चट्टानी पहाड छिचोलेर सडक
लमजुङ सदरमुकाम बेसीसहरदेखि मनाङको चामे जोड्ने सडकअन्तर्गत दुई जिल्लाको सीमास्थल म्यार्दी खोलाछेउको चट्टानी पहाड छिचोलेर निर्माण गरिएको सडक ।
यात्रुलाई सास्ती र जोखिम
“बाढीपहिरो रोकथामका लागि जिल्लाबाट पाँच हजारभन्दा बढी तारजालीको माग आएको छ तर हामीसँग करिब तीन सय तारजाली खरिद गर्न सक्ने मात्र रकम छ । त्यति पैसाको सम्झौता गरेर खरिद गर्न त सकिन्छ तर माग कैयौँ गुणा बढी भएकाले कसरी सम्बोधन गर्ने भन्ने मात्र चिन्ता छ,” जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, नवलपुरका प्रमुख दीपा गौतमले भनेका यी वाक्यले जिल्लामा विपत् न्यूनीकरणको तयारी कस्तो छ भन्ने छर्लङ्ङ हुन्छ ।
सडकले वालिङको रूप फेरिँदै
स्याङ्जाको वालिङ नगरपालिका क्षेत्रभित्र सडक कालोपत्रेले तीव्रता पाएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत वालिङ नगरपालिकाको क्षेत्रभित्र कालोपत्रे गर्न सुरु गरिएको छ । तत्कालीन नगरप्रमुख दिलीपप्रताप खाणको सक्रियतामा बजार क्षेत्रको सडक चौडा पारिएको थियो । चौडा पारिएको सडकको छेउ र कुनामा कालोपत्रे गर्न सुरु गरिएको हो ।
ट्रयाक खुलेको १९ वर्षपछि सडक कालोपत्रे
दुई जिल्ला जोड्ने गरी १९ वर्ष अगाडि ट्रयाक खुलेको सडक कालोपत्रे गरिएको छ । बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार, ताराखोला हुँदै म्याग्दी जोड्ने सडक कालोपत्र गरिएको हो ।
पहाड काटेर बनाइएको बाटो
तनहुँको ॠषिङ्ग गाउँपालिका(८ अजम्बरीमा पहाड काटेर बनाइएको बाटो । यही बाटो हुँदै गाउँपालिकाको प्रमुख प्रशासकीय केन्द्र पोखरीभञ्ज्याङ्ग पुग्न सकिन्छ।
कम्प्युटरमा आकर्षित आमाहरू
म्याग्दीको बेनी बजार, मङ्गलाघाटमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयमा अध्ययनरत ३७ वर्षीया कल्पना सुनार नेपाली र अङ्ग्रेजी दुवै अक्षर सजिलै टङ्कन (टाइप) गर्न सक्ने हुनुभएको छ । अब उहाँलाई कम्प्युटर सिक्ने रहर जागेको छ । सानैमा विवाह भएपछि बिचमै पढाइ छाड्नुभएकी पर्वतको जलजला गाउँपालिका–४, लामाखेतीकी सविना दर्जी पनि कम्प्युटरमा नेपाली र अङ्ग्रेजी दुवै अक्षर टाइप गर्न सिक्दै हुनुहुन्छ । उज्यालो वैकल्पिक विद्यालयमा भर्ना भएका ४५ जनामध्ये अध्ययनरत ४० जना आमा छन् । तीमध्ये कक्षा ८ मा पढ्ने १० जना आमा सजिलै कम्प्युटर चलाउन सक्ने भइसक्नुभएको छ ।
सञ्चारीकाको डिजिटल साक्षरता अभियान
गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयको आर्थिक सहयोग एवम् सञ्चारीका समूह नेपाल गण्डकी प्रदेशले डिजिटल साक्षरता अभियान सञ्चालन गरेको छ ।
तनहुँ र लमजुङमा रासायनिक मलको अभाव नहुने
तनहुँ र लमजुङका कृषकले धान तथा मकै खेतीका लागि रासायनिक मलको अभाव झेल्नु नपर्ने भएको छ ।
गोहीको आक्रमणबाट एक जनाको मृत्यु
नवलपुरको मध्यबिन्दु नगरपालिका नारायणी नदीमा नुहाउन गएका वृद्धलाई गोहीले आक्रमण गर्दा मृत्यु भएको छ ।
फणीन्द्र देवकोटामाथि कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाको पक्षमा अन्तरिम आदेश जारी गरेको छ ।
किसानलाई डालेघाँसका ६४ हजार बिरुवा वितरण
भूसंरक्षणसँगै पशुपालनमा जोड दिने उद्देश्यले यस वर्ष चार जिल्लाका किसानलाई डालेघाँसका ६४ हजार बिरुवा वितरण गरिएको छ ।
बेनीमा मौसम मापन केन्द्र स्थापना
म्याग्दीको सदरमुकाम बेनीमा मौसम मापन केन्द्र स्थापना भएको छ । बेनी नगरपालिकासँगको समन्वयमा जल तथा मौसम विज्ञान कार्यालय पोखराले जलवायु परिवर्तन र मौसमका सूचना समयमा सहजै प्राप्त गर्न सकिने केन्द्र स्थापना गरेको हो ।
सडक कालोपत्रे भएपछि माझफाँटवासी खुसी
