभिन्न हस्तकलाका सामग्री बनाउने कामले भ्याइनभ्याइ छ । यतिबेला वर्षायाममा गाउँका अधिकांश खेत रोपाइँमा व्यस्त रहँदा पनि उहाँ भने घरसँगैको कटेरामा बसेर दारको काठबाट विभिन्न सामग्री बनाउनै व्यस्त हुनुहुन्छ ।
पहिरोले बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध
अविरल वर्षासँगै खसेको पहिरोले बागलुङ–बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । कालीगण्डकी करिडोर मालढुङ्गा–जोमसोम सडकको विकल्पको रुपमा रहेको उक्त सडकको बागलुङ खण्ड अवरुद्ध भएको हो ।
जङ्गली च्याउ खाँदा तीन बालिका बिरामी
जङ्गली च्याउ खाँदा तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारमा एकै घरका तीन जना बालिका शनिवार बिरामी भएका छन् ।
गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सबै ढोका खोलियो
लगातारको वर्षाको कारण नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ ।
बाढीले दुई काठे पुल बगायो
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७, छेकेम्पारस्थित नाकी खोला र लार खुनग्युको खोलामा रहेको काठे पुल बाढीले बगाएको छ । शुव्रmबारदेखि परेको भीषण वर्षाले गोरखा जिल्लाका विभिन्न ठाउँ
पहिरोमा बेपत्ता तीनको शव फेला
तनहुँमा शुक्लागण्डकी–७ काउरेमा पहिरोले घर पुर्दा शनिवार बेपत्ता भएका तीन जनाकै शव फेला परेको छ ।
जाने ताल, नजाने काल !
नेपाली बृहत् शब्दकोशमा ‘पोखरा’ को अर्थ तलाउ वा ठुलो पोखरीसमेत छ । सानो पोखरीलाई पोखरो पनि भनिन्छ अर्थात् ‘पोखरा’ शब्द र यो उपत्यकाको उत्पत्ति नै पोखरी, नदीसँग जोडिएको छ । डुङ्गा स
पहिरो र बाढीले पृथ्वीराजमार्गको दमौली–कोत्रे सडक अवरुद्ध
तनहुँमा परेको अविरल वर्षाले ठाउँ ठाउँमा गएको पहिरोले पृथ्वीराजमार्ग दमौली–कोत्रे सडकखण्ड अवरुद्ध भएको छ।
बसले किचेर एकको मृत्यु
पोखरा महानगरपालिका–१८ ग्यारजातीमा आफैँले चढेको बसले किच्दा यात्रुको मृत्यु भएको छ । ग १ ख ४१५६ नम्बरको बसबाट ओर्लिएर पैदल हिँड्न लाग्नुभएका पोखरा–१८ का बासिन्दा ७२ वर्षीया ललिता थापालाई बसले किचेको थियो ।
पहिरोले घर बगाउँदा दुईको मृत्यु, एक बेपत्ता
अविरल वर्षासँगै गएको पहिरोले घर बगाउँदा स्याङ्जामा दुई जनाको मृत्यु भएको छ। बिरुवा ६ लामाखेतमा ईश्वरी लम्सालको घर बगाउँदा दुई जनाको मृत्यु भएको हो।