पहिरोले विद्युतका पोल ढाल्दा आठ सय घरधुरी अन्धकारमा
पर्वतको जलजला गाउँपालिका ७ स्थित केराबारीको पहिरोले विद्युतको पोल ढल्दा आठ सय घरधुरीमा दुई दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । बुधबार खसेको पहिरोले प्रसारण लाइनको तीन वटा पोल र तारमा क्षति पुर्याएको थियो ।
जोमसोम–पोखरा हवाई सेवा दुई महिनापछि पुनः सञ्चालनमा
जोमसोम–पोखरा हवाई सेवा दुुई महिनापछि आजदेखि पुनः सञ्चालनमा आएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुुस्ताङको जोमसोम विमानस्थलमा हुुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १७ गतेदेखि स्थगित भएको थियो ।
गण्डकीमा नौ मन्त्रालय बनाउने सहमति
सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गण्डकी प्रदेश सरकारमा नौ मन्त्रालय बनाउने सहमति भएको छ । गण्डकी प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री रहनुभएको हालको मन्त्रिपरिषद् सात सदस्यीय रहेको छ ।
सिङ्गा तातोपानी कुण्डलाई व्यवस्थित र सौन्दर्यकरण गरिँदै
प्राकतिक चिकित्सालयको रुपमा परिचित बेनी नगरपालिका ४ स्थित सिङ्गा तातोपानी कुण्डमा पर्यटकलाई आकर्षित गर्न व्यवस्थित र सौन्दर्यकरण गर्न थालिएको छ ।
मर्स्याङ्दी नदीमा बालिकाको शव फेला
गोरखा र लमजुङको सिमानामा रहेको मर्स्याङ्दी नदीमा बालिकाको शव फेला परेको छ । फेला परेको शव गोरखाको पालुङटार नगरपालिका च्याङलिङका १५ बर्षीया समिना तामाङ भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
अनुमतिको बाध्यताले हेली उद्धारमा समस्या
मुस्ताङको माथिल्लो भेक ल्होमन्थाङमा बुधबार बिहान एउटा पर्यटकको गाडीले ठक्कर दिँदा ५९ वर्षीय पुरुष सख्त घाइते भए । तत्काल प्राथमिक उपचार भयो तर उनलाई तुरुन्तै पोखरा लगेर उपचार गर्नुपर्ने भनेर स्वास्थ्य चौकी ल्होमन्थाङले भन्यो । हेलिकोप्टरमार्फत पोखरा लैजान तुरुन्तै प्रयास गरिएको भए पनि प्रयास गरेको चार घण्टापछि मात्रै हेलिकोप्टर ल्होमन्थाङ लैजान गृह मन्त्रालयले अनुमति दियो । त्यसपछि मात्रै पोखराबाट प्रभु एयरको हेलिकोप्टर ल्होमन्थाङ पुगेर बिरामीलाई लिएर पोखरा पुर्याएपछि चरक अस्पतालमा बिरामीको उपचार थालिएको छ ।
मुक्तिनाथमा प्रहरीलाई सुविधा सम्पन्न कार्यालय भवन
समुद्री सतहबाट तीन हजार मिटरभन्दा बढी उचाइमा रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्रस्थित इलाका प्रहरी कार्यालय मुक्तिनाथको सुविधा सम्पन्न पक्की कार्यालय भवन निर्माण गरिएको छ ।
म्याग्दी नदीमा ‘बेलिब्रिज’ जडान
धवलागिरि गाउँपालिका–४ नाउरास्थित म्याग्दी नदीमा बेलिब्रिज जडान भएको छ । म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाले जडान गरेको बेलिब्रिजबाट स्थानीयवासी, धवलागिरि हिमाल आरोहण र चक्रीय धवलागिरि पदमार्गमा जाने पर्यटकलाई सुविधा पुगेको छ ।
मापदण्डबमोजिम बजेट दिनु पर्छ
नेपालको करिब मध्यभागमा पर्ने लमजुङको मस्र्याङ्दी गाउँपालिका ५९७ वर्गमिटरमा फैलिएको छ । गण्डकी प्रदेशका विभिन्न पर्यटकीय क्षेत्र समेटिएको यो पालिकामा साबिकका सात गाविस (घनपोखरा, खुदी, ताघ्रिङ, घेर्मु, बाहुनडाँडा, भुलभुले, सिम्पानी) समेटिएका छन् । नौ वडा रहेको यस पालिकाको जनसङ्ख्या साढे २३ हजार छ । पालिकाको पूर्वमा दोर्दी गाउँपालिका, पश्चिममा क्व्होलासोथार गाउँपालिका, दक्षिणमा बेँसीसहर नगरपालिका र उत्तरमा मनाङ जिल्ला पर्छन् । गएको स्थानीय तह निर्वाचनमा यस पालिकाको अध्यक्षमा नेकपा (एमाले) बाट अर्जुन गुरुङ दोस्रो पटक चुनिनुभएको थियो । अध्यक्ष गुरुङसँग पालिका प्रमुखको अनुभव, पालिकाका समस्या र सम्भावनाबारे गोरखापत्रका लागि फडिन्द्र अधिकारीले गर्नुभएको कुराकानी :
तनहुँमा ६ सवारी साधन ठक्कर खाँदा चार घाइते
पृथ्वी राजमार्गमा पर्ने तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा बुधबार दिउँसो ३ बजे ६ वटा सवारी साधन ठक्कर खाँदा चार जना घाइते भएका छन् ।
पर्यटक आकर्षणको केन्द्र हिमताल
बिस्तारै मौसममा सुधार भएसँगै मनाङको हिमशृङ्खला, तालतलैया, अग्ला तरेली परेका डाँडा, हिमालका मनोरम दृश्यमा रमाउन पर्यटक आउने गर्दछन् । विशेषगरी यहाँ आउने पर्यटक हिमतालमा रमाउने गरेको पाइन्छ ।
मध्यपहाडी लोकमार्ग तीन दिनपछि सुचारु