डेढ दशकअघि मार्ग खुलेको कच्ची सडक कालोपत्रे भएपछि माझफाँटवासी खुसी भएका छन् ।
म्याग्दीको अन्नपूर्णकाे आगामी वर्षको बजेट ५३ करोड बढी
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको लागि ५३ करोड बढीको बजेट सार्वजनिक गरेको छ ।
दरबाङ म्याग्दीखोला जलविद्युत् निर्माण पुनः सुरु
जिल्लाको मालिका गाउँपालिका–६ मा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण पुनः सुरु भएको छ । आयोजनामा छ महिनादेखि निर्माण रोकिएको आयोजनाको अहिले छ्यारछ्यारेमाथिको ढाँडखर्कमा अडिट नं. २ सुरुङको काम सुरु भएको आयोजनाले जानकारी दिएको छ । २०७५ सालदेखि पूर्वाधार निर्माण सुरु भएको यस आयोजनाको करिब एक किलोमिटर लम्बाइको पहिलो अडिटको काम सकिएको थियो ।
घट्टेखोलामा बने दुई काठेपुल
मनाङको डुम्रे–बेँसीसहर–चामे सडक माथिल्लो मनाङ, तिलिचो ताल, खाङ्सार, थोराङ्ला भन्ज्याङ ‘थोराङ्ला पास’ आवतजावत गर्ने एक मात्र मार्ग हो । सडक निर्माण भएको लामो समय भइसके पनि यस मार्गमा रहेका खोलाखोल्सी पार गर्न काठेपुलकै भर पर्नु परेको छ । यी पुल पनि जीर्ण बन्दै गएपछि आवतजावतमा समस्या छ । यसै समस्यालाई ध्यानमा राखी डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाले चामे–४ स्थित घट्टेखोलामा दुई वटा काठेपुल निर्माण गरेको छ । जीर्ण भएका दुई वटै काठेपुललाई हटाई नयाँ काठेपुल बनाइएको आयोजना कार्यालयका सबइन्जिनियर सुमन अधिकारीले बताउनुभयो ।
पर्यटकीय तुर्लुङकोट दुरागाउँ
लमजुङको सुन्दरबजार नगरपालिका वडा नं ११ स्थित पर्यटकीय तुर्लुङकोट दुरागाउँ । यहाँ घरबास सञ्चालनमा रहेको छ ।
मनाङको चामेबजार
हिमालपारिको जिल्ला मनाङको सदरमुकाम चामेबजार । चामे हुँदै अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रा गर्न सकिन्छ ।
मध्य गण्डकीलाई नौ अर्ब लगानी जुट्यो
म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी नदीमा निर्माण सुरु हुन लागेको मध्य कालीगण्डकी जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापन भएको छ । आइएमई समूहको हाइड्रो सपोर्ट प्रालिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागेको ६६ दशमलव ३ मेगावाट क्षमताको आयोजनामा नबिल बैंक लिका अगुवाइमा छ वाणिज्य बैंकले रु नौ अर्ब १२ करोड लगानी गर्ने भएका हुन् ।
रुपा गाउँपालिकाको बजेट घट्यो
कास्कीको रुपा गाउँपालिकाले चालु आर्थिक वर्षभन्दा करिब नौ करोड घटाएर आगामी आर्थिक वर्षको बजेट ल्याएको छ। आइतबार भएको १५ औँ गाउँसभामा उपाध्यक्ष लालसुवा गुरुङले ४६ करोड ७६ लाख ८२ हजारको बजेट पेश गर्नुभएको हो।
नवलपुरका सबै नगरपालिकाको बजेट सार्वजनिक, सबैभन्दा धेरै कावासोतीको
कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका, देवचुली नगरपालिका र गैँडाकोट नगरपालिकाले आगामी आर्थिक वर्षको आयव्यायको विवरण सार्वजनिक गरेका हुन्।
विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सहायता कक्ष
हिमाली जिल्ला मनाङमा विपद् प्रतिकार्यका लागि सहायता कक्ष स्थापना गरिएको छ । जोखिमयुक्त जिल्लासमेत मानिने मनाङको विपद् प्रतिकार्य गर्न पाँच वटा सहायता कक्ष स्थापना गरिएको हो ।
मणिपाललाई कर छुट दिने निर्णय बदर
पोखरा महानगरले मणिपाल शिक्षण अस्पताललाई कर छुट दिने निर्णय बदर गरेको छ । आइतबार सुरु भएको १५ औँ नगर सभामा नगर प्रमुख धनराज आचार्यले सुरुमै सो निर्णय बदर गर्न प्रस्ताव गर्नुभएको थियो ।
चट्टान आरोहणको केन्द्र बन्दै चुनपहरा
थ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरा चट्टान आरोहणको केन्द्रका रूपमा विकास हुँदै गएको छ।