• ११ मंसिर २०८१, मङ्गलबार

तीज गीत प्रतियोगितामा प्रतिभा आमा समूह पहिलो

blog

आँधीखोला गाउँपालिकाद्वारा आयोजित अन्तर आमा समूह खुल्ला तीज गीत प्रतियोगिता । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, भदौ १८ गते ।
आँधीखोला गाउँपालिकाले अन्तर आमा समूह खुल्ला तीज गीत प्रतियोगिता २०८१ गरेको छ । लोक संस्कृतिको जगर्ने गर्ने उद्देश्यले गरिएको प्रतियोगितामा प्रतिभा आमा समूह, वडा नं–५ ले प्रथम स्थान हात पारेको हो ।

यस्तै, जागृती आमा समूह, वडा नं–५ द्वितीय, प्रगतिशिल आमा समूह, वडा नं–५ तृतीय र सान्त्वना सत्यदेवी आमा समूह, वडा नं–१ र तल्लो सेपत आमा समूह, वडा नं– ४ भएको गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले बताउनुभयो ।

प्रतियोगतामा प्रथमले ३० हजार, द्वितीयले २५ हजार, तृतीयले २० हजार र सान्त्वनाले १५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

उत्कृष्ट भेषभूषामा जुग्ले बजार आमा समूह, वडा नं–५ र उत्कृष्ट नृत्य प्रगतिशिल आमा समूह सम्मानित भएको पौडेलले बताउनुभयो ।

२५ आमा समूहको सहभागिता रहेको प्रतियोगितामा सबै जसो वडाहरुका महिला दिदीबहिनीहरुले सहभागिता रहेको थियो । प्रतियोगितामा विजयीहरुलाई गण्डकी प्रदेश सभा उपसभामुख बिनाकुमारी थापाले पुरस्कार वितरण गर्नुभएको थियो ।

कला र संस्कृतिको जगेर्नाको दायित्व तीनै तहले गर्नुपर्छ

पुरस्कार वितरण गर्नुहुँदै उपसभामुख थापाले कला र संस्कृतिको जगेर्नाको दायित्व तीनै तहका सरकारको रहेको बताउनुभयो ।

महिलाको हरेक ठाउँमा सहभागिता मात्र रहेको बताउँदै थापाले अर्थ पस्र्ण सहभागिता नभएको र अब हुनुपर्ने बताउनुभयो ।

महिला दिदीबहिनीहरुका गीतमा ग्रामीण कृषिमा परिवर्तन खोजिएको भन्दै सबै महिलाले आर्थिक परिवर्तनको चाहना गीतमार्फत् व्यक्त गरेको थापाले बताउनुभयो ।

कार्यक्रममा सार्वजनिक लेखा समितीका संयोजक सुधीरकुमार पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, पालिका उपप्रमुख सीता थापा लगायतले मन्तव्य राख्नु भएको थियो ।

प्रतियोगिाकाको निर्णयकको वरिष्ठ लोक गायक प्रजापति पराजुली, लोक गायक सरला पाण्डे, कमला गैरेले समेत गीत प्रस्तुत गरेर मनोरञ्जन प्रदान गर्नुभएको थियो ।