गोरखामा अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत मसानठाँटी-लुइँटेल हुुँदै पालुङटारको ठाँटीपोखरी सडक खण्ड तीन दिनपछि सुचारु भएको छ ।
सुरुङभित्रको शालिग्राम सङ्ग्रहालय पर्यटकको आकर्षण
यहाँ भारतीय धार्मिक पर्यटकहरु शालिग्रामको अवलोकन गर्न उल्लेख्य मात्रामा आउने गरेका छन् ।
इलाका प्रहरी कार्यालय मुक्तिनाथकाे भवन निर्माण
मुस्ताङको बारगुङ मुक्तिक्षेत्र गाउँपालिकामा इलाका प्रहरी कार्यालय मुक्तिनाथको नयाँ भवन निर्माण भएको छ ।
तनहुँ बस दुर्घटनाः बेपत्ता एकजना अझै फेला परेनन्
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा गत शुक्रबार भएको बस दुर्घटनामा बेपत्ता एकजना पाँच दिनसम्म फेला पर्न सकेका छैनन् ।
अरिँगालले टोक्दा एक जनाको मृत्यु
गोरखामा अरिँगालले टोकेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका – ९ सानोवेशीका ६५ वर्षीय जयबहादुर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
स्मार्ट बोर्डबाट पठनपाठन
म्याग्दीको सदरमुकाम बेनी बजारस्थित प्रकाश माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड जडान गरिएको छ । शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन विद्यालयले कक्षा १० र ११ मा डिजिटल स्मार्ट बोर्ड जडान गरी पठनपाठन सुरु गरिएको हो । कार्यसम्पादन मूल्याङ्कनमा गत वर्ष विद्यालय पहिलो भएर नगरपालिकाबाट प्राप्त गरेको पुरस्कारको तीन लाख र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठबाट स्मार्ट बोर्ड जडानका लागि प्राप्त भएको एक लाख ६० हजार रुपियाँबाट बोर्ड खरिद गरिएको हो । विद्यालयका प्रधानाध्यापक लेखबहादुर हमालले दुई वटा स्मार्ट बोर्ड खरिद गरी कक्षा १० र ११ मा जडान गरिएको जानकारी दिनुभयो ।
मनाङको कोसेली अर्गानिक आलु
मनाङ जिल्लाको चिसो हावापानीमा फलेको आलु धेरैको रोजाइ बन्ने गरेको छ । अर्गानिक आलुका विभिन्न मिठा परिकार पनि बनाउने गरिएको छ । जिल्लामा आएका पर्यटकको स्वादिलो खानेकुरा बनेको आलु फर्किएर जाँदा लैजाने कोसेलीसमेत भएको छ । स्थानीय युवा उद्यमी सेराप विष्टले आन्तरिक र बाह्य पर्यटकले मनाङमा उत्पादन भएको आलुका परिकार मन पराउने गरेका बताउनुभयो । उहाँले यस क्षेत्रको आलुको माग बढेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीकहाँ होमस्टे सञ्चालन छ । आन्तरिक तथा बाह्य पर्यटकलाई विषादीरहित शुद्ध गोबर मल हालेर फलेको आलु उनीहरूकै इच्छा अनुसार विभिन्न परिकार बनाएर खुवाउँछौँ । कोसेलीका रूपमा पनि धेरैले आलु नै लैजाने गरेका छन् ।”
भेटी र नाचगानबाट जुटाएको रकम सामाजिक काममा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दाले धार्मिकस्थल खयरभारानी तालमा सङ्कलन भएको भेटी र गाउँमा नाचगानबाट जुटाएको रु आठ लाख ५० हजारभन्दा बढी रकम सामाजिक काममा परिचालन गरेका छन् ।
बेनी–जोमसोम–कोरला सडकः सिरुबारीको पहिरोमा दुर्घटनाको जोखिम
चीन र भारत जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुबारी क्षेत्रको पहिरोले दुर्घटनाको जोखिम बढेको छ । कालीगण्डकी किनारको पाखोमा निर्माण भएको सडकमा खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बढेको हो ।
मुस्ताङमा पुनः हिमपहिरो
हिमाल पारिको जिल्ला मुस्ताङमा फेरि हिमपहिरो गएको छ । जिल्लाको थासाङ गाउँपालिका–२,बोक्सीखोला माथिको लेकमा पुनः हिमपहिरो गएको हो ।
कास्कीकोटमा खेलियो दहीको होली
कृष्ण जन्माअष्टमीको अवसरमा पोखरा महानगरपालिका वडा नम्बर २४ कास्कीकोटमा मङ्गलबार दहीको होली खेलिएको छ। भगवान कृष्णको जन्म भएको भोलिपल्ट कास्कीकोट दही जात्रा हुँदै आएको छ।
स्वास्थ्य बिमाको भुक्तानी नपाउँदा उपचार रोकिने जोखिम
स्वास्थ्य बिमाको रकम शोधभर्ना नपाउँदा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा बिरामीको उपचार रोकिने जोखिम भएको छ ।
अन्नपूर्णमा सम्पर्कविहीन एक स्पेनीको शव फेला
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९, तीखेढुङ्गाबाट उल्लेरी हुँदै घोरेपानी जाने क्रममा सम्पर्कविहीन स्पेनी पर्यटक ३७ वर्षीय इरिक कासानोभासको शव फेला परेको छ। भुरौदीखोलाको सुदामे भन्ने ठाउँमा मङ्गलबार दिउँसो साढे २ बजेतिर शव फेला परेको हो।